राष्ट्रिय सभाले सात वटै प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिसँग संघीयता कार्यान्वयनका बारेमा छलफल थालेको छ ।
राष्ट्रिय सभाले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाका आइतबार प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सम्पन्न गरेको छ ।
छलफलमा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभा स्थानीय तहसँग बढी जवाफदेही भएकै कारण हामीलाई निर्वाचित गर्ने निर्वाचकमण्डलसँग छलफल थालेको बताउँदै आगामी दिनमा राष्ट्रिय सभाको भूमिकालाई अझै प्रभावकारी बनाउनका लागि सहयोग पुग्छ भन्ने विश्वास लिएको बताइन् ।
‘संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कानून निर्माणमा भएको ढिलाई र बनेका कानुनको पालना भए नभएको मापन नगर्ने प्रवृत्तिले संघीयताको कार्यान्वयन प्रभावकारी हुन सकिरहेको छैन,’ उनले भनिन्, ‘एकातिर तीनै तहका सरकारबाट कानुन बनाउन ढिलाई गरिएको छ भने भएको कानुनको प्रभावकारी कार्यान्वयन सफल ढंगले भएको छैन । अब हामीले त्यसको समीक्षा गरेर सुधारको पहल गर्नैपर्छ।’
उपाध्यक्ष घिमिरेले अहिलेसम्म बनेका कानूनको कार्यान्वयनको चरणमा उठेको प्रश्नको उत्तर कानूनको मापनबाट मात्र गर्न सकिन्छ भन्दै कानून लागू गर्न समस्या भएमा कार्यविधि र निर्देशिकाको सहारा लिने प्रवृत्ति बढेको छ यो चिन्ताको विषय भएको उल्लेख गरिन् ।
अन्तरक्रियामा राष्ट्रिय सभाका सदस्यहरु गोपाल भट्टराई, झक्कु प्रसाद सुबेदी, जगप्रसाद शर्मा, राज्यलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, बिष्णु सापकोटा, गोपाल प्रसाद शर्मा, नगरपालिका संघ लुम्बिनी प्रदेशका अध्यक्ष खिलध्वज पन्थी, गाउँपालिका महासंघ लुम्बिनीका अध्यक्ष बिष्णुकुमार गिरी लगायत स्थानीय तहका प्रमुखहरुले आफ्ना धारणा राखेका थिए ।
स्थानीय तहका प्रतिनिधिले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक भएको बताउँदै ससर्तका अनुदान बढ्ने तर समानीकरण अनुदान घट्ने गरेकाले संघीयता कार्यान्वयन नै हुन नसकेको उनीहरुको धारणा थियो । सार्वजनिक खरिद नियमावलीले विकास निर्माणका काममा सबैभन्दा कठिन भएको बताउँदै उनीहरुले मालपोत, नापी जस्ता कार्यालयहरु ज्ति सक्यो छिटो स्थानीय तहमा हस्तान्तरण गर्दा त्यसले सेवा प्रवाह बढाउँने तथा शिक्षा ऐन स्थानीय तहलाई अप्ठेरो पर्ने गरि नल्याउन आग्रह गरे ।