नेकपा (एमाले) कालीकोटले तीनदिने जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। आइतबारदेखि सुरु भएको कार्यक्रममा जिल्ला पदाधिकारी, सदस्य, जनसङ्गठनका प्रमुख, पालिका इन्चार्ज र अध्यक्षहरू सहभागी छन्।
केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा जेठ ११ गतेदेखि सुरु भएको कार्यक्रमको पहिलो दिन उनले मार्क्सवादी विश्व दृष्टिकोण, दर्शन, सिद्धान्त, व्यवहार, महाधिवेशनको मार्गदर्शन र समाजवादको आधारबारे प्रशिक्षण दिए। यस्तै, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले सङ्गठन निर्माण, व्यवस्थापन र आगामी कार्यदिशाबारे प्रशिक्षण दिए।
जिल्ला समन्वय समितिको सभाहलमा चलिरहेको यो प्रशिक्षण जेठ १३ गते सम्पन्न हुनेछ। तुलाराज मल्लको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमालेले देशको निर्णायक राष्ट्रिय शक्ति निर्माणमा सफलता पाउने बताए।