नेपाली कांग्रेसले संविधानभित्र रहेर सबैलाई आफ्ना माग र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार रहेको निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जनताको प्रतिनिधिहरूबाट निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पक्षमा रहेको बताएका हुन्।
त्यसकै दायराभित्र रहेर शान्तिपूर्ण ढंगबाट आफ्ना माग र विरोध गर्नुपर्ने भन्दै महतले सञ्चारकर्मीसँग भने, ‘तर संविधानको मूल भावना बाहिर गएर कसैले पनि विरोध गर्न पाइन्न।’
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलामा ‘१५ गते काठमाडौं नेकपा (एमाले)को नियन्त्रणमा’हुनुपर्छ भन्ने भनाइ आएपछि कांग्रेसको यो प्रतिक्रिया आएको हो ।
भेलामा ओलीले भनेका थिए, ‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु। निर्देशनपछि आउँछ। १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ, त्यसलाई छाडिदिनुस्।’
संविधानमाथि रहेका असन्तुष्टिलाई संशोधन प्रक्रियाबाट अघि बढाउन सकिने बताउँदै महतले कांग्रेस र एमालेबिच भएका सात बुँदे सहमतिमा संविधान संशोधन कुरा उल्लेख गरिएको स्मरण गराए। संविधान संशोधनको बाटोबाट के संशोधन गर्ने र के आवश्यक छ भन्नेमा छलफल गर्दै अघि बढ्दै जान सकिने धारणा राख्दै उनले भने, ‘प्रधानमन्त्री ओली एमालेका अध्यक्ष पनि हुनुहुन्छ। उहाँले भनेको कुरा सबै हामीले जिम्मेवारी लिने कुरा भएन। हामी कब्जासब्जाको पक्षमा छैनौँ।’
संविधानको प्रतिरक्षाको कांग्रेस रहेको जनाउँदै महतले यसले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण ढंगबाट आफ्ना कुरा राख्ने र विरोध प्रदर्शन गर्ने अधिकार सबैलाई रहेको बताए। तर त्यो संविधानको खिलाफमा हुन नहुने जनाउँदै उनले भने, ‘संविधानभन्दा बाहिर जान पाइँदैन।’