‘सगरमाथा विश्वको गौरव हो’
१५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
‘सगरमाथा विश्वको गौरव हो’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन्।




अन्तरराष्ट्रिय सगरमाथा दिवसका अवसरमा वसन्तपुरमा आयोजित आज बिहान आयोजित एक कार्यक्रममा उनले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षण गर्न सरोकार भएका सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

पर्यटनमन्त्री पाण्डेले भने, “सगरमाथा हाम्रो पहिचान र गौरव हो, यसप्रति विश्वले पनि गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उच्च शिखर सगरमाथामार्फत देशको पहिचान स्थापित गर्न सफलतापूर्वक सगरमाथा संवाद  आयोजना गरेर विश्व समुदायलाई सगरमाथाको देशले जलवायु परिवर्तनका कारण झेलेका समस्याबारे अवगत गरायौँ । सगरमाथाको हिउँ पग्लिँदा नेपाल र हिमवत् खण्डलाई मात्र होइन समग्र पृथ्वीलाई नै असर गर्छ । यो नेपालको मात्र समस्या होइन भन्ने  संवाद उपयोगी रह्यो।”

सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने  ठमलेमा प्रभातफेरी आयोजना गरिएको थियो । त्यसमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधरण सहभागी थिए ।

त्यसअघि नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

सन् १९५३ मे २९ मा नेपाली  शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको  सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष यो दिन अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइन्छ ।  
अर्को समाचार
सगरमाथालाई साथ
१० वैशाख २०८२
•
३ मिनेट पाठ
सगरमाथालाई साथ
सगरमाथा विश्वको सर्वाेच्च शिखर मात्र होइन, नेपाल र समग्र विश्व समुदायको गौरव पनि हो। दशकौंदेखि विश्वको आरोहीका लागि र सर्वसाधारणका लागि यो आकर्षणको केन्द्र बनेको छ। सन् १९५३ को मे २९ मा शिखर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक यो शिखरको सफल आरोहण गरेका थिए। सगरमाथा आरोहणको विषयमा बेलायती आरोही जर्ज म्यालोरीको भनाइ प्रसिद्ध छ। ‘तपाईं किन सगरमाथाको चुचुरोमा पुग्न चाहनुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा म्यालोरीले सन् १९२३ मा भनेका थिए, ‘किनकि यो त्यहाँ छ (बिकज इट इज  देयर)।’ उनको यो भनाइले असम्भवलाई सम्भव बनाउने मानवीय चाहना र महत्त्वाकांक्षालाई प्रतिबिम्बित गर्छ। सन् १९५३ यता हजारौं पर्वतारोहीले यसको सफल आरोहण गरेका छन् अनि कैयौंले यसक्रममा ज्यान गुमाएका पनि छन्।




विश्वको यो सम्पदा र आकर्षणको केन्द्र रहेको सगरमाथा पछिल्ला दशकमा विभिन्न हिसाबले संकटतर्फ धकेलिएको छ। आरोहीहरूले विगतमा गरेका फोहोरहरू अझै सफा हुन सकेका छैनन्। विशेष गरी नेपाली सैनिकले क्याम्प दुईसम्म सफाइ अभियान गर्ने तर त्यसभन्दा माथि सरसफाइ नगरेका कारण त्यहाँ अझै फोहोर रहेको पर्वतारोहीको भनाइ छ। त्यसो त पछिल्ला वर्षमा आरोहणका क्रममा सगरमाथामा हुने फोहोरलाई व्यवस्थापन गर्ने विषयमा केही नीतिगत व्यवस्था भएको कारण केही सुधार भएको छ। सगरमाथा सफल आरोहणको सात दशकको इतिहासमा सुरुका पाँच दशकमा फोहोर व्यवस्थापनमा खास कडाइ नहुँदा फोहोर त्यही थुप्रिएको  उनीहरू बताउँछन्।

फोहोर र पर्वतारोहीको भिडले मात्र होइन, पछिल्लो वर्षमा जलवायु परिवर्तनले सगरमाथा झन् पीडित बनेको छ। सगरमाथा क्षेत्रको हिउँ र हिमनदीहरू तीव्र हिसाबले पग्लिरहेका छन्। हिउँपहिरोको जोखिम बढेको छ। विश्वव्यापी तापक्रममा भइरहेको वृद्धिले तेस्रो ध्रुव मानिने हिन्दकुश हिमालय शृंखला र त्यही शृंखलामा पर्ने सगरमाथा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यो क्रम जारी छ।

कुनै बेला सगरमाथाको बेसक्याम्पमा हिउँ फोरेर पानी खानुपर्ने अवस्था थियो, अहिले साढे ६ हजार मिटरमा पनि हिउँ पग्लेर पानी बनेकाले सजिलै पिउन सकिने पर्वतारोही बताउँछन्। केही वर्षअघि वैज्ञानिकहरूको एक टोलीले सगरमाथाको आधार शिविर र त्योभन्दा तल रहेको हिउँको तहमा ड्रिल गरेर भित्री तहमा रहेको हिउँको तापक्रम हेर्दा त्यो अपेक्षा गरेभन्दा धेरै तातो भएको पाएका थिए। वैज्ञानिकका लागि त्यो आश्चर्यजनक नतिजा थियो। यही सन्दर्भमा बेलायती र अन्य देशका वैज्ञानिकको एक टोली अहिले सगरमाथा क्षेत्रमा देखिएको यही असन्तुलनका कारण पत्ता लगाउन स्थलगत अध्ययन सुरु गरेको छ।

यो अध्ययनले जलवायु परिवर्तनले सगरमाथा क्षेत्रका सवेदनशील वातावरण, हिउँ, जैविक विविधतालगायत क्षेत्रमा पारेको प्रभावलाई थप प्रस्ट पार्ने अपेक्षा गरिएको छ। वैज्ञानिक अध्ययनले हामीलाई यो संकटको कारण र प्रभाव मात्र आकलन गर्न सहयोग मात्र नभई भविष्यमा यो घटनाक्रम कसरी विकास हुनेछ भनेर समेत आकलन गर्न सहयोग पुर्‍याउँछ। यिनै वैज्ञानिक प्रमाणले संकटलाई तत्काल सम्बोधन गर्ने दिशामा ठोस कार्य गर्न अभिप्रेरित गर्छन्, आधार दिन्छन्।

प्रस्ट छ, यही हिसाबले विश्वको तापमान बढ्दै जाने हो भने केही दशकमा सगरमाथालगायत कैयौं अन्य हिमालहरू हिउँविहीन हुन सक्ने देखिएको छ। सामान्य हिसाबमा यो कल्पना पनि गर्न नसकिने विषय हो तर हामी त्यही दिशातर्फ उन्मुख छौं। विश्वव्यापी तापमान वृद्धिका लागि प्रमुख कारक रहेको कार्बन उत्सर्जनलाई नियन्त्रण गर्न ठोस प्रयास गर्न नसकेको खण्डमा त्यो दिन अवश्याम्भावी छ। त्यसो भएको अवस्थामा हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय र जलीय विविधता मात्र होइन, त्यो क्षेत्रबाट बग्ने पानीमा निर्भर रहने करोडौं मानिसकोे जीवनयपानसमेत प्रभावित बन्नेछ।

हिमाल बचाउन नेपालको प्रयास मात्र पर्याप्त हुँदैन। यसमा छिमेकी मुलुकदेखि समग्र विश्व समुदायको उत्तिकै चासो र सहयोग हुन आवश्यक छ। विशेषगरी मानव अस्तित्वलाई समेत चुनौती दिइरहेको जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधनमा सबैको सहकार्य र हातेमालो जरुरी छ। त्यसो गर्न नसके आगामी केही पुस्तामा हिउँबिनाको हिमाली क्षेत्रको अवस्था धेरै फरक हुनेछ।

सन् १९२३ मा बेलायती आरोही म्यालोरीले सगरमाथालाई जसरी ‘त्यो त्यहाँ छ’ भनेर भनेका थिए, त्यही अन्तर्यमा आधारित रहेर हामीले यो सम्पदाको संरक्षणका लागि प्रयास गर्नुपर्छ। आगामी पिँढीलाई ‘त्यो त्यही छ’ भनेर भन्न अहिल्ले नै ठोस प्रयासको जरुरी छ। यसमा ढिलाइ भए हाम्रो अकमण्र्यताको मूल्य निकै ठुलो हुनेछ र आत्मघाती हुनेछ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस