राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आव २०८२/०८३ को बजेटमा झारा टार्ने भाषाहरूको प्रयोग गरिएको टिप्पणी गरेको छ।
बिहीबार (आज) संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले यस्तो टिप्पणी गरेका हुन्।
'उलटफेर ल्याउने खालको कदमहरू छैन। टूरिजममा पनि परम्परागत नै देखिन्छ। निजी क्षेत्र आए भने गर्छौँ भन्ने झारा टार्ने भाषाहरू छन्,' अर्थविद्समेत रहेका वाग्लेले भने।
उनले आइटीको सम्बन्धमा भने सरकारले केही सकारात्मक गर्न खोजेको देखिने बताए। तर, त्यो नियतसँग जोडिने उनले बताए। 'आइटीको सम्भावनाबारे अलिलि उठाएको छ। तर, 'बीग पुस'का रूपमा देखिएको छैन। चासोका साथ हेरिएको छ। नियत सफाका साथ साँच्चै आइटीलाई बढाउने हो भने त्यो राम्रो हो,' उनले भने।