कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ : शिवाकोटी
१८ जेष्ठ २०८२
•
४ मिनेट पाठ
कांग्रेस भावुक स्मृतिमा मात्र होइन उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्छ : शिवाकोटी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभइ उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताएका छन्। 




दोलखाको चरिकोटमा निर्माण हुने बीपी स्मृति भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता शिवाकोटीले कांग्रेसलाई सशक्त र नयाँ ढंगले लैजानुपर्नेमा जोड दिएका हुन्। उनले संगठनमा शक्ति र सेवामा संस्कार हुनुपर्ने भन्दै सबैलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प कांग्रेससँग नभएको बताए। उनले भने, 'हामी जुन कांग्रेस बनाउने सपना देख्दैछौं त्यो यस्तो हुनुपर्छ: जहाँ जेन्जी पुस्ता आशावादी हुन्छ, जहाँ पुराना पुस्ता गौरबान्वित हुन्छन्, जहाँ कार्यकर्ता सक्रिय महसुस गर्छ र जनता सन्तुष्ट महसुस गर्छ।'

गृह जिल्लामा बन्न लागेको उक्त पार्टी कार्यालयको भवनको सन्दर्भलाई जोडेर नेता शिवाकोटीले विभिन्न नौं बुँदामा आफ्नो भनाइलाई समेटेका छन्।

उनले दोलखा कांग्रेस भरोसा र इतिहासको आधारशिला रहेको उल्लेख गर्दै भने, 'आज हामीले नयाँ पार्टी कार्यालयको शिलान्यास गरेका छौँ। शिलान्यासपछि बन्ने यो पार्टी कार्यालय केवल ईँटा र सिमेन्टको संरचना होइन, यो दोलखाले बोकेको बलिदान, संगठन र संकल्पको थालनी हो।'

दोलखा कुनै पनि युगमा मौन बस्ने जिल्ला नभएको दाबी गर्दै शिवाकोटीले जब अन्याय हाबी हुन्थ्यो तब दोलखाले विद्रोह गरेको बताए। उनले भने, '२००७ सालको सशस्त्र क्रान्तिमा दोलखा अग्रपंक्तिमा थियो। सशस्त्र क्रान्तिका क्रममा २००७ सालमा लडाइँ भएको गुम्फुङ र मेलुङ अझै साक्षी छन्।'

शिवाकोटीले आजको शिलान्यास संगठनको पुनरुत्थान, विचारको पुनर्स्थापना र नेतृत्वको पुनर्निर्माणको शंखघोष भएकोसमेत बताए। उनले कांग्रेसलाई जीवन्त राख्न परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अब जेन जी पुस्तालाई सम्बोधन गर्न ढिला गर्न नहुने बताए। उनले भने, 'हिजोका पुस्ता कांग्रेसप्रति भावनात्मक निष्ठा राख्थे। आजका जेन्जी पुस्ता नतिजा र अवसरको खोजीमा छन्। हामीले अब पुराना पुस्ताको भरोसा पुनःस्थापित गर्नुपर्छ र नयाँ पुस्ताको आकर्षण प्राप्त गर्नुपर्छ।'

उनले पुरानालाई सम्मान गरी नयाँलाई अवसर दिनुपर्नेमा जोड दिँदै भने, 'पुराना पुस्ताका लागि संघर्षको सम्मान, योगदानको कदर, अनुभवको प्रयोग आवश्यक छ। जेन्जी पुस्ताका लागि डिजिटल पहुँच, कार्यक्रममा नवप्रवर्तन, नेतृत्वमा अवसर दिन जरुरी छ। भरोसाका जरा र भविष्यका पातहरू एकै वृक्षमा हुर्कन सक्ने ठाउँ कांग्रेस हो।'

उनले कांग्रेस सत्तामा भएकाले जवाफदेहिता देखाएर जनताको मन जित्नुपर्नेमा समेत जोड दिएका छन्। शिवाकोटीले सम्बोधनका क्रममा भने, 'आज कांग्रेस सरकारको नेतृत्वकर्ता हो। हामीसँग नीति बनाउने, कार्यान्वयन गर्ने र परिणाम दिने अवसर छ। हामीले अब भ्रष्टाचारमुक्त प्रशासन, सेवामुलक जनप्रतिनिधित्व, संघीयता र स्थानीय समन्वयमा प्रभावकारिता, र शान्ति, विकास र न्यायमा अग्रसरता देखाउनु पर्छ।'

पार्टीको आसन्न महाधिवेशनबारे विचार राख्दै शिवाकोटीले भने, '१५औँ महाधिवेशन कांग्रेसको संगठन पुनःनिर्माण र भावी नेतृत्व निर्माणको अवसर हो। यस महाधिवेशनलाई सार्थक बनाउन: सक्रिय सदस्यता अभियानलाई पूर्ण पारदर्शिता र निष्पक्षतासाथ सम्पन्न गर्नुपर्छ, विवादरहित संगठन निर्माण गरेर तल्लो तहसम्म एकताको भावना ल्याउनुपर्छ, युवा, महिला, अल्पसंख्यक, दलित र जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्छ। सक्रिय सदस्यता केवल नामको सूची होइन यो विचार र प्रतिबद्धताको अभिलेख हो।'

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पार्टीका अनुहार भएको उल्लेख गर्दै शिवाकोटीले भने, 'हाम्रा निर्वाचित जनप्रतिनिधिहरू पार्टीका प्रतिविम्ब हुन्। उनीहरू जनतासँग आत्मीय संवाद कायम गर्न, पारदर्शी सेवा र समर्पणद्वारा पार्टीप्रतिको विश्वास गहिर्याउन, पार्टी र जनताको बीचमा उत्तरदायी पुल बन्न अग्रसर हुनुपर्छ।'

भ्रातृ तथा शुभेच्छुक संस्थाहरु ऊर्जाका स्रोत भएको उल्लेख गर्दै उनले भने, 'नेविसंघ जेन जी पुस्ताको नेतृत्व प्रयोगशाला, महिला संघ लैङ्गिक न्यायको प्रतिनिधि हुन भने तरुण दल, ट्रेड युनियन, प्रेस युनियन जस्ता संस्थाहरू अभियान, नीति र संगठनका संवाहक हुन्। यी संस्थालाई सक्रिय, जवाफदेही र प्रभावकारी बनाउने योजना अगाडि बढाउनु आवश्यक छ।'

नेता शिवाकोटीले कांग्रेसको अबको बाटो संगठन, विचार र संवाद भएको बताउँदै भने, 'अब हामीले विचारमा स्पष्टता, कार्यकर्तासँग नियमित संवाद, नीतिमा नवीनता र जनतासँगको सम्बन्धमा आत्मीयता बढाउनुपर्छ।'

कांग्रेसका पूर्व महामन्त्री एवं हालका राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उक्त भवन शिलान्यास गरेका हुन्। सो शिलान्यास कार्यक्रममा शिवाकोटीसँगै केन्द्रीय सदस्य जीपछिरिङ लामा, बागमती प्रदेशका मन्त्री एवं केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, जिल्ला सभापति बर्मा लामा लगायत सहभागी थिए।

चार करोड लगानीमा बन्ने उक्त भवन दुई वर्षभित्र सक्ने योजना रहेको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
यो पनि पढौँ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस