नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले प्रतिगमनकारी शक्ति सल्बलाउँदा एमाले बाहेक अन्य दल मौन रहनु आश्चर्यको विषय भएको बताएका छन्।
उनले प्रतिगमनकारी शक्तिविरुद्ध एमाले एक्लै मैदानमा उभिन पर्याप्त रहेको दाबी गरे। ‘राजावादीका नाममा भइरहेका हर्कतविरुद्ध एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाएको हो,’ प्रेस चौतारी नेपाल ताप्लेजुङले आइतबार फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले भने।
प्रतिगामी हर्कतलाई पराजित गर्न एमालेको शक्ति पर्याप्त रहेको बताउँदै उनले नेपाली जनताले इतिहासमा पछाडि फर्कन नजानेको दोहोर्याए। कुनै पनि पश्चगामी शक्ति नेपाल र नेपालीले नरुचाउने भन्दै उनले राजावादीहरूको गलत हर्कत जनताले बुझिसकेकाले यसबारे थप टिप्पणी आवश्यक नभएको उनकाे भनाइ थियाे।
कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले आगामी बजेटमार्फत हरेक प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने योजनाहरू आउन सक्ने बताए। तर, साविकको संसद विकास कोषजस्तो नभई निर्वाचन क्षेत्रका सभासद्ले सिफारिस गरेको बहुवर्षीय योजनालाई प्रदेश सरकारले बजेट लगाउने गरी हुने उनले संकेत गरे।
एमालेको नीति र नेतृत्वले देशको नेतृत्व गरिरहेकाले एमालेमाथि निरन्तर हमला भइरहेको राईले बताए। आफू मुख्यमन्त्री हुँदा सुरु भएका योजना अहिले धमाधम उद्घाटनको चरणमा पुगेको उल्लेख गर्दै उनले कोशी लगानी सम्मेलन पनि आफ्नै पालामा कोरिएको मार्गचित्र भएको दाबी गरे। आफू मुख्यमन्त्री हुँदा सुरु भएका कामको ८० प्रतिशत अहिलेसम्म पूरा भएको उनको दाबी छ।
संघीय सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने र युवा पलायन रोकेर आर्थिक समृद्धिको अभियानलाई गतिशील बनाउने प्रकृतिको रहेको राईको दाबी थियो। कोशी प्रदेश सरकारले ल्याउने बजेटबारे सत्तारुढ दुई दल कांग्रेस र एमालेबीचको संयन्त्रमा छलफल भइसकेकाले स्वच्छ, सुखी र समुन्नत प्रदेशको मुख्य मार्गचित्रलाई आधार मानेर बजेट आउने उनले बताए।
एमाले कोशी प्रदेश कमिटीले जेठ महिनालाई विशेष महिनाका रूपमा लिएको भन्दै यो विशेष अभियानमार्फत प्रदेशका १४ वटै जिल्लाका नेता, कार्यकर्ता र मतदातासम्म पुग्ने अभियान चलाउने राईले बताए। स्वच्छ प्रतिस्पर्धा र आवधिक निर्वाचनमार्फत एमालेले सामाजिक रूपान्तरणको अगुवाइ गर्ने गरी संगठन परिचालनमा खटिने उनको भनाइ छ।
एमालेले कोशी प्रदेशका १४ वटै जिल्लामा समृद्धि निर्माणको मार्गचित्रबारे छलफल चलाइरहेको बताउँदै उनले यो अभियानलाई प्रदेशका सबै वडा, स्थानीय तह र जिल्ला तहमा केन्द्रित गर्ने बताए। यो अभियानमार्फत प्रदेशभरिका १ लाख ३ हजार पार्टी सदस्य तथा करिब ५० लाख नागरिकसम्म पुग्ने योजना रहेको राईले बताए।
एमालेको नीति र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध करिब ६ हजार ५ सय ४५ जनाको विशेष योजना दस्ता बनाएको उनले बताए। अभियान लिएर प्रदेशभरिका प्रत्येक टोल, गाउँबस्ती र घरपरिवारसम्म पुग्ने र पार्टीको मुलुक बनाउने सपना र समृद्धिबारे मतदातालाई जागरूक बनाउने अभियान चलाउने राईले बताए।
प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमालेको पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङ, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्य चित्राकुमारी लिम्बू, एमाले जिल्ला कमिटी ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) सहितको उपस्थिति थियो।