नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले उत्पीडित वर्ग-समुदायसँग गहिरो सम्बन्ध नबनाएसम्म नहुने निष्कर्ष निकालेको बताएका छन्।
मङ्गलबार (आज) काठमाडौंमा आयोजित नेवा: तामाङ उपत्यका जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'समग्रमा उत्पीडित वर्ग-समुदायसँग गहिरो सम्बन्ध नबनाएसम्म पार्टीलाई जीवित बनाउन, रूपान्तरण गर्न नसकिने रहेछ भनेर हामीले निष्कर्ष निकालेका छौँ, दस्ताबेजीकरण गरिएको छ,' उनले भने।
माओवादी केन्द्र आफ्नो वर्गतिरै फर्किएको उल्लेख गर्दै दाहालले अब पार्टीले समाजवादको नेतृत्व गर्ने पार्टी बन्ने दाबी गरे। 'कार्यक्रमिक रूपमा भन्दा हामी स्वायत्तता र पहिचानको पक्षमा छौँ,' उनले भने।
यस्तै दाहालले नेपाली समाजवाद नेपालमा आधारित नै हुनुपर्ने बताए। 'समाजवाद भन्ने कुरा कुनै किताब, कसैका अनुभव; चीन, भियतनामबाट आउँदैन। उनीहरूका अनुभवहरू रेफेरेन्स त हुन्छ तर, हाम्रो लागि हाम्रै ज्ञान चाहिन्छ। नेपाली समाजवाद नेपालमै आधारित हुनुपर्छ,' उनले भने।
दाहालले माओवादीमा सामेल हुने लहर चलेको दाबीसमेत गरे। पार्टीको अभियानका क्रममा कांग्रेस, एमाले, मधेसवादी दलहरूको नेतृत्वमा रहेका पालिकाहरूले पनि स्वागत गरेको र नेताहरू आफ्नो पार्टीमा समेल भएको उनले बताए। 'जनताका लागि फेरि उठ्ने भन्ने हाम्रो सङ्कल्प देखेर धेरै नेताहरू पार्टीमा सामेल हुनुभएको छ, लहर चलेको छ,' उनले भने।