राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको समीक्षा बैठक अनुपस्थित भएका छन्।
बुधबार (आज) राप्रपाको कार्यालय धुम्बाराहीमा आयोजित समीक्षा बैठक छाडेर लिङ्देन संसद् गएका हुन्। लिङ्देन बैठकमा उपस्थित नभएपछि कार्यकर्ताहरूले लफडा निकालेका छन्।
बैठक सुरु भएपछि लिङ्देनले आफू व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए। तर, कार्यकर्ताहरूले भने उनको खोजी गरे। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार लिङ्देन संसद्मा छन्। कार्यकर्ताहरू 'संसद् चाहिने भए यो आनदोलन किन ?' भनेर आक्रोशित बनेका थिए।
बैठक विसर्जन गर्नुपूर्व समिति संयोजक नवराज सुवेदीले समितिको दोस्रो ठूलो घटक दल राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्नका लागि समय दिएका थिए। यसपछि कार्यकर्ताहरूले लिङ्देनको खोजी गर्न थाले। स्मरणीय छ, राप्रपा समितिको सबैभन्दा ठूलो घटक दल हो।
कार्यकर्ताहरूले लफडा निकालेपछि थापाले बोल्न पाएनन्। यसपछि सुवेदी आफैँले माइक लिएर बैठक विसर्जन भएको घोषणा गरे। त्यसो त यसअघि सुवेदीले लिङ्देनसँग सल्लाह नगरी बन्दको घोषणा गरेका थिए। लगत्तै लिङ्देनले बन्दमा आफूहरूको सहभागिता नरहने बताएका थिए।
आजको बैठकमा समीक्षासहित थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भनिएको थियो तर, लिङ्देन अनुपस्थित भएपछि थप कार्यक्रमको घोषणा गरिएन।