पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काभ्रेस्थित पतञ्जलि योगपीठ नेपाललाई जग्गा सट्टापट्टा गर्न दिने तत्कालीन मन्त्रिपरिषद्को निर्णय विशुद्ध रूपमा नेपालमा योग र आयुर्वेदको प्रवर्द्धन गर्ने सकारात्मक नियतले प्रेरित रहेको बताएका छन्।
उनले आफू स्वयं लामो समयदेखि योग अभ्यासकर्ता रहेको र यस्ता कार्यलाई प्रोत्साहन दिनु राष्ट्रिय हितमा रहेको धारणा व्यक्त गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेपछि बिहीबार गृह जिल्ला रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘नेपालमा योगको प्रचारप्रसार होस्, आयुर्वेदको औषधिहरूको उत्पादन होस् भन्ने कुराको म पनि पक्षमा हुँ। म उहिलेदेखि योगाभ्यास गर्ने मान्छे नै हुँ। अहिले पनि म योगहरू गर्ने गर्दछु।’
उनले पतञ्जलि योगपीठ जस्ता संस्थाहरूमा स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तित्वहरू संलग्न रहेको र उनीहरूको प्रयासलाई असल नियतले हेरिनुपर्ने बताए।
‘असल नियतका साथ लाग्ने कुराहरूमा मेरो साथ, सहयोग, समर्थन रहन्छ,’ अध्यक्ष नेपालले थपे, ‘तर त्यो गर्दाखेरि पनि नियम, कानुन, विधिको सम्मान गर्नुपर्छ, पालन गर्नुपर्छ।’
भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै उनले आफूले एक नयाँ पैसा पनि भ्रष्टाचारको निम्ति नलिएको र कसैबाट अनुचित लाभ नउठाएको बताए। साथै, कुनै पनि मन्त्रीलाई अनुचित काम गर्न निर्देशन दिएको भए प्रमाण पेस गर्न चुनौती दिए।
अध्यक्ष नेपालले मन्त्रिपरिषद्बाट भएका निर्णयहरू प्रक्रियागत रूपमा हुने र यदि कुनै प्रक्रियामा त्रुटि भएको वा कानुनसम्मत नभएको पाइएमा त्यस्ता जग्गाहरू फिर्ता लिन सकिने कानुनी व्यवस्था रहेको पनि उल्लेख गरे।
उनले यस विषयलाई बद्नियतपूर्ण तरिकाले नभई सकारात्मक र राष्ट्रिय हितको दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिए।