अधिवक्ता सुदीज्ञ पन्तले सभापित लामिछानेलाई लगाइएका अभियाेगबारे समष्टिगत विवरण पेस गरेका थिए। त्यसमा अधिवक्ताहरूले ब्रिफिङ गरेका थिए।
वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई संसदीय छानबिन विशेष समितिकाे प्रतिवेदनकाे निष्कर्षविपरीत मुद्दा लगाइएकाे बताए। 'सहकारीबाट उहाँकाे बैंक खातामा पैसा नआएकाे र उहाँले गोर्खा मिडियाकाे प्रबन्ध निर्देशकका रूपमा कम्पनीकाे खातामा रहेकाे पैसा खर्च गरेकाे हकमा आकर्षित हुँदै नहुने फाैजदारी अभियाेग लगाइएकाे देखिन्छ,' उनले भने।
यस्तै अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले मुद्दा लगाइएका सहकारीमा लामिछाने सुरुदेखि नै सम्बद्ध रहेर ठगी गरे भन्ने भाष्य स्थापित गराउन खाेजिएकाे बताए। 'उहाँ ती सहकारीमा सम्बद्ध रहेकाे प्रमाण कहीँ कतै छैन। पैसा ल्याएकाे त परै जाओस्, गोर्खा मिडियामा पैसा ल्याएर सम्पत्ति शुद्धीकरण गरेकाे भन्दै सम्पत्ति शुद्धीकरणकाे समेत मुद्दा लगाइयाे। याे मुद्दा चाहिँ सांसद पद निलम्बन गर्नैका लागि हाे,' उनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...