‘सरकारले व्यवसाय गरेर बस्ने होइन’
२० वैशाख २०७५
•
७ मिनेट पाठ
‘सरकारले व्यवसाय गरेर बस्ने होइन’
प्रदेशसभा बैठकमा बजेट वक्तव्यमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । तस्बिर : नागरिक
पोखरा– प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य माथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले रेडियो र टिभी सञ्चालन गरेर सरकारले व्यवसाय गर्न नहुने बताएका हुन्।




बुधबार सरकारले ल्याएको १ अर्ब २ करोड ५ लाखको बजेट माथि बिहीबार संसदमा छलफल भएको छ। छलफलमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भने, ‘मिडिया आफैमा स्वतन्त्र हुन्छ, सरकारले यसलाई सञ्चालन गर्छु भन्ने आफैमा हास्यास्पद रहेको छ।’ गोरखापत्र र नेपाल टेलिभिजनलाई नै नीजिकरण गर्नुपर्ने कुरा उठेका बेलामा सरकारले आफ्नो मातहतमा सञ्चारमाध्यम सञ्चालन गर्दा जनताका कुराहरु समेटिन नसक्ने उनले टिप्पणी गरे।

कांग्रेसकै अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सरकारले व्यवसाय गरेर बस्न नहुने बताए। ‘मिडिया नीजिरुपमा नै चल्न दिनुपर्छ, स्वतन्त्र नै हुन दिनुपर्छ, सरकारले आफै सञ्चारमाध्यम सञ्चालन गर्दा जनताले अपनत्व महसुस गर्न सक्दैनन्’, उनले भने।

यस्तै छलफलमा बोल्ने सत्तापक्षीय र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्ना निर्वाचन क्षेत्र र जिल्लाका योजनाहरु नसमेटिएको गुनासो गरेका छन्।

एमालेका कृष्ण बहादुुर थापाले बजेट सामयिक र उपयुक्त रहेको बताए। तर, नीति कार्यक्रममा परेका केही विषयहरु भने छुट भएको उनले बताए। कांग्रेसका कृष्णचन्द्र नेपालीले नारायणी तटबन्ध बजेटमा नपरेको गुनासो गरे। माओवादी केन्द्रका रामजीप्रसाद बरालले भूमिहीन र सुकुम्बासीको विषयमा ठोस योजना नआएको बताए।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले प्रदेश प्रमुख जस्तो सेरमोनियल पदको नेतृत्वमा कुनै कार्यक्रम राख्न नहुने बताए। यसअघि प्रदेश प्रमुख बाबुराम कुँवरले पेश गरेको नीति तथा कार्यक्रममा प्रदेश प्रमुखको नेतृत्वमा ‘प्रदेश प्रमुख युवा स्वयंसेवा कार्यक्रम’ समावेश गरिएको तर बजेटमा समावेश नगरिएको विषयमा पनि उनले बोलेका थिए।

नयाँशक्ति पार्टी नेपालका हरिशरण आचार्यले बजेट सरकारले भनेजस्तो आँखीझ्याल र अर्जुनदृष्टि नभएको प्रतिक्रिया दिए। उनले बजेटलाई सम्भाव्यता अध्ययनको वक्तव्य भएको टिप्पणी गरे।

यस्तै, बजेटमा उल्लेख गरिएको हिन्दु र बौद्ध धर्म गुरुको सहभागितामा धार्मिक सम्मेलन गरिने विषयमा पनि प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका छन्। राजमोका कृष्ण थापाले धर्म निरपेक्ष मुलुकमा दुई धर्मगुरुलाई बोलाएर धार्मिक सम्मेलन गर्दा हिंसा भड्किन सक्ने कुरालाई सरकारले बेवास्ता गरेको र सान्दर्भिक नभएको बताए। नयाँ शक्तिका हरिशरण आचार्यले पनि क्रिश्चियन र मुस्लिम धर्मावलम्वीलाई बजेटले बेवास्ता गर्न नहुने बताए।

बिहीबारको प्रदेशसभामा बोल्ने २४ जना प्रदेशसभा सदस्यहरु मध्ये अधिकांशले बजेटलाई  छरिएको कनिकाको संज्ञा दिए। विभिन्न शिर्षकमा विनियोजित बजेट कार्यकर्ता पोस्न ल्याईएको आशंका समेत गरे। यो बाहेक बजेटले पुराना योजनाहरुलाई समावेश नगरि नयाँ योजनाहरु मात्र ल्याएकोमा उनीहरुले प्रश्न उठाएका थिए। यस्तै उनीहरुले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुलाई बजेटमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भने छलफलमा उठेका कुराको जवाफ दिँदै सरकारले वित्तीय समानीकरण अनुदान परिचालन गर्न बजेट ल्याएको बताए। ‘बजेटलाई कनिका भन्ने अनि आफ्नो निर्वाचन क्षेत्र सम्बोधन भएन भनेर गुनासो गर्ने’ गुरुङले थपे, ‘बजेट नै कनिका जस्तो छ, सुनको डल्लो कताबाट ल्याएर छर्नु?’

उनले भने, ‘हामीले पुराना योजनाहरुलाई बेवास्ता गरेका छैनौँ, संघले हामीलाई हस्तान्तरण नगरेका कारण नयाँ योजनाहरु मात्र ल्याइएको हो।’ प्रदेश सरकारले अधिकार क्षेत्रभित्र रहेर नै कार्यक्रमहरु ल्याईएको उनले बताए।

आगामी आर्थिक वर्षको पूर्णकालीन बजेटमा कार्यक्रमहरु समेट्नको लागि नै सम्भाव्यता अध्ययन र डिपिआरमा जोड दिईएको उनले बताए।

५ लाख भन्दा तलका योजनाहरु नभएका र सबै कामहरु कार्यविधी अनुसार नै गरिने हुँदा कार्यकर्ता पोस्ने बजेट नभएको उनले जवाफ दिए।

यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा पर्नेगरि छुट्याईएको २६ लाख रुपैयाँ बजेट फ्रिज जान नदिन सबै प्रदेशसभा सदस्यहरुले सहयोग गर्नुपर्नेमा गुरुङले जोड दिए।

यस्तै, मन्त्री गुरुङले प्रदेशसभा नियमावलीको नियम १३३ बमोजिम विनियोजन विधेयक प्रदेशसभामा पेश गरेका छन्। यो विधेयक शुक्रबारको प्रदेशसभा बैठकले पारित गर्नेछ।
अर्को समाचार
‘सरकारले व्यवसाय गरेर बस्ने होईन’
२० वैशाख २०७५
•
७ मिनेट पाठ
‘सरकारले व्यवसाय गरेर बस्ने होईन’
पोखरा- प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आपत्तिजनक भएको प्रतिक्रिया दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार प्रदेशसभामा पेश गरेको बजेट वक्तव्य माथिको छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले रेडियो र टिभी सञ्चालन गरेर सरकारले व्यवसाय गर्न नहुने बताएका हुन्।




बुधबार सरकारले ल्याएको १ अर्ब २ करोड ५ लाखको बजेट माथि बिहिबार संसदमा छलफल भएको छ। छलफलमा बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भने, ‘मिडिया आफैमा स्वतन्त्र हुन्छ, सरकारले यसलाई सञ्चालन गर्छु भन्ने आफैमा हास्यास्पद रहेको छ।’ गोरखापत्र र नेपाल टेलिभिजनलाई नै नीजिकरण गर्नुपर्ने कुरा उठेका बेलामा सरकारले आफ्नो मातहतमा सञ्चारमाध्यम सञ्चालन गर्दा जनताका कुराहरु समेटिन नसक्ने उनले टिप्पणी गरे।

कांग्रेसकै अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सरकारले व्यवसाय गरेर बस्न नहुने बताए। ‘मिडिया नीजिरुपमा नै चल्न दिनुपर्छ, स्वतन्त्र नै हुन दिनुपर्छ, सरकारले आफै सञ्चारमाध्यम सञ्चालन गर्दा जनताले अपनत्व महसुस गर्न सक्दैनन्’ उनले भने।

यस्तै छलफलमा बोल्ने सत्तापक्षीय र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्ना निर्वाचन क्षेत्र र जिल्लाका योजनाहरु नसमेटिएको गुनासो गरेका छन्।

एमालेका कृष्ण बहादुर थापाले बजेट सामयिक र उपयुक्त रहेको बताए । तर, नीति कार्यक्रममा परेका केही विषयहरु भने छुट भएको उनले बताए । कांग्रेसका कृष्णचन्द्र नेपालीले नारायणी तटबन्ध बजेटमा नपरेको गुनासो गरे। माओवादी केन्द्रका रामजीप्रसाद बरालले भूमिहीन र सुकुम्बासीको विषयमा ठोस योजना नआएको बताए।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले प्रदेश प्रमुख जस्तो सेरमोनियल पदको नेतृत्वमा कुनै कार्यक्रम राख्न नहुने बताए। यसअघि प्रदेश प्रमुख बाबुराम कुँवरले पेश गरेको नीति तथा कार्यक्रममा प्रदेश प्रमुखको नेतृत्वमा ‘प्रदेश प्रमुख युवा स्वयंसेवा कार्यक्रम’ समावेश गरिएको तर बजेटमा समावेश नगरिएको विषयमा पनि उनले बोलेका थिए।

नयाँशक्ति पार्टी नेपालका हरिशरण आचार्यले बजेट सरकारले भनेजस्तो आँखीझ्याल र अर्जुनदृष्टि नभएको प्रतिक्रिया दिए । उनले बजेटलाई सम्भाव्यता अध्ययनको वक्तव्य भएको टिप्पणी गरे ।

यस्तै, बजेटमा उल्लेख गरिएको हिन्दु र बौद्ध धर्म गुरुको सहभागितामा धार्मिक सम्मेलन गरिने विषयमा पनि प्रदेशसभा सदस्यहरुले प्रश्न उठाएका छन् । राजमोका कृष्ण थापाले धर्म निरपेक्ष मुलुकमा दुई धर्मगुरुलाई बोलाएर धार्मिक सम्मेलन गर्दा हिंसा भड्किन सक्ने कुरालाई सरकारले बेवास्ता गरेको र सान्दर्भिक नभएको बताए । नयाँ शक्तिका हरिशरण आचार्यले पनि क्रिश्चियन र मुस्लिम धर्मावलम्वीलाई बजेटले बेवास्ता गर्न नहुने बताए।

बिहिबारको प्रदेशसभामा बोल्ने २४ जना प्रदेशसभा सदस्यहरु मध्ये अधिकांशले बजेटलाई छरिएको कनिकाको संज्ञा दिए। विभिन्न शिर्षकमा विनियोजित बजेट कार्यकर्ता पोस्न ल्याईएको आशंका समेत गरे । यो बाहेक बजेटले पुराना योजनाहरुलाई समावेश नगरि नयाँ योजनाहरु मात्र ल्याएकोमा उनीहरुले प्रश्न उठाएका थिए । यस्तै उनीहरुले आफ्नो निर्वाचन क्षेत्रका योजनाहरुलाई बजेटमा समावेश गर्नुपर्ने सुझाव दिएका थिए।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भने छलफलमा उठेका कुराको जवाफ दिँदै सरकारले वित्तीय समानीकरण अनुदान परिचालन गर्न बजेट ल्याएको बताए । ‘बजेटलाई कनिका भन्ने अनि आफ्नो निर्वाचन क्षेत्र सम्बोधन भएन भनेर गुनासो गर्ने’ गुरुङले थपे, ‘बजेट नै कनिका जस्तो छ, सुनको डल्लो कताबाट ल्याएर छर्नु ?’

उनले भने, ‘हामीले पुराना योजनाहरुलाई बेवास्ता गरेका छैनौँ, संघले हामीलाई हस्तान्तरण नगरेका कारण नयाँ योजनाहरु मात्र ल्याईएको हो ।’ प्रदेश सरकारले अधिकार क्षेत्रभित्र रहेर नै कार्यक्रमहरु ल्याईएको उनले बताए।

आगामी आर्थिक वर्षको पूर्णकालीन बजेटमा कार्यक्रमहरु समेट्नको लागि नै सम्भाव्यता अध्ययन र डिपिआरमा जोड दिईएको उनले बताए ।

५ लाख भन्दा तलका योजनाहरु नभएका र सबै कामहरु कार्यविधी अनुसार नै गरिने हुँदा कार्यकर्ता पोस्ने बजेट नभएको उनले जवाफ दिए ।

यस्तै, प्रत्येक निर्वाचन क्षेत्रमा पर्नेगरि छुट्याईएको २६ लाख रुपैयाँ बजेट फ्रिज जान नदिन सबै प्रदेशसभा सदस्यहरुले सहयोग गर्नुपर्नेमा गुरुङले जोड दिए ।

यस्तै, मन्त्री गुरुङले प्रदेशसभा नियमावलीको नियम १३३ बमोजिम विनियोजन विधेयक प्रदेशसभामा पेश गरेका छन्। यो विधेयक शुक्रबारको प्रदेशसभा बैठकले पारित गर्नेछ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस