अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका हुन्। महाधिवेशन आगामी तीन दिनसम्म चल्नेछ।
त्यसअघि स्वागत मन्तव्य दिँदै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गरी विकासको बाटोमा अघि बढ्न महाधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनबारे उठेका नकारात्मक टिप्पणीको सामूहिक रूपमा जवाफ दिनुपर्ने बताए।
राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्गठनले युवाका मुद्दामा एकजुट हुनुपर्ने कुरामा जोड दिए।
अनेरास्ववियुकी पूर्वअध्यक्ष नवीना लामाले गणतन्त्र विरोधीहरूको सङ्गठनले प्रतिवाद गर्नुपर्नेमा जोड दिइन्।