भण्डारीको पक्षमा नखुल्न ओलीको चेतावनी
२६ जेष्ठ २०८२
•
५ मिनेट पाठ
भण्डारीको पक्षमा नखुल्न ओलीको चेतावनी
पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमालेभित्र हलचल पैदा भएको छ। भण्डारी हालै चीन भ्रमणबाट फर्केर आएपछि एमालेमा हलचल उत्पन्न भएको हो। राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। एमाले नेताकै हैसियतमा उनी चीन भ्रमणमा गएकी हुन्। एमालेभित्रको एउटा पंक्ति भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छ।




चीन भ्रमणबाट फर्केकी भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङलगायतका जिल्ला भ्रमणमा छिन्। भण्डारी पूर्वी नेपालको भ्रमणमा रहेकै बेला यता काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र असन्तुष्टि पोखेका छन्। भण्डारीले जिल्लामा एमालेका नेता–कार्यकर्तासँग गरिरहेको भेटघाटप्रति अध्यक्ष ओली असन्तुष्ट देखिएका हुन्।

ओलीले आइतबार पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा नखुल्न चेतावनीपूर्ण भाषा प्रयोग गरे। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी महाधिवेशनबारे धारणा राख्दै विद्याको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई अघोषित चेतावनी दिए।

ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए। ‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ ओलीले भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै भने, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’

उनले महाधिवेशन मिति घोषणा भइनसक्दै सरसल्लाह नै नगरी बाहिर हल्ला चलाएको भन्दै आक्रोश पोखे। उनले भने, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन।’ यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खोजे सह्य नहुने उनको चेतावनी थियो। ‘अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईंहरू सोझै जवाफ दिनुस्,’ ओलीले भने।

पार्टीभित्र समूहका नाममा भइरहेको हल्लाको जवाफ दिन पनि उनले कार्यकर्तालाई आग्रह गरे। ‘तलतल यो ग्रुप भन्या छन्, त्यो ग्रुप भन्या छन्। यो ग्रुप र त्यो ग्रुपको आवश्यकता नै छैन,’ उनले भने, ‘तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुहोला।’

भण्डारी शनिबार झापा पुग्दा त्यहाँ एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टी उपाध्यक्ष शिव ढुंगेलललगायतले भण्डारीलाई स्वागत गरेका थिए। उनीहरूले आफूले भण्डारीलाई पार्टी अध्यक्षको रूपमा हेर्न चाहेको भन्दै पार्टी राजनीतिमा फर्कन आग्रह गरेका थिए।

विराटनगरबाट झापा जाने क्रममा भण्डारीसँग एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी र सहसचिव देवान राई थिए। कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा पुगेकी थिइन्। भण्डारीले झापामा नेता–कार्यकर्तासँग पनि भेटघाट गरिन्।

भेटवार्तामा युवा संघको केन्द्रीय सदस्यमा ओली समूहबाट पराजित रोजिना पाण्डे, पूर्वसांसद पवित्रा खरेल, नेत्री निता घतानी, बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईं, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेलगायत सहभागी थिए। भण्डारी आइतबार पनि झापामा विभिन्न कार्यक्रममा सरिक भइन्। ओली आफ्नो गृहजिल्ला पुगेर भण्डारीले राजनीतिक भेटघाट गरेपछि आक्रोशित बनेको बुझिएको छ।

ओलीले सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा पूरा गर्ने अभियानमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले गणतन्त्रलाई सुदृढ र गतिशील बनाउन अनेरास्ववियुलाई आग्रह गर्दै विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलाप गर्न भने छुट नभएको बताए। उनले विद्यार्थी नेताहरूलाई संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवार बनाउन निर्देश दिए। ‘बाटोमा हिँड्दा तपाईंहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिनुस्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हुनु हुँदैन,’ ओलीले भने, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन्। पार्टीभित्र एकता हुनु हुँदैन, चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन्। मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा लक्ष्यमा प्रभावकारीरूपमा अघि बढ्न सक्छौं। मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ। पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन।’

अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रमा ओलीले सरकार सही नीतिमा अघि बढेको र सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल नहुने पनि बताए। उनले मुलुकमा स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारे। सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पनि उनले दोहोर्‍याए। ‘हाम्रा विरोधीले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो मिसन २०८४ अन्तर्गत निर्वाचनमा बहुमत ल्याउँछौं भनेको छौं। प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,’ ओलीले भने, ‘हामी अहिले सँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौं। त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ। यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन।’
अर्को समाचार
एमालेमा भण्डारी गुटको छुट्टै भेला
०५ साउन २०८२
•
३ मिनेट पाठ
एमालेमा भण्डारी गुटको छुट्टै भेला
नेकपा एमालेभित्र देखिने नै गरी दुई गुट अलग–अलग ढंगले अनौपचारिक छलफलको तयारीमा जुटेका छन्। पार्टीको सचिवालय र पोलिटब्युरो बैठकपछि सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीका लागि दुवै पक्षले आन्तरिक छलफल थालेका छन्।




‘पोलिटब्युरो बैठकअघि पनि पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट नेताहरूबिच आन्तरिक छलफल भएको थियो। आज (आइतबार) राति पनि अबेरसम्म पूर्वराष्ट्रपतिको निवासमा निकट नेताहरूसँग छलफल भयो। त्यसअघि साँझ केही आफूनिकट रहेका नेताहरूसँग पनि उहाँले निवासमै र टेलिफोनमा कुराकानी गर्नुभयो। प्रधानमन्त्री केपी ओलीसँगको भेट समग्रमा सकारात्मक दिशातर्फ उन्मुख भएको उहाँले सुनाउनुभयो,’ भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट गरेर फर्केका एक नेताले जानकारी दिए। देशभरका नेता र कार्यकर्ता भेटघाट र कुराकानीको संयोजन विनोद ढकालले गरेका थिए। आइतबार दिनभर डोरमणि पौडेललगायत नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल र भेटघाट गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारीसँगको भेटघाटपछि प्रधानमन्त्री निवासमा संस्थापन पक्षको छलफल भएको थियो। त्यहाँ महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी भएका थिए। उता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि दिनभर नै व्यस्त भइन्।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा आइतबार पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा प्रधानमन्त्री ओलीसँग ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भेटघाट भएको छ। भण्डारीले भेटका लागि आग्रह गर्दा ओलीले बालुवाटार बोलाएका थिए। तर भण्डारीले पार्टी कार्यालय च्यासलमा भेट्ने प्रस्ताव राखिन्।

ओलीले उक्त प्रस्ताव सहजै स्वीकार गरे। आइतबार भण्डारीकै प्रस्तावअनुसार ओली पार्टी कार्यालयमा भेट भएको हो। ओलीले केन्द्रीय कमिटीको बैठकपछि मात्रै भण्डारीसँग भेट्ने तयारी गरेका थिए। एमालेको सचिवालय र पोलिटब्युरो बैठकपछि नेताहरूले पनि केन्द्रीय कमिटी बैठकपछि ओलीले भण्डारीसँग भेट्ने बताएका थिए। तर भण्डारीले त्यसअघि नै भेट्न आग्रह गरेकी थिइन्। ‘नेताहरूको दबाबका कारण दुवै जनाको भेटघाट भएको हो,’ भण्डारीनिकट रहेका एक नेताले भने।

भेटका लागि पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय च्यासलमा ३ः१५ बजेतिर पुगेकी थिइन्। भण्डारी एक दशकपछि औपचारिक रूपमा एमाले मुख्यालय पुगेकी हुन्। प्रधानमन्त्री ओली भने ४ः०० बजे मात्रै पार्टी कार्यालय पुगेका थिए। दुई जनाबिच ३ः०० बजे भेट तय भएकोमा प्रधानमन्त्री ओलीको व्यस्तताले एक घण्टा सरेको थियो।

ओली आउने समयअघि उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानी गरेकी थिइन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको सदस्यता नवीकरण गराउन आफूले नै लगेको बताएका थिए। त्यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट भएको बताएका थिए।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ।

भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन्। तर पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए। पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेन्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए। छलफलपछि जानकारी दिँदै नेता कर्ण थापाले छलफल राम्रो भएको बताए। ‘छलफल त उहाँहरूका बिचमा मात्रै भयो। उहाँहरूका बिचमा दुई घण्टा छलफल भयो। उहाँहरूका बडी ल्यांग्वेज हेर्दाखेरि सकारात्मक देखें। उहाँहरूको हार्दिकता, सम्मान, निकै लामो समययता राजनीतिक सहकार्य चलेको भनेपछि दुवै सकारात्मक हुनुहुन्छ,’ पोलिटब्युरो सदस्य थापाले भने।

शनिबार सकिएको एमाले पोलिटब्युरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण भइनसकेको भन्दै उचित समयमा उचित निर्णय हुने निष्कर्ष निकालेको थियो। यसपछि भण्डारी आइतबार पार्टी अध्यक्ष ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल पुगेकी थिइन्।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस