अनेरास्ववियु निर्वाचन: बेलुका ८ बजेदेखि मतदान, मतदानमा ‘मेसिन’को प्रयोग
२८ जेष्ठ २०८२
•
१ मिनेट पाठ
अनेरास्ववियु निर्वाचन: बेलुका ८ बजेदेखि मतदान, मतदानमा ‘मेसिन’को प्रयोग
नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी (अनेरास्ववियु)को २४औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्वको प्रयास असफल भएपछि निर्वाचन मतदानमा गएको छ। मतदान बुधवार(आजै) हुने भएको छ। 




मतदाता नामावली प्रकाशनमा ढिलाइ भएकाले बुधवार बिहान ८ बजे हुने भनिएको मतदान बेलुका ८ बजेका लागि तय भएको निर्वाचन समितिले जनाएको छ। मतदान त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुने तय गरिएको छ। मतदानको लागि यस पटक ‘भोटिङ मेसिन’को प्रयोग हुने निर्वाचन समितिले जनाएको छ। 

निर्वाचन समिति सदस्य मदन विष्टका अनुसार स्मृति भवनमा मतदानका लागि ४५ वटा भोटिङ मेसिन जडान गरिएका छन्। निर्वाचन समितिका अनुसार एक हजार ५४२ जना प्रतिनिधि मतदाता छन्। 

निर्वाचनमा अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी छ। यस्तै उपाध्यक्ष खुला तर्फ विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धमेन्द्र केसी र गणेशबहादुर शाही उम्मेदवार छन्। 

यसै गरी उपाध्यक्ष(महिला तर्फ)सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराई उम्मेदवार छन्, भने महासचिवमा दीपक धामी र आके रोमसको उम्मेदवारी परेको छ। 

यस्तै निर्वाचन आयोगका अध्यक्षमा प्रशान्त भण्डारी, प्रदीप भट्टराई, मिलन घिमिरे र जितबहादुर सिटौलाले उम्मेदवारी दिएका छन्। 
अर्को समाचार
अनेरास्ववियु महाधिवेशन: लाग्यो 'वी वान्ट इलेक्सन'को नारा, पार्टीले एकलौटी गर्न खोजेको आरोप
२७ जेष्ठ २०८२
•
१ मिनेट पाठ
अनेरास्ववियु महाधिवेशन: लाग्यो 'वी वान्ट इलेक्सन'को नारा, पार्टीले एकलौटी गर्न खोजेको आरोप
नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रियामा मातृपार्टी हाबी भएपछि नाराबाजी भएको छ।




विद्यार्थीहरूले निर्वाचन प्रक्रियामा जान चाहे पनि मातृपार्टी एमालेले आफूखुसी एकलौटी अध्यक्ष चयन गर्न खोजेको भन्दै उनीहरू नाराबाजीमा उत्रिएका हुन्। 

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सुरु भएको बन्दसत्रमा नाराबाजी भएपछि थप प्रक्रिया अगाडि बढ्न सकेको छैन। पार्टीका दबाबका बीच विद्यार्थीहरूले लोकतान्त्रिक पद्धतिअनुरूप निर्वाचनबाटै आफ्नो नेतृत्व चुन्न पाउनुपर्ने माग गरेका छन्।

सङ्गठनमा ५ जना नेतृत्वका आकाङ्क्षी छन्। निर्वाचन तालिका सार्वजनिक भएसँगै पार्टीले सुजन कडरिया अध्यक्ष, प्रकाश पौडेल उपाध्यक्ष र अन्जना शिवाकोटी, महासचिवमा दिपक धामीलगायतको नाम सार्वजनिक गरिएको थियो। 

नाराबाजी सुरु भएपछि प्रक्रियामा अवरुद्ध भएको कीर्तिपुरका इन्चार्ज प्रशान्त भण्डारीले बताए।  ‘अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाममा अरु आकाङ्क्षीले असहमति जनाउँदै हलभित्र 'वी वान्ट इलेक्सन' भन्दै नाराबाजी गरिररहेका छन्,’ इन्चार्ज भण्डारीले भने, ‘निर्वाचन प्रक्रियामा जाने अध्यक्षको आकाङ्क्षीहरू दिपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अन्जना शिवाकोटी र कडरियाले आाकाङ्क्षा राखेका छन्।’
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस