‘प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी’
०२ असार २०८२
•
१ मिनेट पाठ
‘प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जरुरी’
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले देशको समृद्धि, जनआकांक्षाको सम्बोधन र राजनीतिक स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पुनःसंरचनासहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्णसमानुपातिक निर्वाचन प्रणाली जरुरी रहेको जनाएको छ।




सो पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकबाट पारित समसामयिक राजनीतिक प्रस्ताव सार्वजनिक गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिएको छ। बैङ्क तथा वित्तीय संस्थामा थुप्रिएको वित्तलाई उत्पादनसँग जोड्ने गरी बैकिङ तथा वित्तीय क्षेत्रमा सुधारको जरुरी रहेको सो पार्टीले स्पष्ट पारेको छ।

लामो समयदेखि अल्झिएको विद्यालय शिक्षा विधेयक तत्काल जारी गरी कार्यान्वयन गर्न, शिक्षालाई रोजगारमूलक, उत्पादनमुखी, जीवनोपयोगी बनाउन विद्यमान शिक्षा प्रणालीको सुधार जरुरी रहेको बैठकले निष्कर्ष निकालेको छ।

बैकिङ्क प्रणालीमा अधिक तरलता रहँदारहँदै उत्पादनशील क्षेत्रमा न्यून ऋण प्रवाह, मिटर ब्याज पीडितका समस्या, लघु वित्त र सहकारी पीडितका समस्या र साना उद्यमी व्यवसायीले झेल्नु परेको समस्या समाधानमा केन्द्रित हुन सरकार समक्ष माग गरेको छ। सुशासन कायम गर्दै भ्रष्टाचारप्रतिको शून्य सहनशीलता अपनाउनसमेत अनुरोध गरिएको छ। 
अर्को समाचार
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ’
१४ फागुन २०७६
•
३ मिनेट पाठ
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ’
काठमाडौं – सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरे। नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्नेगरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको विषयमा विवाद भइरहेका बेला पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङको यस्तो धारणा आएको हो। उनले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको प्रावधान राख्न प्रस्ताव गरेका हुन्। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जान पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने १ सय ५१ सदस्यीय एक सदनात्मक व्यवस्था गर्नुपर्ने, संविधानको प्रस्तावनाप्रति प्रतिबद्ध रहेर प्रदेशको संरचना घटाएर समन्वयकारी निकायको रूपमा परिणत गर्नुपर्ने, ७ सय ५३ वटा स्थानीय तहको संख्या घटाएर ३ सय ५० मा झार्नुपर्ने तामाङको भनाइ थियो। त्यसैगरी काठमाडौं उपत्यकालाई बृहत् काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर त्यसको प्रत्यक्ष निर्वाचन गर्ने विधि बनाउनुपर्ने पनि उनले बताए।




राज्यको साधारण खर्च ६० प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै तामाङले साधारण खर्च बचाएर विकासमा लगाउन सबैभन्दा पहिला शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने तर्क राखे। शासकीय प्रणाली परिवर्तन भएमा निर्वाचन जसरी पनि जित्नुपर्ने र त्यसका लागि जति पनि पैसा खर्च गर्ने प्रणाली र निर्वाचन जितेपछि जनताप्रति नभई निर्वाचन खर्चप्रति उत्तरदायी हुनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। उनले भ्रष्टाचार, कमिसनखोरी, अनियमितता र बेरोजगारीका कारण आम नागरिकमा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै शासकीय स्वरुप परिवर्तन गरी मुलुकको सम्मृद्धिका लागि सबै एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस