राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसद्मा आफूहरूले शान्तिपूर्ण विरोध जनाइरहेको जिकिर गरेका छन्।
मङ्गलबार (आज) को संसद् बैठकमा निलो रिबन बाँधेर सहभागी भएका रास्वपा सांसदहरूलाई सत्तासीन दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले 'निष्कासन'को माग गरेका थिए। यसका प्रति टिप्पणी गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।
'हो हजुर, हामीलाई माइक भाँच्न आउँदैन। कुर्सी फोड्न आउँदैन। चिथोर्न आउँदैन। मान्छे कुट्न आउँदैन,' उनले भनेका छन्।
तर, आफूहरूलाई आम नागरिकको आवाज बोल्न आउने जिकिर श्रेष्ठको छ। उनी थप्छन्, 'विश्वास छ, हामीले गर्ने शान्तिपूर्ण विरोधले नागरिकको पीडा बोल्नेछ। र, यही विद्रोहले अपराधी र भ्रष्टाचारीहरूको मन पोल्नेछ।'
रास्वपा सांसदहरूले 'निलो रिबन'ले विश्वव्यापी रूपमा नै मानव तस्करी र मानव बेचबिखनविरुद्धको आवाजको प्रतिनिधित्व गर्ने भन्दै आजको संसद् बैठकमा निलो रिबन बाँधेर सहभगाी भएका थिए।