संसद् बैठक ४:३० बजेका लागि सारिएको छ। यसअघि आजै २:३० बजे केहीबेर बसेर आधा घण्टाका लागि स्थगित भएको बैठक ४:३० बजेका लागि सारिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए। तर, निर्धारित समय अर्थात् ३ बजे बस्न सकेन। यसपछि सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी ४:३० बजेका लागि तोकिएको जनाएको हो।
यसबीचमा सभामुख घिमिरेले कानूनमन्त्री अजय चौरासियासहित प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। भिजिट भिसा प्रकरणको विषय झिकेर जेठ १४ गतेयता सदन अवरुद्ध गर्दै आएको रास्वपा टसमस छ।