कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले भौतिक पूर्वाधार विकासका क्षेत्रमा कोशी प्रदेशले फड्को मारेको दाबी गरेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको सहकार्यमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको सञ्चार माध्यम मार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तरसम्बन्ध विषयक बहस कार्यक्रममा मन्त्री राईले यस्तो दाबी गरेका हुन् ।
मन्त्री राईले कोशी प्रदेश सरकार स्थापना भएपछि पहाडी भेगका गाउँहरूमा समेत सडक पुगेको बताए । प्रदेश सरकारको सक्रियताले गाउँ–गाउँमा सडक पुगेकै कारण पूर्वी पहाडी जिल्लाका गाउँहरूका उत्पादन सहर सम्म ल्याउन सम्भव भइरहेको मन्त्री राईको भनाई छ ।
‘पहाडी क्षेत्रका गाउँसम्म मोटर बाटो पुगेपछि स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, रुखका काठले बजार पाएको छ ’ उनले भने, ‘विगतमा सुनसरी– मोरङका भेनियर उद्योगहरूमा काठको अभाव हुने गरेकोमा अहिले पहाडी क्षेत्रबाट पर्याप्त काठ आउने भएकाले प्लाइउड विदेशसमेत निर्यात हुन थालेको छ ।’ पहाडी क्षेत्रमा विकासका पूर्वाधार निर्माण भएकै कारण त्यहाँका उत्पादनले सहजै बजार पाउन थालेको मन्त्री राईको दाबी छ । यति मात्रै हैन गाउँका उत्पादनले बजार पाएपछि त्यहाँका बासिन्दाको आम्दानीसमेत बढेको मन्त्री राईले बताए ।
तर, पूर्वाधार विकासका कारण कति उत्पादन बढ्यो, कति बस्तुले बजार पायो र स्थानीयको आम्दानी कति प्रतिशतले बढ्यो भन्ने लेखाजोखा गर्न बाँकी रहेको बताए । उनले प्रदेशका कृषि, वन तथा भौतिक पूर्वाधार मन्त्रालय मार्फत यी विषयहरूको समेत लेखाजोखा गरी तथ्याङ्क निकाल्न आवश्यक रहेको धारणा राखे ।