नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग समन्वयन गरेर सदन चलाउनुपर्ने बताएका छन्।
बिहीबार (आज) बसेको संसद् बैठकमा भाग लिँदै सांसद जोशीले यस्तो बताएका हुन्। 'मलाई कता कता निकै अप्ठ्यारो पनि लागेको छ। संसद्को चौथो ठूलो राजनीतिक दल तल पलेटी कसेर बसिरहेको छ। पाँचौँ ठूलो दल राप्रपा बहिष्कार गरेर हिँडेको छ। यसरी सदन चल्दा हामीले सोच्नुपर्ने होइन र ? यसरी कस्तो संस्कार बसाल्ने हो हामीले,' उनले भने।
उनले चौथो र पाँचौँ दलसँग समन्वयन गरेर मात्रै सदन चलाउन माग गर्दै सोधे, 'कि अन्नत रूपमा यसैगरी जान्छ सदन ?'
भिजिट भिसा प्रकरणको विषयलाई लिएर रास्वपा र राप्रपा सदन अवरुद्ध तथा बहिष्कारको ठाउँमा पुगेका छन्। उनीहरूले गत जेठ १४ यता नै सदन अवरुद्ध गर्दै आएका छन्। यद्यपि, बैठक चलिरहेको छ।