कर्णाली प्रदेश: बजेट छलफलमा सहभागी नहुने माओवादी निर्णय
०५ असार २०८२
•
३ मिनेट पाठ
कर्णाली प्रदेश: बजेट छलफलमा सहभागी नहुने माओवादी निर्णय
कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सरकारले गैर कानुनी बाटोबाट ल्याएको बजेटमाथिको छलफलमा सहभागी नहुने बताउँदै सरकारको राजीनामा माग गरेको छ । असार १ गते मध्यराति बजेट वक्तव्य मात्रै प्रस्तुत गरेको सरकारले बजेटसहित विनियोजन र अर्थ विधेयक पेश गरेको थियो ।




बिहीबारको बैठकमा विनियोजन र अर्थ विधेयक संसदमा टेबुल गर्ने कार्यसूची थियो । बुधवार सम्मका छलफलमा बजेट प्रस्तुत नहुँदै बजेटको अंक बाहिरिएकाले आर्थिक मामिला तथा योजना मन्त्री राजीव शाहले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएको माओवादी केन्द्रले बिहीबारको कार्य व्यवस्था परामर्श समितिको बैठकमा भने गैर कानुनी बजेट ल्याउने सरकारलेनै राजीनामा दिनुपर्ने अडान राख्यो ।

माओवादी संसदीय दलको बैठकले बजेट गैर कानुनी भएकाले छलफलका कुनै पनि प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । ‘कानुनको पालना नगरेर गैर कानुनी बजेट ल्याउने सरकारले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘बजेट छलफलको कुनै पनि प्रक्रियामा सहभागी हुँदैनौँ ।’

असार १ गते बजेट ल्याउँदा सरकार र प्रमुख प्रतिपक्षी दलबिच एक बुँदे सहमति भएको थियो। सहमति अनुसार सरकारले सदनमा बजेट प्रस्तुत गर्ने र प्रतिपक्षीका मागहरू सम्बोधन गर्ने उल्लेख थियो । माओवादी केन्द्रले मुख्यतया: पाँच वटा माग राखेको छ ।

त्यो मध्येको पहिलो बुँदा थियो, योजना बैंकमा समावेश योजनाहरू हेर्न पाउनुपर्ने । माओवादी केन्द्रको उक्त माग पूरा भइसकेको छ । यस्तै जिल्लाबाट सिफारिस भएर आएका तर बजेटमा नपरेका योजनाहरू समेट्ने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच विमति छैन ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षीबिच मुख्य दुई बुँदामा विमति छ । माओवादी केन्द्रले सांसद र मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रबाहेकमा योजना सिफारिस गर्न नपाउने अडान राख्दै आएको छ भने उसको दोस्रो माग रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने तीन जना माओवादी केन्द्रका सांसदहरूले एउटै योजनाका लागि सिफारिस गरेको स्यार्पु जलविद्युत आयोजनामा सरकारले रकम विनियोजन गर्नुपर्ने भन्नेछ । एक जना सांसदले पाँच करोड रुपैयाँको योजना छनोट गर्न पाउने प्रावधान अनुसार रुकुम पश्चिमबाट निर्वाचित पूर्व मुख्यमन्त्री राजकुमार शर्मासहितका तीन सांसदले स्यार्पु जलविद्युत आयोजनामा १५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने उनीहरूको माग छ ।

‘मुख्यतया मन्त्री र सांसदले अर्को निर्वाचनमा सिफारिस गरिएका योजना खारेजी र स्यार्पु जलविद्युत आयोजनामा तीन सांसदको सामूहिक लगानीका विषयमा सहमति नहुँदा संसदमा माओवादी सांसद उपस्थित नभएका हुन्,’ एमालेका एक सांसदले भने, ‘स्यार्पुमा सम्झौता गरे माओवादी विनाशर्त बजेटको छलफलमा सहभागी हुन्छ ।’

सामान्यतया: सरकारले बजेट वक्तव्यसँगै संसदमा विनियोजन विधेयक र अर्थ विधेयक टेबुल गर्नुपर्दथ्यो । त्यसको पालना सरकारले गरेन । अहिले त्यसैलाई आधार बनाएर माओवादी केन्द्रले सरकारको राजीनामा मागिरहेको छ । 

कांग्रेस प्रमुख सचेतक हिम्मत विष्टले बजेट र सरकारसँग रहेको असहमति माओवादीले संसदमै राख्नुपर्ने बताए । ‘कार्य व्यवस्था परामर्श समितिको बैठकमा हामीले तपाईँहरूका जे–जे असहमति छन् संसदमै राख्नुहोस् भनेका हौँ,’ उनले भने, ‘बिहीबारको बैठकमा उहाँहरू संसदमै प्रवेश गर्नुभएन ।’ उनले असार १ गते बजेट ल्याउँदा मध्य राति भइसकेकाले विनियोजन र अर्थ विधेयक प्रस्तुत गर्न नसकिएको बताए । ‘अर्थ र विनियोजन विधेयक बजेट वक्तव्य लगत्तै टेबुल हुनुपर्ने हो,’ उनले भने, ‘समय नै पुगेन, आज (बिहीबार) टेबुल गर्ने कुरा हो ।’

उनले अनौपचारिक भेटमा माओवादी केन्द्रले सरकारले राजीनामा दिनुपर्छ भनिराखे पनि औपचारिक रुपमा संसदमा प्रस्तुत नभएको बताए । ‘जे कुरा उठाउनुहुन्छ हाउसमा उठाउनुहोस्, बजेटको विरोध गर्नुहोस्, मन्त्रीको विरोध गर्नुहोस्, हाउस चल्न दिनुहोस् भनेका छौँ,’ उनले भने, ‘छलफल चलिरहेको छ, सहमति भएको छैन ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस