आसन छाडेर अडान नछाडेको रास्वपा
०५ असार २०८२
•
३ मिनेट पाठ
आसन छाडेर अडान नछाडेको रास्वपा
आसन छाडेर लबीमा बसेका रास्वपा सांसदहरू।
हिजोआज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू संसद्‌मा नाराबाजी गर्न र लबीमा पलेटी कसेर बस्न जान्छन्। उनीहरू दलीय रूपमा संसद्‌भित्र दिइएका कुर्सी छाडेर लबीमा बस्छन्। त्यसलाई उनीहरूले ‘रचनात्मक’ विरोधका रूपमा अर्थ्याएका छन्।




गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन नभइन्जेलसम्म संसद्‌को गतिरोध नखुलाउने रास्वपा सांसदहरूको अडान छ। यद्यपि, संसद् बैठक रोकिएको छैन। आफूसँगै उभिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले गत जेठ ३० गते सत्तापक्षीय दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर आफ्नो तर्फबाट संसद् खुलाए पनि रास्वपाले अहिलेसम्म अडान छाडेको छैन।

यो अडान आफ्नो माग पूरा नहुँदासम्म रहने रास्वपाले दोहोर्‍याउँदै आएको छ। रास्वपा प्रवक्तासमेत रहेका सांसद मनीष झा भन्छन्, ‘हामी हाम्रो अडान छाड्दैनौँ। हाम्रो आन्दोलन जारी छ। जहिलेसम्म माग पूरा हुँदैन, त्यतिन्जेलसम्म हाम्रो अडान जारी नै रहन्छ।’

जब प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले सत्तापक्षीय दलहरू कांग्रेस र एमालेसँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर संसद् खुलायो, त्यसयता नै सभामुख देवराज घिमिरेले ‘पेलेरै’ संसद् बैठक अगाडि बढाउने गरेका छन्। त्यसको आलोचनासमेत हुने गरेको छ तर, सभामुख घिमिरे रोकिएका छैनन् र रोकिनेवाला पनि देखिँदैनन्। प्रधानमन्त्री केपी शर्मा ओली,‘वेटिङ’ प्रधानमन्त्री शेरबहादुर देउवासँगै कांग्रेस-एमालेका अन्य नेताहरूले पनि त्यसलाई ‘हुँदैन’ भनेका छैनन्। यसर्थ, सभामुख घिमिरेले रोकिनुपर्छ भनेर सोचेका छैनन्।

संसद्‌भित्र रास्वपा सांसदका आसन।
यता प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, अर्को प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले पनि रास्वपासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि विश्वासमा लिएर संसद् बैठक सञ्चालन गर्नुपर्ने संसद्‌भित्रै बताइरहेका छन्। तर, त्यो हुन सकेको छैन। संसद्को पाँचौँ ठूलो दल राप्रपाले बैठक बहिष्कार गरेको आज तीन दिन भयो। तर, सभामुख घिमिरे त्यसका प्रति गम्भीर देखिँदैनन्। तर, संसद्‌भित्रै रास्वपा र राप्रपालाई मनाएर बैठक सञ्चालन गरिनुपर्ने आवाज उठिरहन्छ।

माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले यी दलहरूसँग पनि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। आफ्नो पार्टीसँग भएको सहमतिको दृष्टान्त दिँदै उनले समिति चाँडै बन्नुपर्ने पनि बताएका छन्। यस्तै एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले पनि यी दुई दललाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन्। चौथो (रास्वपा) र पाँचौँ (राप्रपा) दललाई यतिकै छाडेर बैठक बसिरहँदा राम्रो संस्कार नबन्ने चिन्ता जोशीले व्यक्त गरे।

‘आन्दोलन जारी छ’ भन्दै संसद्को लबीमा बस्दै आएका रास्वपा सांसदहरू कोही योगा गरेर बस्छन्, कोही पढेर बस्छन् त कोही घरीघरी निदाउँछन् पनि। मन्त्रीहरूसँग उनीहरूको हेराहेर हुन्छ तर, उनीहरूलाई चाहिएको सहमति हुँदैन। रास्वपा आफ्नो पार्टी सभापति रवि लामिछानेमाथि जस्तो खाले छानबिन समिति बनेको थियो, गृहमन्त्री लेखकमाथि पनि त्यस्तै खालको समिति बनोस् भन्ने चाहन्छ। तर, सकार रास्वपा आफैँ गलेर उठ्छ भन्ठान्छ। यस्तै आ-आफ्नो अडानका कारणले संसद्‌मा नयाँ-नयाँ दृश्य देखिँदै आएको छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइमा संसद् हिजोआज 'आवारा' बनिरहेको छ। अब कहिलेसम्म संसद् आवारा नै बनिरहन्छ, रास्वपाको अडान जित्छ कि सरकारको अटेरीपन, हेर्न बाँकी नै छ। तर, रास्वा सांसदहरूले आसन छाडेर पनि अडान भने छाडेका छैनन्।
अर्को समाचार
रविको पक्षमा पूर्वमन्त्री पाण्डेले गरे हस्ताक्षर
०९ साउन २०८२
•
१ मिनेट पाठ
रविको पक्षमा पूर्वमन्त्री पाण्डेले गरे हस्ताक्षर
पूर्वमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।




रवि लामिछाने नेतृत्वको रास्वपाले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। अभियानअन्तर्गत शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले अभियानमा हस्ताक्षर गरेका हुन्।  

राजाले शासनसत्ता कब्जा गरेका समय पाण्डे परराष्ट्रमन्त्री बनेक थिए । उनी पूर्वपत्रकार र कुटनीतिज्ञ पनि हुन् ।  

पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने अहिले भैरहवा कारागारमा छन् । रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।  

पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।

अभियानमा हिजो बिहीबारसम्म साढे २७ लाखबढी हस्ताक्षर संकलन भएको दाबी रास्वपाले गरेको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाले सङ्कलन गर्‍यो ५५ लाखभन्दा बढी चन्दा
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
यो पनि पढौँ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस