कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले एचआइभी संक्रमितहरूलाई दातृ निकायले दिँदै आएको सहयोग रोकिए सरकारले उपलब्ध गराउने बताएका छन् ।
बिहीबार राष्ट्रिय मानवअधिकार आयोगले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशका एचआइभी संक्रमितहरूको मानवअधिकार अवस्था सम्बन्धी नीति संवाद कार्यक्रममा मन्त्री राईले दातृ निकायले सहयोग रोके सरकारले बजेट उपलब्ध गराउने बताएका हुन् ।
मन्त्री राईले भने 'एचआइभी संक्रमितका लागि दातृ निकायले दिंदै आएको सहयोग रोकिएको अवस्थामा प्रदेश सरकार र संघ सरकारले एचआइभी संक्रमितको उपचार र अस्थायी साधन प्रयोगका लागि बजेट उपलब्ध गराउने स्पष्ट पारे । उनले भने, ‘दातृ निकायले एचआइभी संक्रमितको औषधि उपचार र अस्थायी साधन प्रयोगका लागि बजेट नदिए प्रदेश र संघ सरकारले आबश्यक बजेट उपलब्ध गराउँछ ।’
मन्त्री राईले एचआइभी संक्रमितको मानवअधिकारको रक्षा गर्न प्रदेश सरकार तयार रहेकाले के–कस्तो नीतिगत व्यवस्था र बजेट आवश्यक पर्छ त्यसका विषयमा सरकारलाई सुझाव दिन सरोकारवालाहरूलाई आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले एचआइभी संक्रमितका लागि युएसएडले सहयोग रोकेपछि औषधि उपचारमा समस्या हुन थालेको गुनासो गरेका थिए ।
कार्यक्रममा मानवअधिकार अधिकृत लक्ष्मी पौडेलले कार्यपत्र प्रस्तुत गर्दै हाल नेपालमा दैनिक एक जना नयाँ एच आइभी संक्रिमित फेला परिरहेको बताइन् । कोशी प्रदेशमा सक्रिय संक्रमितको संख्या २ सय ८३ जना रहेको उनले जानकारी दिइन् ।