३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके। कर्णालीका तमाम समस्याको पोको बोकेर काठमाडौं आएका उनले सोचेका थिए, देशका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली भेटुँला, कर्णालीका दु:खबारे सुनाउँला र एकछिन सुस्केरा फेरूँला। तर, अफसोस्; उनले प्रधानमन्त्री ओलीलाई भेट्नै पाएनन्।
काठमाडौं आइपुग्दासम्म प्रधानमन्त्री ओलीले नवराजलाई भेट्दिनँ भनेका थिएनन्। कलङ्कीबाट सिधै सिंहदरबार तेर्सिएका उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नै छिरेका पनि हुन्। प्रधानमन्त्री ओलीलाई नपर्खेका पनि होइनन् तर, अन्तिममा भेट्नै पाएनन्। प्रधानमन्त्री ओलीको सचिवालय कक्षसम्म पुगेका उनले प्रधानमन्त्री नभेटिकनै फर्किनुपर्यो। उनले प्रधानमन्त्री ओलीको समय पर्खिरहे तर, अन्तिममा भनियो— प्रधानमन्त्रीज्यू त बाहिरिसक्नुभयो।
नवराज बोहरा र उनका पैताला।अब बल्ल नवराजलाई थाहा भयो, अब भेट नहुने भयो। यसमा उनी स्वयम् प्रधानमन्त्री ओलीको कमजोरी औँल्याउँदैनन्। उनलाई लागेको छ, प्रधानमन्त्री ओलीकै वरिपरि रहेका मान्छेहरूले आफूलाई भेटाइदिएनन्। उनी भन्छन्, ‘मलाई भेट्ने र नभेटाउने समूह रहेछ त्यहाँ। हाम्रै क्षेत्रका नेताहरूले भेट्न दिएनन्। एमालेकै मान्छेहरूले भेट्न दिएनन्।’
प्रधानमन्त्री ओलीसँग भेट नभए पनि प्रधानमन्त्री ओलीले नै पठाएको भनी उनलाई एक जोर गोल्डस्टार जुता दिइयो। जुन जुत्ता उनैले रोजेका थिए। ‘राति ९/१० बजेसम्म पनि जुत्ताको साइज मैले नै भनेको थिएँ। गोल्डस्टार नेपाली ब्रान्ड भएकाले त्यो रोजेको थिएँ, साइज पनि मैले नै भनेको थिएँ। तर, भेटचाहिँ भएन,’ उनी भन्छन्।
प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेलबाट गोल्डस्टार जुत्ता ग्रहण गर्दै नवराज। नवराज प्रधानमन्त्री ओलीलाई भेटेरै छाड्ने बताउँछन्। असार ४ गत भेट्न नपाए पनि आफू सौहार्दपूर्ण रूपमै प्रस्तुत भइरहेको बताउँदै उनी भन्छन्, ‘अहिले पनि मैले केही भनेको, गरेको छैन। अझै भेट्न सक्छु नि। कर्णालीले जुन आशा गरेको छ, मैले त भेट्नुपर्यो नि। यतिकै बसिरहेको छु, म माइतीघर जान्नँ, कालोपट्टी लगाउँदिनँ। म पर्खिरहेको छु। प्रधानमन्त्री फोन कुरिरहेको छु। कर्णालीका १५ लाख जनताको कुरा हो।’
उसो त नवराजलाई नभेटेपछि प्रधानमन्त्री ओलीको आलोचनासमेत भएको छ। भ्रष्टाचार, अनियमितताविरुद्ध वर्षौँदेखि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएर समग्र समाजको विकासका लागि लडिरहेका नवराजलाई नभेट्दा प्रधानमन्त्री ओलीका प्रति खासगरी सामाजिक सञ्जालहरूमा आलोचना हुने गरेको छ।
अंशुवर्मा र मिस पविसँग भेटेका प्रधानमन्त्री केपी शर्मा ओली।त्यसो त प्रधानमन्त्री ओलीले यसअघि टिकटकरद्वय अंशुवर्मा र मिस पविलाई भटेका थिए। गत वर्षको माघ २४ अंशुवर्मा र मिस पविलाई भेटेका प्रधानमन्त्री ओलीले कन्टेन्ट क्रियटर भन्दै उनीहरूको प्रशंसासमेत गरेका थिए। तर, अहिले आएर नवराजलाई नभेट्दा प्रधानमन्त्री ओली त्यही कुराका कारण दपेटिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...