सात मधेसकेन्द्रित दल सम्मिलित सङ्घीय लोकतान्त्रिक मोर्चा रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको तयारीमा जुटेको छ। सात दलको तर्फबाट साझा उम्मेदवार तय गर्ने गरी मोर्चाले छलफल अगाडि बढाएको छ।
मोर्चाले बिहीबार (आज) यसमाथिको छलफलको प्रारम्भ गरेको छ। तर, निर्णय भने गरिसकेको छैन। यसमाथि थप छलफल गर्दै जाने र साझा उम्मेदवार तय गर्ने प्रयत्न गरिने मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए।
‘मोर्चाका तर्फबाट हामीले साझा उम्मेदवार चयनको प्रयास गर्नेछौँ। त्यसका लागि आवश्यकताअनुसार उपयुक्त समयमा छलफल गर्नेछौँ। आज पनि त्यसका लागि छलफल गरेका थियौँ,’ नेता झाले भने, 'अब निरन्तर छलफल गर्दै जानेछौँ।'
आजको बैठकमा उक्त अजेन्डा सेट गरिएको छ। त्यस क्रममा सबै दलका नेताहरूले उक्त अजेन्डालाई स्वागत गरेका छन्। सँगै दलहरूले आकाङ्क्षासमेत व्यक्त गरेका छन्। आकाङ्क्षा व्यक्त गर्ने दलहरूमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी छन्। आज आकाङ्क्षी-पार्टी बुझ्ने काम भएको नेताहरूले बताएका छन्। अब यसमाथि थप छलफल गर्दै जाने नेताहरूले बताएका छन्।
असार १२ गते बसेको मोर्चाको बैठक।मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, डा. चन्द्रकान्त राउत राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषलाल नेतृत्वको तराई-मधेस लोकतान्त्रिक पार्टी छन्।
आजको बैठकमा पनि तत्तत् नेताहरू उपस्थित थिए। उनीहरूले साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जनाएका छन्। तर, दाबेदारी भने मुख्यत: चार दलहरूले प्रस्तुत गरेका छन्। जसमध्ये गएको निर्वाचनमा समानुपातिकतर्फ नागरिक उन्मुक्ति पार्टीले ६ हजार १०, जनता समाजवादी पार्टी नेपालले ५ हजार २९१, लोकतान्त्रिक समाजवादी पार्टीले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए।
मधेसकेन्द्रित सात दलसम्बद्ध सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देही-३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय गरेको छ।
मङ्गलबार (आज) बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाको एक घटक राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले जानकारी दिए। 'मोर्चाबाट नागरिक उन्मुक्तिको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय भएको छ। अब नागरिक उन्मुक्तिले कसलाई उम्मेदवार बनाउँछ, ऊ हाम्रो साझा उम्मेदवार हुन्छ,' उनले भने।
आजको बैठकमा मोर्चाको अर्को घटक जनमत पार्टी भने सहभागी थिएन। किन सहभागी भएन भन्नेबारे आफूहरू जानकार नभएको झाले बताए। 'जनमत पार्टी आएन, किन आएन, हामीलाई थाहा छैन। नआएपछि त के गर्ने त अब,' उनले भने।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...