पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चलचित्र विधेयक निकै महत्त्वपूर्ण विषय रहेको बताएका छन्। शुक्रबार (आज) पार्टी कार्यालय पेरिस डाँडामा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी सङ्घ तथा अन्य सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएका हुन्।
राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा उल्लेख गर्दै उनले भने, 'म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्त्व दिँदै आएको छु,' उनले भने। चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने उनले बताए। 'कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्। चलचित्र कालजयी पनि हुन्छन्,” उनले भने।
उनले विधयेकका लागि चलचित्र क्षेत्रमा कार्यरत व्यक्तिहरूका सुझावलाई महत्त्वपूर्ण हुने पनि बताए। 'तपाईंहरूको सुझावलाई ग्रहण गर्नुपर्छ। यसले विधेयकलाई सशक्त बनाउँछ,' उनले भने। उनले चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने विश्वास दिलाए।