नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यस अवसरमा मदन भण्डारी फाउन्डेशनले काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम जारी छ। कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत शीर्ष नेताहरू सहभागी छन्।
पछिल्लो समय नेकपा (एमाले) वृत्तमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई लिएर चर्चा चलिरहेको छ। यही चर्चाका बीच अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी एउटै मञ्चमा देखिएका छन्।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत अन्य नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको छ।
हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारलाई अध्यादेश फिर्ता लिन, संसद्को अधिवेशन बोलाउन र संवैधानिक संस्थाको मर्यादा कायम राख्न आग्रह गरेका हुन्।
पौडेलले सरकार गठनको सुरुवाती कमजोरीलाई अनुभवको कमीका रूपमा लिएर कांग्रेसले संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको कार्यशैली र नेतृत्वको सोचमाथि प्रश्न उठेको उनको भनाइ थियो। संसद्लाई छल्ने, संसदीय समितिप्रति जवाफदेही नहुने र अध्यादेशमार्फत शासन चलाउन खोज्ने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
बैठकले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ गतेका घटनासँग जोडिएका विषयमा पर्याप्त छलफल नगरी ल्याइएका अध्यादेश फिर्ता लिन र संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ। त्यस्तै, विभिन्न प्रकरणमा राज्य शक्तिको दुरुपयोग र राजनीतिक हस्तक्षेप भएको भन्दै निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्नुपर्ने निर्णय गरेको पौडेलले बताए।
कांग्रेसले अर्थतन्त्र कमजोर हुँदै गएको, महँगी बढेको र नागरिकको जनजीविका कठिन बनेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। निजी क्षेत्रको विश्वास फर्काउन, लगानीको वातावरण बनाउन तथा किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उसको माग छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई कांग्रेसले सकारात्मक माने पनि सीमा विवादलगायतका महत्त्वपूर्ण विषय उठाउन नसकेको भन्दै प्रश्न गरेको छ। भैरहवा हुँदै दुईतर्फी हवाई मार्ग सञ्चालन गर्ने सहमति र भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई भने स्वागत गरेको पौडेलले जानकारी दिए।
बैठकले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी क्षेत्रका बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणका लागि पहल गर्नुपर्ने निर्णय गरेको छ। सुकुमबासी तथा भूमिहीनलाई वैकल्पिक व्यवस्था नगरी हटाउने काम रोक्न र उनीहरूको व्यवस्थापन मानवीय ढंगले गर्न पनि कांग्रेसले माग गरेको छ।
त्यस्तै, पार्टीको नाम, झण्डा, लेटरप्याड र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बैठकले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायतका समिति गठनका लागि सभापतिलाई अधिकार प्रत्यायोजन गरेको छ।
कांग्रेसले लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान स्थापना गर्ने र लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति ऐक्यबद्धता जनाउने निर्णय पनि गरेको छ। साथै, सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ परिमार्जनसहित पारित गरेको छ।
किसानका समस्या समाधान र उत्पादनको उचित मूल्य निर्धारण गर्नुपर्ने विषयलाई पनि बैठकले निर्णयमा समेटेको पौडेलले बताए। कांग्रेसले सरकारका कामकारबाहीमाथि संसद् र सार्वजनिक मञ्चबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने जनाएको छ।
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...