अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’
१७ असार २०८२
•
२ मिनेट पाठ
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री: ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विकसित राष्ट्रहरूसँग स्रोत र साधनको कमी नभएको तर अति कम विकसित राष्ट्रहरूलाई सहयोग गर्ने राजनीतिक इच्छाशक्तिमा भने अभाव रहेको बताएका छन्।




मंगलबार संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित ‘विकास सहायतामा नयाँ सोच’ सम्बन्धी उच्चस्तरीय छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘एकपछि अर्को संकटले हाम्रो अर्थतन्त्रलाई हल्लाएको छ। द्वन्द्व र जलवायु संकटले वर्षौंको प्रगतिलाई उल्टाइदिएको छ। हामीले दिगो विकास लक्ष्यमा गरेको मिहिनेत खेर गइरहेको छ।’

प्रधानमन्त्री ओलीले अति कम विकसित राष्ट्रहरूले भोग्नुपरेका चुनौतीहरूको चित्रण गर्दै भने, ‘गरिबी झनै व्यापक छ, भोकमरि बढिरहेको छ, हाम्रा बालबालिका कुपोषणले ग्रस्त छन्। हामीलाई सबैभन्दा बढी आवश्यकता परेको बेला सहायता सुक्दै गएको छ।’

उनले ऋणको बोझले थिचिएका राष्ट्रहरूले स्वास्थ्य र शिक्षामा भन्दा बढी ऋणको सावाँ-ब्याज भुक्तानीमा खर्च गर्नुपर्ने दुःखद अवस्था रहेको बताए। ‘यो केवल वित्तीय संकट होइन, यो एक मानवीय संकट हो,’ उनले जोड दिए।

जलवायु परिवर्तनको असरबारे बोल्दै प्रधानमन्त्री ओलीले जलवायु अन्यायले सबैभन्दा बढी मार अति कम विकसित राष्ट्रहरूलाई पारेको उल्लेख गरे।

‘हामीले रोकथामका लागि पाउने सहयोगभन्दा बढी खर्च पुनरुत्थानमा गरिरहेका छौं। के हामीलाई वाचा गरिएको जलवायु न्याय यही हो ?’ उनले प्रश्न गरे।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले विश्वव्यापी वित्तीय संकटको मूल कारण औंल्याउँदै भने, ‘हामीलाई थाहा छ, विश्वसँग पैसाको अभाव छैन। मात्र राजनीतिक इच्छाशक्तिको अभाव छ।’

सम्मेलनले पारित गरेको ‘कम्प्रोमिसो डे सेभिया’ (सेभिया प्रतिबद्धता) ले आशाको किरण देखाएको बताउँदै उनले यसलाई कार्यान्वयन गर्न विकास साझेदारहरूलाई आग्रह गरे।

‘अब यो प्रतिबद्धतालाई वास्तविक कार्यमा अनुवाद गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ उनले भने, ‘आउनुहोस्, सेभियाबाट प्राप्त गतिलाई दोहा कार्ययोजना र सन् २०३० को एजेन्डा साकार पार्न प्रयोग गरौं।’

नेपाल र जाम्बियाले अति कम विकसित राष्ट्रहरूको तर्फबाट सह-सहजकर्ताको भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले सेभिया प्रतिबद्धतालाई पूर्ण र इमान्दारीपूर्वक सम्मान गर्न विकास साझेदारहरूलाई आग्रह गरे।

उनले सही वित्त व्यवस्थापनमार्फत गरिबीसँग लड्न, क्षमता निर्माण गर्न र दिगो अवसरहरू सिर्जना गर्न सकिने विश्वास व्यक्त गरे।

‘हामी सबै मिलेर तत्काल, साहसिक र इमान्दारीपूर्वक काम गरौं। हाम्रा जनताले चाहेको भविष्य प्रदान गरौं,’ उनले भने।
अर्को समाचार
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
०७ साउन २०८२
•
१ मिनेट पाठ
पुष्पलालप्रति उच्च सम्मान: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन्।




प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

“आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली १”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन्।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन्। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ ९कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८० को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापना भएको हो। पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए। उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस