केसीको देउवालाई प्रश्न: ‘समयमै हुने महाधिवेशन’ को मिति कुन हो?
१९ असार २०८२
•
१ मिनेट पाठ
केसीको देउवालाई प्रश्न: ‘समयमै हुने महाधिवेशन’ को मिति कुन हो?
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मितिबारे लामो समयदेखि चर्चा परिचर्चा भइरहेको छ। यस क्रममा केही दिनअघि चितवन पुगेका बेला सभापति शेरबहादुर देउवाले महाधिवेशनको मितिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ‘समयमै हुने’ भन्दै प्रतिक्रिया दिएका थिए। 




देउवाले ‘समयमै’ भनेपछि कांग्रेस नेता कार्यकर्ता वृत्तमा त्यो समय कहिले हो? भन्ने अर्को चासोको विषय बनेको छ। 

यस क्रममा चार दिनदेखि चलिरहेको कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि यो प्रश्न उठेको छ। बिहीबार पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले सभापति देउवासमक्ष यो प्रश्न प्रस्तुत गरेका छन्। 

‘बारम्बार केन्द्रीय कार्यसमिति तथा सार्वजनिक रूपबाट समयमै महाधिवेशन हुने अभिव्यक्ति सभापतिजीले दिँदै आउनु भएको छ,’ पार्टी बैठकमा १७ बुँदे धारणा राख्दै केसीले भने, ‘त्यो भनिएको समय कहिले हो? त्यो समय २०८२ मंसिरभित्र हो कि २०८३ मंसिर हो ? वा देशको संविधानले दिएको ६ महिना र विशेष परिस्थिति पनि कुर्ने हो?’ 

यदि त्यसो भए ‘स्थानीय निर्वाचनको मुखैमा पार्टीको महाधिवेशन गर्दा त्यसको परिणाम के होला? के यो सम्भव छ?’ भन्दै उनले अर्को प्रश्न गरे। ‘कहिलेकहीँ निर्वाचनपछि महाधिवेशन गर्ने कुरा पनि उठ्छ। त्यो त संविधान र कानुनी रूपबाट सम्भवै छैन,’ उनले भने। यस्तो गर्दा पार्टीको वैधानिकतामाथि नै संकट आइपर्ने हेक्का राख्नुपर्ने जरुरी रहेको उनले बताए। 

‘तसर्थ २०८२ मङ्सिरभित्रै महाधिवेशन सम्पन्न होस्। त्यसको निश्चित तिथि यही बैठकबाट तोकिनु अनिवार्य भएको छ’, केसीले भने।
अर्को समाचार
देउवाको ‘चितवन चिन्ता’मा केसीको साथ: भने–यो सामूहिक चिन्ता हुनुपर्छ
१९ असार २०८२
•
२ मिनेट पाठ
देउवाको ‘चितवन चिन्ता’मा केसीको साथ: भने–यो सामूहिक चिन्ता हुनुपर्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि चितवनमा पहिलो पटक आफू ‘रिटायर्ड हुन लागेको’ भन्दै अभिव्यक्ति दिँदा पार्टीलाई एक ढिक्का बनाएर जाने चाहना रहेको भन्दै अभिव्यक्ति गरेका थिए। त्यसयता कांग्रेसको आन्तरिक राजनीतिमा यसको व्यापक चर्चा परिचर्चा भइरहेको छ। 




असार १३ गते पुरानी कांग्रेस नेतृ गौरीदेवी प्रधानको निधनमा आयोजित  श्रद्धाञ्जली सभामा देउवाले पहिलो पटक आफ्नो रिटायर्डमेन्टबारे बोलेका थिए। 

‘मेरो त अब रिटायर्ड  एजमा भइसक्या छु, अरू के छ र!,’ देउवाले भनेका थिए, ‘तर यो पार्टीको कारणले म प्रधानमन्त्री भएँ, म यो पार्टीको कारणले पार्टी सभापति पनि भएँ। त्यसै कारण यो पार्टीलाई अझैँ राम्रो–बलियो बनाउनुबाहेक मेरो अर्को उद्देश्य छैन। त्यस कारण यो पार्टीलाई एक बनाउनु छ।’ 

देउवाले यो कुरा भन्नु पूर्व पृष्ठभूमिमा कांग्रेसभित्र एकता हुन नसकेको, चुनावमा कांग्रेसले नै कांग्रेस उम्मेदवारलाई हराउने गरेको प्रसङ्ग बोलेका थिए। 

‘अहिलेको संविधान धेरै राम्रो संविधान छ, समावेशी छ, समानुपातिक छ । सब्बै जातिहरूको प्रतिनिधित्व हुन्छ। तर कुनै पार्टीको बहुमत आउन गाह्रो छ हेर्नुस् । एक्लै कुनै पार्टीको पनि बहुमत ल्याउनु धेरै गाह्रो छ। फेरि हाम्रो पार्टीमा रोग अलिअलि छँदै छ, एक अर्कालाई हराऊ भन्ने रोग,’ देउवाले भनेका थिए। 

देउवाको यो चिन्ताबारे चारदेखि जारी केन्द्रीय समिति बैठकमा पनि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। 

यस क्रममा बिहीबार धारणा राखेका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले पनि देउवाको त्यो ‘चितवन चिन्ता’लाई साथ दिएका छन्। ‘पार्टी र सरकारको सम्बन्ध जीवन्त बनाउन सभापतिजीले हालै चितवनमा जुन चिन्ता व्यक्त गर्नुभएको छ, त्यो हामी सबैको सामूहिक चिन्ता हुनुपर्छ,’ केसीले भने, ‘तदनुसार व्यापक एकता र विधिसंगत ढङ्गले पार्टी सञ्चालन गर्ने प्रक्रियामा सभापतिज्यूलाई पूर्ण सहयोग हुने विश्वास दिलाउन चाहन्छु।’ 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस