गगनको प्रतिरक्षा गर्दै अजयबाबुः मोहन बस्नेतको अभिव्यक्ति द्रौपदी चीरहरणजस्तो
१९ असार २०८२
•
४ मिनेट पाठ
गगनको प्रतिरक्षा गर्दै अजयबाबुः मोहन बस्नेतको अभिव्यक्ति द्रौपदी चीरहरणजस्तो
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधवार केन्द्रीय सदस्य मोहन बस्नेतले दिएको अभिव्यक्तिपछि आरोप–प्रत्यारोप स्थिति सिर्जना भएको छ। बस्नेतले बुधवार आफूमाथि टेरामक्स प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा कांग्रेस महामन्त्री गगन थापाकै कारण भएको आरोप लगाएका थिए। उनले गगनले संसद्भित्र र बाहिर टेरामक्सको विषय उछालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन गराउन र अभियोजन गराउन प्रेरित गरेको अरोप लगाएका थिए। 




‘गगन जी तपाईँ सबै नेतालाई समाउन लगाउनुस्, अनि तपाईँको के हुन्छ?,’ भन्दै बस्नेतले नेपालमा कोही पनि चोखो नभएको दाबी गर्दै नेपालको राजनीति पाकिस्तानको मोडलमा गएको टिप्पणी गरेका थिए। 

बस्नेतले दिएको त्यो अभिव्यक्तिको साँझ गगनले छोटो प्रतिक्रिया दिँदै ‘फोहोरमा ढुंगा हानेर फोहोर बन्दिनँ’ भनेका थिए। 

यही विषयमा बिहीबारको केन्द्रीय समिति बैठकमा गगननिकट केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले बस्नेतको अभिव्यक्तिको प्रतिवाद गरेका छन्। 

अजय बाबुले केके भने?

अजय बाबुले अवसर पाउँदा नागरिकको भरोसा जित्नुको साटो बेलगाम हात्ती भएर हिँड्दा नागरिकले आरती गरेर नबस्ने भन्दै बस्नेतलाई कटाक्ष गरे। 

‘कांग्रेसको नेता कतै आरोपित हुँदा, अख्तियार र अदालतमा बयान दिन पुग्दा,  भ्रष्टाचारमा डामिदा तपाई हामीहरू भन्दा गाउँघरमा कांग्रेसको नाममा दियो बालेर कांग्रेसलाई बचाइरहेका कार्यकर्ता र मतदाताको शिर कति निहुरिन्छ भन्ने हेक्का हामीले राखेका छौँ ?,’ अजय बाबुले प्रश्न गरे, ‘तपाईँ हामी जस्ता नेता कार्यकर्ताले लिएको निर्णय वा व्यवहार गलत हुँदा तपाई हामी भन्दा बढी रक्षात्मक कांग्रेसका तिनै मतदाता र कार्यकर्ता भइरहेका छन्।’ उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’ जस्तो भएपछि अहिले कांग्रेसका समर्थकले नै कांग्रेसलाई गाली गरिरहेको दाबी गरे। ‘के यसको जानकारी हामीहरूले राखेका छौँ?,’ उनले प्रश्न गरे। 

अजय बाबुले गत वर्ष सिन्धुपाल्चोक कांग्रेस कार्यालयको भवन उद्घाटनको प्रसंग पनि बैठकमा सुनाए।  ‘सभापति ज्यु, गत वर्ष २०८१ मंसिर ३ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले आफ्नो कार्यालय भवन उद्घाटन ग¥यो। तर सो दिन सोही जिल्लाका नेता कार्यक्रम बहिष्कार गरेर हुल बाँधेर दोलखातिर बरालिँदै चौताराको कार्यक्रममा नजान सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरूलाई उर्दी जारी गरिरहनुभएको थियो,’ उनले भने, ‘महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाभरका नेता कार्यकर्ता उर्दीको अवज्ञा गर्दै उत्साहजनक रूपमा सहभागी भए ।’

‘कोही मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो ?’ भन्दै उनले प्रश्न गरे। 

भ्रष्टाचारको मुद्दा लागेर संसद् पदसमेत निलम्बनमा परेको व्यक्तिले पार्टीको भूमिकाबाट अलग बस्नुको साटो पार्टीका जिम्मेवार पदाधिकारीविरुद्ध विष बमन गर्नु अनैतिक भएको पनि अजय बाबुले बताए। उनले भने, ‘यहाँ भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साटो उल्टै केन्द्रीय समितिमा थप समय लिएर गठबन्धन सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री र स्वयं पार्टी सभापति, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीहरू र विशेषगरी पार्टीका महामन्त्री विरुद्ध बिष वमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौ ?’

बुधवारको बैठकलाई अजय बाबुले महाभारतको द्रौपदी चीरहरणसँग पनि जोडे। ‘बुधवारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झैँ थियो,’ उनले भने, ‘महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धूलिसाथ बनाउँदै चरित्रहत्या गरिएको थियो।’ धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै बैठकमा केन्द्रीय सदस्यहरू ‘एक आरोपित’सँग लाचार भएको उनले टिप्पणी गरे। 

‘भोलि फेरि कोही उठेर सभापति ज्यूविरुद्ध बुधवारको बैठकमा जस्तै बिष वमन गरे के हुन्छ ?,’ उनले प्रश्न गरे,‘यसै गरी पार्टी अर्डरमा रहन्छ ? मियो बिनाको दाइ जस्तै गरेर पार्टी चल्छ ? बाहुबलले मात्र पार्टी चल्छ ?’ 

अजय बाबुले सभापति शेरबहादुर देउवाकै सामुन्ने बस्नेतले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै ‘त्यसलाई टुलुटुलु सहेर बस्नुपर्ने हो ?’ भन्दै प्रश्न गरे। ‘ठुला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मलययुद्धको मैदान बनाउन खोजिरहेका हौँ ?’ उनले अगाडि भने।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस