अध्यक्ष राउतका सहोदर दाइ उपाध्यक्ष बनाइएपछि जनमतमा चर्कियो विवाद
१९ असार २०८२
•
२ मिनेट पाठ
अध्यक्ष राउतका सहोदर दाइ उपाध्यक्ष बनाइएपछि जनमतमा चर्कियो विवाद
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीभित्र विवाद एकपछि अर्को हुँदै झाङ्गिँदै गएको छ। पछिल्लो संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बनेसँगै मूलधारको राजनीतिमा होमिएको जनमतभित्र अहिले अनेकन् खालका विवादहरू छन्।




मधेसकेन्द्रित यो पार्टीलाई जनतासँग गरेको बाचा भुल्दै गएको आरोप त लाग्ने गरेकै छ, सँगैमा पार्टीलाई ‘पारिवारिक दाउ’मा पार्न खोजिएको आरोप पनि सुरु भएको छ। खासगरी पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतका सहोदर दाइ डा. जयकान्त राउत उपाध्यक्ष मनोनीत गरिएसँगै यो आरोप सुरु भएको हो।

जनमतले गत असार १७ गते जयकान्तसहित दानबहादुर चौधरीलाई पनि पार्टीको उपाध्यक्ष मनोनीत गरेको छ, अहिले यसको आलोचना भइरहेको छ। पार्टीकै नेता दीपक कुमार साहले पार्टीको यो निर्णयलाई ‘पारिवारिक सदस्यहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा उकास्ने प्रवृत्ति’ भनेका छन्। यसले पार्टीलाई नै गम्भीर क्षति पुर्‍याउने साहको जिकिर छ।

‘२०७७ सालमा श्रीमती बबिता कुमारी राउतलाई उपाध्यक्ष पदमा मनोनयन गरी प्रदेश सभाको उपसभामुख बनाउने निर्णयबाट सुरु भएको पारिवारिक प्राथमिकताको क्रम अहिले पुनः अध्यक्षज्यूका दाजु डा. जयकान्त राउतलाई राष्ट्रिय उपाध्यक्ष बनाइएसँगै झन् प्रष्ट भएको छ,’ साहले भनेका छन्, ‘विगतमा उहाँलाई सांसदको उम्मेदवार, योजना आयोगको सदस्य, राष्ट्रिय परिषद्को अध्यक्षर सङ्गठन विभागको प्रमुखजस्ता पदहरूमा क्रमशः जिम्मेवारी दिइएको थियो। यसले सङ्गठनभित्र गहिरो असन्तुलन, पात्रको उपेक्षा र कार्यकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको छ।‘

पार्टी स्थापनार्थ सङ्घर्ष र योगदान गर्नेहरूलाई भुलेर ‘परिवारवाद’लाई संस्थागत गर्ने काम भइरहेको आरोप साहको छ। '१४ वर्ष लामो सङ्घर्षपछि पनि कुनै गैरपारिवारिक पात्रले सङ्गठन विभाग प्रमुखजस्तो महत्त्वपूर्ण जिम्मेवारी नपाउनु, र अध्यक्षका दाजुलाई एकसाथ तीन-तीन पदमा नियुक्त गर्नुले नेतृत्व शैलीमाथि गम्भीर समीक्षा आवश्यक बनाएको छ,’ साहले भनेका छन्।

जयकान्तले उपाध्यक्षसँगसँगै सङ्गठन विभाग प्रमुख र सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पनि पाएका छन्। पार्टी निर्माणमा डेढ दशकसम्म योगदान गर्नेहरूलाई बेवास्ता गरेर पारिवारिक सदस्यहरूलाई यसरी अवसर दिँदा पार्टीलाई गम्भीर क्षति हुने साहले बताएका छन्।

त्यसो त जनमतभित्र यस्ता अन्य धेरै विवादहरू छन्। अध्यक्ष राउतले मोटो रकम लिएर समानुपातिक सांसद बनाएको, सांसद गोमा लाभ सापकोटा निलम्बन गर्न खोजेको, कुनै ठूलो कारण बिना पार्टीका नेताहरूलाई कारबाही गरेको, मुद्दा लगाएको, पार्टीको निर्णयविपरीत घर-जग्गा जोडेकोलगायतका विवादहरू अहिले पनि छँदैछन्। अहिले फेरि पारिवारिक सदस्यहरूलाई पार्टीको मुख्य नेतृत्वमा पुर्‍याउन खोजिएको आरोप र विवाद सुरु भएको छ।
अर्को समाचार
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
३० असार २०८२
•
१ मिनेट पाठ
सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन्। सोमबार (आज) रास्वपा मुख्यालय वनस्थली च:मति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्।




हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर लामिछानेको पक्षमा हस्ताक्षर नगरेको प्रष्ट्याए। ''हामी पनि न्यायका लागि लड्दै आएका हौँ। यो हस्ताक्षर हौसिएर गरेका होइनौँ,' उनले भने, 'बुझेरै हस्ताक्षर गरेका हौँ।'

लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।

अरु राजनीतिक पार्टीका नेताहरूले हस्ताक्षर नगरिरहेको सन्दर्भमा राउतले भने हस्ताक्षर गरेका हुन्।
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस