एमाले बहुमतीयमा 'असहयोगी' हुने सम्भावना
२१ असार २०६७
•
५ मिनेट पाठ
एमाले बहुमतीयमा 'असहयोगी' हुने सम्भावना
काठमाडौं, असार २२ (नागरिक)- एमालेले राष्ट्रिय सहमतीय सरकारको प्रस्तावमा सहमति नभए बहुमतीय सरकारमा कुनै पनि दललाई सहयोग नगर्ने सम्भावना छ। मंगलबार सुरु हुने केन्द्रीय कमिटीको बैठकमा पार्टीले यस्तो प्रस्ताव पारित लैजाने तयारी गरेको केन्द्रीय सदस्य योगेश भट्टराईले बताए।
बहुमतीय सरकारका दुई कार्यकाल पूरै असफल भएको निष्कर्षसहित एमालेले सहमतीय सरकारको प्रस्ताव अघि सार्ने उनको भनाइ छ।

'सामान्य बहुमतमा बन्ने माओवादी, कांग्रेस, एमालेकै नेतृत्वमा भए पनि पार्टी सहयोग नगर्ने प्रस्ताव पारितको तयारी भएको छ,' खनालनिकट केन्द्रीय सदस्य भट्टराईले नागरिकसँग भने।

एमालेको प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामापछि उत्पन्न राजनीतिक घटनाक्रमको समीक्षा बैठक मंगलबार बस्दैछ।

बहुमतीय सरकारमा सहभागी हुनु गलत हुने निष्कर्षसहित सहमतीय राष्ट्रिय सरकारको प्रस्तावको एजेन्डा अध्यक्ष झलनाथ खनालले बैठकमा पेस गर्ने स्रोतले बताएको छ। खनाल प्रतिवेदन संक्षिप्त हुने भएकाले अहिलेसम्म लिखित वा मौखिक के गर्ने भन्ने निश्चित नभएको स्थायी कमिटी सदस्य अमृत बोहोराले बताए।

'अहिलेको एजेन्डा सत्ताकेन्द्रित हुँदैन। राष्ट्रिय सहमतिलाई ध्यान दिएर शान्ति, संविधान निर्माणका लागि राष्ट्रिय कार्यसूची प्रमुख हुनेछ,' बोहोराले भने। राष्ट्रिय सहमति जुटे सरकार नेतृत्व र निर्माण मुख्य विषय नबन्ने उनले दोहोर्‍याए।
प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सरकार निर्माणका लागि तोकेको समयसीमा एक दिन मात्र बाँकी रहँदा बस्न लागेको एमाले बैठकले पुनः बहुमतीय सरकारमा गए पार्टीमा थप क्षति हुने निष्कर्ष निकाल्ने बताइएको छ।

शनिबारको एमाले संसदीय दल बैठकले पार्टी नेतृत्वलाई बहुमतीय सरकारको नेतृत्वको दाबी नगर्न सुझाव दिएको थियो। अनौपचारिक छलफलका क्रममा पार्टी केन्द्रीय सदस्यहरूले पनि संसदीय दलको सुझाव मान्य हुने तर्क गरेका छन्।

सहमति पालनाको दबाब देऊ: मधेसी दल
मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले राष्ट्रिय सहमति सरकारको विकल्प नभएको एमालेलाई जानकारी गराएका छन्। सोमबारको भेटघाटमा दुई दलले बहुमतीय सरकारबाट शान्तिप्रक्रिया टुंगोमा नपुग्ने र संविधान निर्माण नहुने औँल्याउँदै सहमतीय सरकार आवश्यक भएको बताएका थिए।

'बहुमतको सरकार फेल भएकाले सहमतीय सरकार नेतृत्वको पहल गर्न आग्रह गरेको छौं। बहुमतको सरकार निर्माण भए शान्तिप्रक्रिया र संविधान निर्माण हुन सक्दैन भनेर सुझाव दिएका छौं,' भेटपछि फोरम अध्यक्ष उपेन्द्र यादवले नागरिकसँग भने।

राष्ट्रिय सहमति जुटे नेतृत्व जसले गरे पनि हुने उनले बताए। 'राष्ट्रिय सहमतिको सरकार नेतृत्वका लागि व्यक्ति जो भए पनि हुन्छ भनेर विकल्प दिएका छौँ,' उनले भने, 'जो भए पनि हामीलाई आपत्ति छैन।'

माओवादीले सहमति गरेका बुँदालाई कार्यान्वयन गर्न दबाब दिन आग्रह गरेको तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले बताए। 'राष्ट्रिय सरकारको विकल्प छैन। यथास्थितिबाट राष्ट्रिय सहमति हुँदैन। माओवादीले सहमति गरेका बुँदा कार्यान्वयन गर्न दबाब दिनुपर्छ भनेका छौँ,' सोनारले भने।

राष्ट्रिय सहमतिका लागि पहल गर्न दुवै दलले आग्रह गरेको एमाले मुख्य सचेतक भीम आचार्यले बताए। जेठ १४ को तीनबुँदे सहमति कार्यान्वयन गर्न माओवादीलाई दबाब दिनुपर्ने उनीहरूले बताएको आचार्यले जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस