साउनबाट नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने
२१ असार २०८२
•
२ मिनेट पाठ
साउनबाट नियुक्त हुने कर्मचारीले पेन्सन नपाउने
अवकाशपछि सरकारी कर्मचारीहरूको पेन्सन सुविधामा हरेक वर्ष अर्बौं रुपैयाँ व्ययभार थपिँदै गएपछि सरकारले आगामी साउन १ गते (आर्थिक वर्ष २०८२/८३) देखि नियुक्त हुने निजामती कर्मचारीहरूका हकमा पेन्सन तथा उपदान नपाउने नियम बनाएको छ। त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गरिएको छ।




अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन शुक्रबार सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ। परिपत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व अबदेखि सरकारले नबेहोर्ने जानकारी पनि गराइएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले योगदानमा आधारित सुरक्षा प्रणाली लागु भए यस प्रणालीअन्तर्गत समेटिएका कर्मचारीहरूले अवकाशपछि पाउने सुविधामा अहिलेको झैं महिना महिनामा पैसा पाउने अथवा एकैपटक पैसा पाउने भन्ने विषयमा फरकफरक मोडालिटी हुने बताए।

अर्थकै अर्का एक उच्च कर्मचारीले योगदानमा आधारित सुरक्षा प्रणाली लागु भए अहिलेको जस्तै पतिको निधनपछि पत्नीले महिनामहिनामा पेन्सन पाउने सुविधा रोकिने बताए।

‘हरेक वर्ष पेन्सन पाउने कर्मचारीको संख्या बढ्दै गयो। यहाँसम्म कि पतिको निधन भयो भने पत्नीले समेत पेन्सन पाउने सुविधाले पेन्सनमा मात्रै राज्यको झन्डैझन्डै एक खर्ब रुपैयाँ व्ययभार बढ्ने भयो। त्यसैले अर्थ मन्त्रालय यस्तो निर्णय गर्न बाध्य भएको हो,’ ती कर्मचारीले भने। उनका अनुसार योगदानमा आधारित सुरक्षा प्रणाली लागु भए योगदानमा आधारित सुरक्षा प्रणालीअन्तर्गत सम्बन्धित कर्मचारीको २० प्रतिशत तलब काटिनेछ भने सरकारले ११ प्रतिशत रकम थप्नेछ। त्यसबाट जम्मा भएको रकम एउटा कोषमा राखिन्छ। त्यस कोषमा जम्मा भएको रकमबाट विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ। त्यही कोषबाट अवकाशपछि सम्बन्धित कर्मचारीले सुविधा पाउँछ। त्यस्तो सुविधा अहिले पाइरहेको सुविधाभन्दा पनि बढी हुन सक्ने ती कर्मचारीले बताए। यस्तो प्रणाली सरकारी कर्मचारीका हकमा मात्र नभई बिमा प्राधिकरण, धितोपत्र बोर्ड, सार्वजनिक संस्थानहरू, बोर्ड, समिति तथा प्रतिष्ठानहरूमा समेत लागु हुने भएको छ।

अबदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु हुने भन्दै अर्थले शुक्रबार नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, ४५ वटै सार्वजनिक संस्थानहरू, बोर्ड/समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ।

परिपत्रमा आगामी साउन १ देखि नेपाल सरकारद्वारा कर्मचारी, मजदुर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तिभरण कोष ऐन २०७५’ कार्यान्वयनमा ल्याइएको बताइएको छ। ‘कर्मचारीको अवकाशपछिको दायित्व भुक्तानीका लागि सार्वजनिक प्रतिष्ठानहरूबाट आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई नेपाल सरकारकै स्रोतमा निर्भर रहेका निकायहरूले राज्यकोषमा दीर्घकालीन दायित्व सिर्जना गरिरहेका छन्,’ परिपत्रमा भनिएको छ।
अर्को समाचार
ज्यादा बिदाले सेवाग्राही मर्कामा
१९ फागुन २०८१
•
४ मिनेट पाठ
ज्यादा बिदाले सेवाग्राही मर्कामा
सरकारले २०८२ सालका सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ। यसबाहेक कानुनअनुसार सरकारी कर्मचारीले छुट्टै बिदा पाउँछन्। सरकारले दिने सार्वजनिक बिदा, पर्व बिदा, शनिबारको बिदा, जन्मजयन्ती बिदा, मन्त्रिपरिषद्ले बेलाबेलामा निर्णय गरेर दिने बिदा र प्रदेश तथा स्थानीय सरकारले दिने छुट्टै बिदासमेत जोड्ने हो भने सरकारी कर्मचारीलाई वर्षभरिमा कम्तीमा एक सय ४० दिन कार्यालय जानु पर्दैन।




गत बिहीबार राजपत्रमा प्रकाशित सूचनाअनुसार २०८२ को वैशाख १ देखि चैत मसान्तसम्म शनिबारबाहेक सबै जात, धर्म, समुदायलाई दिइने बिदा जोड्दा वर्षमा २८ दिन सार्वजनिक बिदा हुन्छ। यसबाहेक विभिन्न जात, समुदाय, धर्म, भूगोल आदि हेरेर थप बिदाको घोषणा गरिएको छ। यसैगरी मन्त्रिपरिषद्ले निर्णय गरेर थप बिदाको घोषणा गर्न सक्ने व्यवस्था कानुनमै छ। प्रदेश र स्थानीय सरकारले पनि थप बिदा दिने सक्ने व्यवस्था छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ। यसअघि पृथ्वी जयन्तीमा कुनै वर्ष सार्वजनिक बिदा दिने गरिएको थियो भने कुनै वर्ष दिइएको थिएन।

विज्ञहरूका अनुसार नेपालमा सार्वजनिक बिदा अन्य देशहरूको तुलनामा बढी छन्। यसैकारण उनीहरूले सार्वजनिक बिदा कटौती गर्न सरकारलाई सुझाव दिँदै आएका छन्। सार्वजनिक बिदाबाहेक पनि संघीय प्रदेश र स्थानीय सरकारले बिचबिचमा विभिन्न खाले बिदा दिँदा आम रूपमा सेवाग्राहीलाई मर्का पर्ने प्रशासन विज्ञहरूको भनाइ छ। पहिले नै कामको योजना बनाएका सेवाग्राहीलाई बिचबिचमा बिदा घोषणा गर्दा मर्का पर्ने उनीहरूको भनाइ छ।

प्रदेश सरकार कार्य सञ्चालन कार्यविधिमा प्रदेश सरकारलाई वर्षभरिमा ६ दिन तथा स्थानीय सरकार कार्य सञ्चालन कार्यविधिमा स्थानीय सरकारलाई वर्षभरिमा तीन दिन बिदा दिन सक्ने व्यवस्था गरिएको छ। तर कार्यविधिबाहिर गएर पनि प्रदेश र स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेका छन्। २०८२ सालमा बडादसैंमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिइने भएको छ। यसैगरी नववर्ष वैशाख १, वैशाख पूर्णिमा बुद्ध जयन्ती, राई÷किरात समुदायको उभौली पर्व वैशाख २९, रक्षाबन्धन साउन २४ गते, श्रीकृष्ण जन्माष्टमी साउन ३१ लगायत पर्वमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

२०६६ सालमा तत्कालीन सरकारले सार्वजनिक बिदाबारे अध्ययन गर्न तत्कालीन गृहसचिव गोविन्द कुसुमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा संघीय मामिला मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति मन्त्रालयका सचिव सम्मिलित थिए। उक्त कार्यदलले सार्वजनिक बिदा कटौती गर्न सरकारलाई सिफारिस गरेको थियो। साथै कार्यदलले सातामा दुई दिन बिदा दिन र बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोक्न सिफारिस गरेको थियो। तर उक्त कार्यादलको सुझाव प्रतिवेदन कार्यान्वयनमा आएन।

कर्मचारीले पाउने छुट्टै बिदा

नेपालमा विभिन्न बिदाका कारण सरकारी कर्मचारीलाई वर्षभरिमा एक सय ४० दिन कार्यालय जानुपर्दैन। सरकारी कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरी बिदा छुट्टै पाउँछन्।

यसैगरी उनीहरूले जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा र थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत पाउँछन्। महिला कर्मचारीको हकमा ९८ दिन सुत्केरी बिदा दिइन्छ। पत्नी सुत्केरी हुँदा पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाउँछन्। आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला एक सय ८० दिन बराबरको सुविधा लिने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारी बताउँछन्।

सार्वजनिक बिदामा पनि खुल्छन् यी कार्यालय

सार्वजनिक बिदाको दिनमा पनि केही सरकारी कार्यालय खुल्छन् भनेर धेरैलाई थाहा नहुन सक्छ। गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिन पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो। यो निर्णयले निरन्तरता पाइरहेको छ।

२०८२ सालमा पनि यही निर्णयअनुसार त्यस्ता कार्यालय खुला हुनेछन्। नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नापी र मालपोतसँग सम्बन्धित कार्यालय सार्वजनिक बिदामा पनि खुल्ने गरेका छन्। राजपत्रमा प्रकाशित सूचनाअनुसार अत्यावश्यकीय सेवा दिने भनी तोकिएका कार्यालयहरूले विभिन्न चाडपर्व तथा दिवस बिदामा नियमित सेवा दिनुपर्छ।

गृह मन्त्रालयका अनुसार उभौली पर्व, चण्डी पूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस, तमुल्होसार, माघी पर्वमा अत्यावश्यकीय सेवा दिने भनी तोकिएका सरकारी कार्यालय खुला हुन्छन्।

यसैगरी प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायत सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा दिने कार्यालय सञ्चालन हुन्छन्। सार्वजनिक बिदामा पनि अत्यावश्यकीय सेवा दिने कार्यालय खुला भए पनि अधिकांश सेवाग्राहीलाई यसबारे थाहा छैन। यसले गर्दा सार्वजनिक बिदाका दिन पनि खुल्ने अत्यावश्यकीय सेवा दिन कार्यालय सुनसानजस्तै हुन्छन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस