उपयुक्त समयमा संविधान संशोधनको काम अगाडि बढ्छ : बर्तौला
२३ असार २०८२
•
१ मिनेट पाठ
उपयुक्त समयमा संविधान संशोधनको काम अगाडि बढ्छ : बर्तौला
नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कुनै समस्या नभएको बताएका छन्। सोमबार (आज) सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।




‘सात बुँदे समझदारीप्रति दुई दलका बीचमा कुनै समस्या छैन। संसद्‌मा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने कांग्रेस र एमाले संसद्को १० वर्षे अवधिको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभिएका हौँ,' उनले भने।

यस्तै उनले उपयुक्त समयमा संविधान संशोधनको काम अगाडि बढ्ने बताए। 'यसबाहेक उपयुक्त समयमा संविधान संशोधनको काम अघि बढ्छ,' उनले भने।
अर्को समाचार
अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्नुमा कांग्रेस-एमाले दुबैको दोष छ : निधि
१८ असार २०८२
•
१ मिनेट पाठ
अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्नुमा कांग्रेस-एमाले दुबैको दोष छ : निधि
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अगाडि नबढ्नु दुखद् भएको बताएका छन्। नागरिकसँग कुराकानी गर्दै नेता निधिले भने, ‘अहिलेसम्म यसमा न कांग्रेसले अग्रसरता लियो, न एमालेले नै लियो। यसमा दुईवटै पार्टीको दोष छ र यो दुखद् हो।‘




कांग्रेस-एमाले गठबन्धनको एक वर्ष पुगेको तर, सहमतिको मुख्य बुँदा संविधान संशोधनबारे भने प्रारम्भिक कामसमेत अगाडि नबढेको भन्दै नेता निधिले भने, ‘सात बुँदामा मुख्य बुँदाका रूपमा राखिएको त्यो विषयबारे अहिलेसम्म केही नहुनु दुखद् नै हो। तर, यसबारे काम हुनुपर्छ। हामी सधैँ यसको पक्षमा छौँ।‘

तत्कालिक, अल्पकालिक र दीर्घकालिक रूपमा संशोधन गर्नुपर्ने विषयहरू के-के हुन् भन्नेबारे सुरुमा छिनोफानो हुनुपर्ने उनको भनाइ छ। त्यसका लागि संसद्‌मा रहेका दल तथा कतिपय बाहिरै रहेका दलका बीचमा पनि सहमति हुनुपर्ने भनाइ नेता निधिको छ।

‘संसद्‌मा भएका सबै दलहरूका बीचमा यसमा सहमति जुट्नुपर्‍यो अनि अगाडि बढ्नुपर्‍यो। प्रधानमन्त्रीले किन संशोधनका लागि ०८७ भन्नुभयो, त्यो थाहा छैन। उहाँ आफैँले पनि व्याख्या गर्नुभएको छैन। तर, कांग्रेसले संविधान जारी भएको दिनदेखि नै आवश्यक संशोधन हुनुपर्छ भनेर बोल्दै आएको छ, मैले पार्टीभित्र र बाहिर पनि यही भन्दै आएको छु,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडि अब संविधान संशोधन २०८७ सालमा मात्रै सम्भव हुने बताएका छन्। तर, कांग्रेस नेताहरूले भने त्यसको विरोध गर्दै सहमतिअनुरूप अगाडि बढ्ने बताइरहेका छन्।

यसबीचमा कथम् काम अगाडि बढेन भने कांग्रेसको नेतृत्वमा सरकार गएपछि काम अगाडि बढ्ने उनले बताए। सातबुँदे समझदारीअनुसार अब ६ महिना अर्थात् आउँदो पुसमा ओलीले देउवालाई प्रधानमन्त्री पद सुम्पँदै छन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस