बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाहलाई पक्राउ गरेका छन्। किर्ते तथा जलसाजी मुद्दामा सोमबार उनलाई धनुषा प्रहरीले पक्राउ गरिएको हो।
मुद्दा दर्ता भएदेखि फरार रहेका उनलाई जनकपुबाटै नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए ।
परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी ४ जना कर्मचारी बर्खास्त गरेको गरेका थिए ।
अध्यक्ष शाहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए ।
तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए । पासमानको निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर जाँच हुँदा साहले किर्ते जालसाजी गरेको ठहर भएको छ ।
जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद लिई उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।