प्रधानमन्त्रीलाई थप १२ अधिकार
२५ वैशाख २०७५
•
७ मिनेट पाठ
प्रधानमन्त्रीलाई थप १२ अधिकार
काठमाडौं – प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन सरकारले १२ वटा अधिकार थपेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षण रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १२ वटा थप अधिकार दिइएको छ। सो रिर्पोटलाई मन्त्रिपरिषद्को बैठकले बैठकले पास गरेको छ।




ओएनएम सर्वेक्षण रिर्पोटमा थपिएका अधिकारमा संघीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य, प्रदेश प्रमुखसम्बन्धी, परराष्ट्र तथा सुरक्षा मामिलासम्बन्धी अधिकार रहेका छन्। यसैगरी थपिएका १२ अधिकारमध्ये विषय विज्ञ समूह, राष्ट्रिय तथा अन्तरप्रदेशीय विकास योजनाका लागि नतिजा व्यवस्थापन, प्रदेशका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी नीति, काुनन र मापदण्ड, गैरसरकारी संस्था नियमनसम्बन्धी मापदण्ड र भ्रष्टाचार निगरानीसम्बन्धी अधिकार छन्। यसैगरी राजस्व अधिकार, सम्पत्ति शुद्धीकरण र अवशिष्ट अधिकारको प्रयोग रहेका छन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण रिर्पोट मन्त्रिपरिषद् बैठकले पास गरी कार्यन्वयन प्रक्रियासमेत सुरु भइसकेको बताए। ‘मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण पास गरेको छ। सर्वेक्षणले दिएको रिर्पोटअनुसार कार्यान्वयन प्रक्रिया सुरु भएको छ,’ उनले भने। थपिएको नयाँ प्रावधानअनुसार शासकीय सुधार महाशाखाअन्तर्गत सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार निगरानी शाखाको प्रावधान राखिएको छ।

थपिएका अधिकारमा संघीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य, प्रदेश प्रमुखसम्बन्धी, परराष्ट्र तथा सुरक्षा मामिलासम्बन्धी अधिकार, विषय विज्ञ समूह, राष्ट्रिय तथा अन्तरप्रदेशीय विकास योजनाका लागि नतिजा व्यवस्थापन, प्रदेशका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी नीति, काुनन र मापदण्ड, गैरसरकारी संस्था नियमनसम्बन्धी मापदण्ड र भ्रष्टाचार निगरानीसम्बन्धी अधिकार, राजस्व, सम्पत्ति शुद्धीकरण र अवशिष्ट अधिकारको प्रयोग रहेका छन्।

यसैगरी नयाँ प्रावधनअनुसार, प्रधानमन्त्रीको कार्यालयमा सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान शाखा गठन गरिएको छ। यसका काम ११ वटा रहेका छन्। विदेशी विनिमय अपचलन नियन्त्रणसम्बन्धी कार्यमा सहजीकरण र अनुगमन गर्ने, राजस्व अनुसन्धान विभागसम्बन्धी कार्यको रेखदेख, निरीक्षण नियन्त्रण र समन्वयसम्बन्धी कार्य गर्ने, संघीय संसद्का सम्बन्धित समितिबाट प्राप्त निर्देशन कार्यान्वयन गर्ने, कसुरजन्य सम्पत्ति व्यस्थापनसम्बन्धी सहजीकरण कार्य गर्नेलगायत अधिकार सो शाखालाई दिइएको छ। यसैगरी प्रादेशिक समन्वय तथा योजना महाशाखालाई प्रदेशमा जनशक्ति व्यवस्थापनमा सहयोग र समन्वय गर्ने, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीको सचिवालय व्यवस्थापन र सहजीकरणका लागि सम्पर्क शाखाका रूपमा काम गर्ने, प्रदेश र स्थानीय तहमा सम्पत्ति, दायित्व, तथा अभिलेख हस्तान्तरण गर्ने कार्यमा समन्वय र सहजीकरण गर्ने, प्रदेशका पदाधिकरी र कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी कानुन र मापदण्ड बनाउने, प्रदेश र स्थानीय तहबीच विवाद देखिएमा समाधान गर्न सहयोग र समन्वय गर्ने, प्रदेशका मुख्यमन्त्री तथा सचिवसँग छलफल र अन्तरक्रिया गर्नेलगायत अधिकार थप गरिएका छन्।

यसैगरी गैरसरकारी संस्थाको नियमन र मापदण्डसम्बन्धी काम गर्न शिक्षा, स्वास्थ्य, खेलुकद शाखा गठन गरिएको छ। सो शाखाले शिक्षा, स्वास्थ्य तथा खेलुकद क्षेत्रमा १६ वटा काम गर्छ। सो शाखाको प्रमुख उपचसवि रहने व्यवस्था छ। यसैगरी महिला, बालबालिका,जेष्ठ नागरिक, श्रम तथा सामाजिक सुरक्षासम्बन्धी काम गर्न छुट्टै शाखा गठन गरिएको छ। सो शाखा सामाजिक विकास तथा रूपान्तरण महाशाखाअन्तर्गत रहने प्रावधान राखिएको छ। यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मानव अधिकार तथा अन्तराष्ट्रिय सन्धीसम्झौता महाशाखा र कानुन तथा फैसला कार्यान्वयन महाशाखको व्यवस्था गरिएको छ। प्रधानमन्त्री कार्यालयमा थपिएका ५ महाशाखामा शासकीय सुधार महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीतिक महाशाखा, मानव अधिकार तथा अन्तराष्ट्र्रिय सन्धीसम्झौता महाशाख, कानुन तथा फैसला कार्यान्वयन महाशाखा, प्रदेश समन्वय तथा योजना महाशाखा रहेका छन्। यसैगरी प्रधानमन्त्रीको कार्यालयमा ९ वटा शाखा थपिएका छन्। थपिएका महाशाखा र शाखाको जिम्मेवारी कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयमा कर्मचारीका दरबन्दी पनि थप गरिएको छ। पहिले १ सय ९८ दरबन्दी रहेकोमा हाल २ सय ३६ दररबन्दी कायम गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा मुख्य सल्लाहकार, परराष्ट्र तथा सुरक्षा सल्लाहकार, जनसम्पर्क सल्लाहकार तथा आर्थिक सल्लाहकाको दरबन्दी नै कायम गरिएको छ।
अर्को समाचार
सभामुखले भने : प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन
१६ पौष २०७७
•
१ मिनेट पाठ
सभामुखले भने : प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन
सभामुख अग्नि सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताएका छन्। चार वटा राजनीतिक दल आवद्ध महिला संगठनको ज्ञापनपत्र बुझ्दै सापकोटाले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताए। उनले पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको जानकारी दिएका थिए।  




संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे। आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए।  

अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ र विवेकशील साझा महिलाले सभामुखलाई प्रधानमन्त्रीको कदमका बारेमा ज्ञापनपत्र बुझाएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस