एमाले–माओवादी पार्टी एकता आज
०३ जेष्ठ २०७५
•
९ मिनेट पाठ
एमाले–माओवादी  पार्टी  एकता  आज
काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।




दुई नेताबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने सहमति भएको छ । यस्तै निर्देशक सिद्धान्त ‘जनताको जनवाद’ हुने भएको छ । यी विषयको औपचारिक निर्णय बिहीबार बिहान बालुवाटारमा बस्ने केन्द्रीय एकता संयोजन समिति बैठकले गर्नेछ । एकीकृत पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको छ।

दुवै दलबीच एकीकृत दलमा चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको छ । जसमा एमालेबाट दुई सय ४१ र माओवादी केन्द्रबाट दुई सयजना रहनेछन् । एकीकृत पार्टीमा ४३ सदस्यीय स्थायी कमिटी रहनेछ । स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहेनछन् । केन्द्रीय कमिटीमा एमालेको ५४ र माओवादी केन्द्रको ४६ प्रतिशत तथा स्थायी कमिटीमा एमालेको ५९ र माओवादीको ४१ प्रतिशत प्रतिनिधित्व हुनेछ । एकीकृत पार्टीमा पोलिटब्युरो रहने छैन । दुई नेताबीच आगामी महाधिवेशनमा नेतृत्व छनोट सहमतिमा गर्ने सहमति भएको छ । महाधिवेशनसम्म दुई अध्यक्ष रहने सहमति यसअघि नै भइसकेको छ।

एमाले स्थायी कमिटीको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्ष ओलीले एकीकरणबारे ब्रिफिङ गरेका थिए । बैठकले एकता संयोजन समितिले गर्ने निर्णय स्वीकार गर्ने निर्णय गरेको छ । दुवै अध्यक्षको बैठकपछि एमाले उपमहासचिव विष्णु पौडेलले दुवै अध्यक्षले ‘वर्क इन प्रोग्रोस’ भनेको जानकारी दिए । उनले सञ्चारकर्मीसँग भने, ‘बाँकी विषयमा भोलि (बिहीबार) को एकताका संयोजन समितिमा निर्णय हुनेछ ।’ बिहीबार नै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिने भएको छ । अध्यक्ष ओलीलाई उधृत गर्दै एमाले स्थायी कमिटीका एक नेताले भने, ‘बिहान बस्ने पार्टी एकता संयोजन समिति बैठकले यसलाई औपचारिकता दिनेछ ।’

एमालेले पार्टी एकताबारे औपचारिक निर्णय गर्न बिहीबार बिहान केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठकले केन्द्रीय कमिटीमा केही सदस्य थप गर्नेछ । हाल एमालेको दुई सय सदस्यीय केन्द्रीय कमिटी छ । माओवादी केन्द्रको भने एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी छ।

एमालेले जेठ ३ गते मदन स्मृति दिवस मनाउँदै आएको छ । पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । बिहीबार बिहान एमाले र माओवादी केन्द्रका अध्यक्षहरुले बल्खुमा आयोजना हुने मदन आश्रित स्मृतिसभामा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रमपछि प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिका सदस्यहरुले वृक्षरोपण गर्नेछन् । बिहान १० बजे एकता संयोजन समिति बैठक बस्ने कार्यक्रम छ । सो बैठकले एकताका बारेमा औपचारिक निर्णय गर्नेछ । त्यसलगत्तै एमाले केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन गरी एमाले र माओवादी केन्द्रले ६० र ४० अनुपातमा सिट बाँडफाँट गरेका थिए । परिणाम भने एमाले पक्षमा ७० र माओवादी पक्षमा ३० प्रतिशत आएको थियो । दुई दलको गठबन्धनले प्रतिनिधिसभामा दुई तिहाइ स्थानमा विजयी भएर संघीय सरकार बनायो । यस्तै ७ मध्ये ६ प्रदेशमा वाम गठबन्धनको सरकार गठन भएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर तेस्रो साता सम्पन्न भए पनि राष्ट्रियसभा निर्वाचन नतिजा सार्वजनिक हुन फागुनसम्म पर्खनुपरेको थियो । फागुन २ गते केन्द्रीय पार्टी एकता संयोजन समिति बैठकले ओलीलाई वाम गठबन्धनको प्रधानमन्त्रीका रूपमा अघि सा¥यो । तर पार्टी एकीकरणका विषयमा सहमति जुट्न नसकेपछि माओवादी सरकारमा सहभागी भएन ।

एमाले र माओवादी केन्द्रबीच आधारभूत वैचारिक विषय र एकीकृत दलमा दुई अध्यक्ष रहने गरी फागुन ७ गते सहमति भएपछि माओवादी सरकारमा सहभागी भएको थियो ।संयोजन समितिले वैचारिक र संगठनात्मक विषयमा सहमति मस्यौदा तयार गर्न छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा वैचारिक कार्यदलले वैचारिक विषय सर्वसम्मत पारित गरेको थियो । माओवादी नेता रामबहादुर थापाको संगठनात्मक कार्यदलमा भने जनयुद्ध, चुनाव चिह्नसहितका विषयमा सहमति जुट्न सकेको थिएन । ती विषयलाई एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच बुधबार भएको बैठकले टुंगोमा पुर्याएको हो ।

माओवादीको केन्द्रीय कार्यालयको बैठकले बिहीबार साँझसम्म एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आयोगमा दर्ता गरिसकेपछि पत्रकार सम्मेलन गरेर पार्टी एकीकरणको औपचारिक जानकारी दिने निर्णय भएको छ ।’

माओवादी अध्यक्ष दाहालले पार्टी एकीकरणबारे बिहीबार बिहान ७ बजे श्रेष्ठ र रामबहादुर थापासँग छलफल गर्नेछन् । त्यसपछि तीनै नेता मदनआश्रित स्मृति दिवसमा सहभागी बल्खु जाने कार्यक्रम छ । उनीहरुले बल्खुबाट सीधै बालुवाटार गएर एकता संयोजन समिति बैठकमा भाग लिनेछन् । बैठकले पार्टी एकीकरण अनुमोदन गरेपछि माओवादी केन्द्रीय कार्यालयको विस्तार बैठक बस्नेछ । उक्त बैठकले पार्टी विघटन भएको घोषणा गर्ने र एकीकृत पार्टीमा केन्द्रीय सदस्यका लागि दुई सय जनाको नाम चयन गर्ने जानकारी माओवादीका एक नेताले दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस