प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ
१८ जेष्ठ २०७५
•
१४ मिनेट पाठ
प्रधानमन्त्री ओलीको सम्पत्तिमा छलाङ
मिति : २०५१ मंसिर २८




जग्गा :  झापाको पृथ्वीनगरमा १ बिगा २ कट्ठा जग्गा । दमकमा १५ धुर जग्गा, चारपानेमा १२ कट्ठा जग्गा, भक्तपुरमा ४ आना जग्गा।

सुनः ७ तोला ।

पैसाः नगद ५० हजार ।

ऋणः १ लाख ४५ हजार

(स्रोतः सरकारी समाचारपत्र गोरखापत्र दैनिक।)

......................

मितिः २०७४ चैत २९

घरजग्गाः भक्तपुरको सूर्यविनायकमा डेढ रोपनी जग्गा  र तीन तलाको २ वटा घर । झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा।

सुनः १८ तोला।

पैसाः ५२ लाख रुपैयाँ वचत र २५ लाखको वचतपत्र।

ऋणः छैन।

(स्रोतः मन्त्रिपरिषद्को कार्यालय )

२४ वर्ष बीचको यो दुई सम्पत्ति विवरण हो, नेपाललाई समृद्धिको यात्रामा हिँडाउने वाचा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको। पहिलो सम्पत्ति विवरण उनी पहिलो पटक २०५१ मा गृहमन्त्रीको रुपमा एमालेको अल्पमतको सरकार बन्दाताका सरकारलाई बुझाएको विवरण हो । जुन समयमा प्रधानमन्त्री थिए, मनमोहन अधिकारी। सरकारको निर्णयअनुसार मंसिर २८ मा सरकारी मुखपत्र गोरखापत्रको पहिलो पृष्ठमा छापिएको थियो उनको सम्पत्ति विवरण।

दोस्रो विवरण उनी दोस्रो पटक बहुमतसहित प्रधानमन्त्री नियुक्त भएपछिको हो। सरकारले जेठको दोस्रो हप्तामा विवरण मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरे पनि विवरण भरेको पत्रमा बुझाएको मिति छ, फागुन २५ अनि दर्ता मिति छ, चैत २९ । सरकारले सार्वजनिक गरेको विवरणमा २०५१ को तुलनामा उनी ऋणमुक्त मात्र देखिँदैनन् सम्पत्ति पनि रामै्र जोडेको प्रस्टै हुन्छ ।



२०५१ तालका जम्मा ५० हजार वचत रहेको उनको अहिले आफ्नो नाममा एभरेस्ट बैंकमा ४२ लाख नगद छ। पहिलाको तुलनामा ४१ हजार ४८ हजार बढी । उनकी पत्नी राधिका शाक्यको माछापुच्छ्रे बैंक र प्रभु बैंकमा नगद ४ र ६ गरी १० लाख नगद वचत छ।

जुन विवरणअनुसार उनी ऋणमुक्त भएको त देखाउँछ नै जग्गाजमिन, घर अनि सुनमा पनि उनको बढोत्तरी नै भएको देखाउँछ । २४ वर्षका बीचमा सुन त्यत्ति बढेको देखिएन । त्यस बेलामा ७ तोला थियो अहिले हाराहारी १८ । दुवै विवरणको आधारमा उनको सम्पत्तिमा ११ तोला जति सुन बढेको छ ।

जग्गामा भने राम्रै प्रगति गरेको देखियो । न्यून आयस्रोत भएको परिवारका सदस्य रहेका उनले स्वआर्जन मात्र मन्त्री हुनुभन्दा अगाडि नै भक्तपुरमा ४ आना जग्गा किनेको देखिन्छ । झापाबाट काठमाडौं प्रवेश गरेको व्यक्तिले त्यस बेलामा ४ आना जग्गा किन्नु बुद्धिमानीपूर्ण निर्णय नै हो।

२०५१ ताका उनले भक्तपुरको कहाँनिर जग्गा किनेका हुन्, सार्वजनिक भएको विवरणमा खुल्दैन । प्रधानमन्त्री भएपछि हालसालै सार्वजनिक विवरणअनुसार उनको भक्तपुरको सूर्य विनायक वडा नम्बर २ मा जग्गा मात्रै हैन, घर पनि छ । विवरणअनुसार अहिले उनीसँग २ कित्तामा गरी डेढ रोपनी जग्गा छ अनि तीन तलाको २ वटा घर पनि। तस्बिरका लागि बालकोट पुग्दा एल आकारको जग्गाको एकै कम्पाउडभित्र दुवै जग्गा देखिए ।

प्रधानमन्त्री भएपछि हालसालै सार्वजनिक विवरणअनुसार उनको भक्तपुरको सूर्य विनायक वडा नम्बर २ मा जग्गा मात्रै हैन, घर पनि छ । विवरणअनुसार अहिले उनीसँग २ कित्तामा गरी डेढ रोपनी जग्गा छ अनि तीन तलाको २ वटा घर पनि। तस्बिरका लागि बालकोट पुग्दा एल आकारको जग्गाको एकै कम्पाउडभित्र दुवै जग्गा देखिए ।

२०५१ को सम्पत्ति विवरणअनुसार दुवै घर त बोनस भयो । उनको जग्गा मात्रै २० आना थप भएछ। झापामा रहेको जग्गा भने तलमाथि भएको देखियो । पहिला झापाको पृथ्वीनगरमा १ बिगाहा जग्गा रहेकामा अहिले त्यहीँ १० कट्ठा जग्गा छ । पहिला दमकमा जग्गा देखिए पनि अहिले छैन ।

प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई अहिलेको बजारभाउअनुसार मूल्यांकन गर्दा सालाखाला १५ करोड निकट देखिन्छ । जानकारका अनुसार बालकोटमा जहाँ उनको जग्गा छ, अहिले त्यहाँ न्यूनतम आनाको ३५ लाखसम्म चलेको छ । डेढ रोपनी अर्थात् २४ आनाको हिसाब निकाल्दा ८ करोड ४० लाख निस्किन्छ ।



पहिलो घर पुरानो हो भने दोस्रो घर नयाँ । दुवै घरको सालाखाला मूल्य ५ करोड आउने घरजग्गा कारोबारका एक पोख्त जानकारले बताए । उता झापामा जहाँ उनको जग्गा छ, त्यसमा बाटोले छोए पनि नजिकै चिहानघारी भएकाले मूल्य त्यत्ति उच्च छैन । जानकारका अनुसार सो क्षेत्रमा अहिले कठ्ठाको ८ लाख रुपैयाँसम्म किनबेच हुने गरेको छ। यही मूल्यअनुसार झापामा रहेको जग्गाको कुल मूल्य ८० लाख देखिन्छ।

उनको र पत्नीको नाममा रहेको नगद र राष्ट्रिय वचतपत्र जोड्दा ७७ लाख पुग्छ। यही विवरण पत्याउने हो भने अहिले प्रधानमन्त्री ओली र उनकी पत्नीको नाममा १४ करोड ९७ लाख सम्पत्ति भएको देखिन्छ।

सार्वजनिक भएको ओलीको व्यक्तिचित्रअनुसार राजनीतिबाहेक उनको अन्य आयस्रोत छैन । उनकी पत्नी भने बैंकमा जागिरे थिइन् । सार्वजनिक व्यक्तिचित्रअनुसार २००८ को फागुनमा तेह्रथुमको आठराईमा जन्मिएका उनको परिवारको आर्थिक अवस्था न्यून नै हो । उनी २०२५ सालबाट राजनीतिमा सक्रिय भएका हुन् ।

यस बीचमा उनी पहिलो पटक गृहमन्त्री, दोस्रो पटक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि लगातार प्रधानमन्त्री हुन सफल भए । २०४६ को राजनीतिक परिर्वतनपछि देशले आर्थिक उन्नतिमा आशा गरेअनुसार छलाङ नमारे पनि आयआर्जनको निश्चित स्रोत नभए पनि प्रधानमन्त्री ओलीले राजनीतिसँगै आर्थिक पाटोमा समेत छलाङ मारेको देखियो । राजनीतिबाहेक दोस्रो आम्दानीको स्रोत नहुँदा पनि उनले २४ वर्षभित्र स्वआर्जनबाट १५ करोडको चलअचल सम्पत्ति जोडेको देखियो।

यस्तो छ सम्पत्तिको ग्राफ

पहिलो पटक आधिकारिक रुपमा सार्वजनिक ओलीको जीवनीअनुसार उनी २०२३ बाट प्रगतिशील राजनीतिमा सक्रिय भएका हुन् । उनी २०२५ बाट कार्यकर्ताको रुपमा राजनीतिमा सक्रिय भए र २०२६ मा पार्टीको सदस्यता पाए । उनी २०२७ मा झापा जिल्लाको एरिया कमिटी सदस्य भएका थिए र पछि उपसचिव भए । २०२७ मा केही समय जेल परेका उनी २०३० देखि २०४४ सम्म भने विभिन्न जेलमा परे । २०४८ मा झापाको क्षेत्र नम्बर ६ बाट उनी सांसद् भए। २०५१ मा पनि उनी त्यही क्षेत्रबाट निर्वाचित भएर तेस्रो वरियतामा मन्त्री भएका थिए।

पार्टीको अल्पमतको सरकार नौ महिनामै ढलेपछि उनी पुनः सरकारमा २०६३ मा सहभागी भए । ०६२–०६३ को आन्दोलनको सफलतापछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्रीको रुपमा सहभागी भए । प्रधानमन्त्री थिए, गिरिजाप्रसाद कोइराला ।

त्यस बेला पनि उनको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । तात्कालीन सम्पत्ति विवरणअनुसार १२ वर्षका बीचमा उनको ४ आना जग्गा १ रोपनी बनिसकेको थियो भने घरसमेत बनाइसकेका थिए।

२०६३ भदौ ७ मा सार्वजनिक सम्पत्ति विवरणअनुसार भक्तपुर बालकोट वडा नं.४ मा एक रोपनी जग्गाभित्र बनेको साढे दुई तले पक्की घर, झापा पृथ्वीनगर गाविस वडा नम्बर ९ मा १० कठ्ठा जग्गा, करिब सात तोलाको सुनका गहना, एउटा निशान कार, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा ५० हजार, नेपाल बङ्गलादेश बैङ्कमा छ हजार र राष्ट्रिय वाणिज्य बैङ्कमा आठ हजार नगद वचत थियो । उनले त्यो बेला भक्तपुर बालकोटको घर निर्माणका लागि एभरेस्ट बैङ्क बानेश्वरबाट १० लाख र नेपाल राष्ट्र बैङ्कबाट छ लाख ऋण लिएको देखिन्छ।

यस बीचमा धेरै राजनीतिक उतारचढाव भए पनि उनी सत्तामा पुगेनन् । पार्टीको अध्यक्ष पदमा विजयी भएसँगै उनको सरकारको यात्रा सुरु भयो प्रधानमन्त्रीको रुपमा।

२०७२ कात्तिक २६ मा सार्वजनिक सम्पत्ति विवरणमा पनि बढोत्तरी नै देखिन्छ। त्यसबेला भक्तपुरमा उनको जग्गा एक रोपनीबाट ६ आना बढिसकेको थियो। २०६३ मा एउटा घर थियो । २०७२ मा घरको संख्या २ पुग्यो । दुवै घर साढे २ तलाको थियो । झापामा जग्गा उही १० कठ्ठा नै उल्लेख थियो ।

२०६३ को तुलनामा यतिबेला सुनका गहना ७ तोला बढेको छ । पत्नीको नाममा १४ र उनको नाममा ७ लाख रुपैयाँ थियो । दुवैको जोड्दा २१ लाख देखिन्छ । २०६३ मा दुवैसँग ५८ हजार नगद देखिन्छ भने १६ लाख ऋण।

२०७२ मा ऋण नदेखिएकाले त्यो तिरेको देखिन्छ । १६ लाख ऋण तिरेर पनि उनले यस बीचमा नगद २० लाख बढेको देखिन्छ। तिरेको ऋण जोड्दा पनि अचल सम्पत्तिबाहेक ३६ लाख जोडेको देखिन्छ ।

२०७५ मा सार्वजनिक सम्पत्ति जोड्दा तीन वर्षको बीचमा उनको घर साढे २ तलाबाट ३ तला पुग्यो । उनको नगद ३१ लाख थपिएर ५२ लाख पुग्यो भने सुन ४ तोला बढ्यो ।

सामान्यतः एक तले घर बनाउन न्यूनतम १५ लाख लाग्छ। दुवै घरमा आधा–आधा तला थपेकाले दुवैतिरको खर्च ३० लाख देखिन्छ । ५० हजार आनाको हिसाबले ४ तोला सुनको मूल्य २ लाख हुन्छ। जोगिएको नगद र अचल सम्पत्तिमा भएको लगानी जोड्दा उनी पहिलो पटक प्रधानमन्त्री भएपछि ६३ लाख थपिएको देखिन्छ । यस बीचमा भएको संघीय निर्वाचनमा उनी पनि उम्मेदवार थिए । उम्मेदवारी प्रचारप्रसारमा खर्च हुन्छ नै।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस