माधव ढुङ्गेल, काठमाडौँ, असार ३१- संविधान सभाको बैठक तीन महिनाभन्दा बढी समयको अन्तरालमा आगामी साउन २ गते बस्ने भएको छ। संविधान निर्माण गर्ने प्रमुख जिम्मेवारी बोकेको संविधान सभाको पछिल्लो बैठक गत वर्ष चैत २५ गते बसेको थियो। त्यसपछिको १०२ औँ दिनमा बल्ल अर्को बैठक बस्ने तय भएको हो।
संविधान सभाको म्याद जेठ १४ गते सकिने भए पनि त्यो रात व्यवस्थापिका संसदको बैठकले एक वर्षका लागि म्याद थप गरेको थियो। त्यस यता संविधान कसरी बनाउने भन्ने बारे निर्माण कार्यतालिकासमेत बन्न सकेको छैन।
कार्यतालिका बनाउन कै लागि साउन २ गते संविधान सभाको बैठक बस्न लागेको हो। आज बिहान बसेको सभामुखसहितको तीन दलको अनौपचारिक बैठकले चैत मसान्तसम्ममा संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन सहमति गरेको हो।
संविधान बनाउनको लागि मुख्य कठिनाइका रुपमा देखा परेको राज्य पुनर्संरचनासम्बन्धी विषयलाई टुंगो लगाउन तीन प्रमुख दल उच्चस्तरीय आयोग बनाउन सहमत भइसकेका छन्। आयोगले साउन १५ देखि काम सुरु गर्ने सहमति पनि भइसकेको छ। तर आयोगको गठन भने नयाँ सरकारले गर्ने सहमति भएकोले साउन ५ गते हुने प्रधानमन्त्रीको निर्वाचन लगत्तै गरिनेछ।