मोदी व्यस्त हुँदा इपिजीले प्रतिवेदन बुझाउन सकेन
२३ साउन २०७५
•
७ मिनेट पाठ
मोदी व्यस्त हुँदा इपिजीले प्रतिवेदन बुझाउन सकेन
काठमाडौं – भारतीय प्रधानमन्त्रीको व्यस्तताका कारण नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको साझा प्रतिवेदन दुवै देशका सरकार प्रमुखलाई बुझाउन ढिलाइ हुने भएको छ।




गत असार १५ र १६ गते काठमाडौंमा अन्तिम बैठक सम्पन्न भएपछि इपिजीले एक महिनाभित्र साझा प्रतिवेदन नेपाल र भारतको सरकार प्रमुखलाई बुझाउने आफैंले समयसीमा तोकेको थियो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने समय नपाउँदा प्रतिवेदन बुझाउन ढिलाइ भएको हो।

‘भारतीय प्रधानमन्त्रीज्यूको व्यस्थताका कारण समय मिलिराखेको छैन । प्रतिवेदन बुझाउने कार्य अर्को महिना होला जस्तो छ,’ इपिजीमा नेपालतर्फका संयोजक भेषबहादुर थापाले भने, ‘भारतीय प्रधानमन्त्रीको कार्यालयबाट समय पाउनेबित्तिकै हामी प्रतिवेदन बुझाउँछौं।’

इपिजीमा नेपाल र भारतका चार–चार जना सदस्य रहेका छन् । काठमाडौंमा बसेको अन्तिम बैठकमा साझा प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउने त्यसपछि नेपालको प्रधानमन्त्रीलाई बुझाएर काठमाडौंमा पत्रकार सम्मेलन गर्ने सहमति भएको थियो । अन्तिम बैठक सम्पन्न भएपछि एक महिना (साउन १६) भित्र प्रतिवेदन दुवै देशका सरकार प्रमुखलाई बुझाउने घोषणा इपिजीले गरेको थियो । सोही सहमतिअनुसार प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई बुझाउन अहिले प्रयास भइरहेको छ।

भारतीय प्रधानमन्त्रीज्यूको व्यस्थताका कारण समय मिलिराखेको छैन । प्रतिवेदन बुझाउने कार्य अर्को महिना होला जस्तो छ।  –भेषबहादुर थापा, इपिजी संयोजक, नेपाल

पछिल्लो समय भारतीय प्रधानमन्त्री मोदी विदेश भ्रमणमा व्यस्त हुँदा ईपिजीलाई समय पाउन कठिन भएको हो । मोदीले केही दिन अघि अफ्रिकी राष्ट्रहरु रुवाण्डा, युगाण्डा र दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए । पछिल्लो समय भारतीय विदेश मन्त्री सुष्मा स्वराज पनि विदेश भ्रमणमा व्यस्त छिन् । उनले हालै मात्र उज्वेकेस्तान, कजाकास्तान र किर्गिस्तानको भ्रमण सम्पन्न गरेकी छन् । भारतीय प्रधानमन्त्री र विदेश मन्त्री दुवै विदेश भ्रमणमा व्यस्त हुँदा ईपिजीले प्रतिवेदन बुझाउन समय पाउन सकिरहेको छैन । ‘अब बिमस्टेक बैठकपछि प्रतिवेदन बुझाउने काम होला,’ थापाले भने।

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहायताको लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी र विदेश मन्त्री स्वराज दुवै काठमाडौं आउँदैछन् । ‘साझा प्रतिवेदन तयार भइसकेको छ । प्रतिवेदनमा कसैको असहमति छैन । अब दुई देशका सरकार प्रमुखलाई बुझाउन मात्र बाँकी हो । सयम मिल्नेबित्तिकै त्यो पनि सम्पन्न हुन्छ,’ थापाले भने।

सन् २०१४ को जुलाइमा काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको (परराष्ट्र मन्त्रीस्तरीय) तेस्रो बैठकले दुई देशबीच हालसम्म भएका सम्झौता र सहमतिको अध्ययन अनुसन्धान गरी पुनरावलोकनका लागि सुझाव पेश गर्न इपिजी गठन गर्ने निर्णय गरेको थियो । सोही वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुवै देशका प्रधानमन्त्रीले इपिजी गठनको स्वागत गरेका थिए । खासगरी नेपालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीप्रति आपत्ति जनाउँदै आएपछि इपिजी गठन गरिएको थियो।

आयोगको बैठकले नै इपिजीमा दुई देशका ४–४ जना गरी ८ सदस्य रहने व्यवस्था गरेको थियो । समूहमा दुवै देशले एक÷एक जना सांसद, एक÷एक जना वकिल, एक–एक जना अर्थशास्त्री र एक–एक जना नागरिक समाजका अगुवा रहने व्यवस्था गरेको थियो । त्यसपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ७ गते भारतको राजकिय भ्रमणमा निस्कनुअघि नेपाल तर्फको इपिजी गठन गरेका थिए । सोही भ्रमणका बेला दुवै देशले इपिजीमा रहने आ–आफ्ना देशका प्रतिनिधिको नाम सार्वजनिक गरेका थिए।

इपिजीमा नेपालको तर्फबाट पूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, एमाले नेता राजन भट्टराई, पूर्व कानून मन्त्री निलाम्बर आचार्य रहेका छन् भने भारतका तर्फबाट नेपालका लागि भारतीय पूर्व राजदूत जयन्त प्रसाद, जवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी. लामा, भारतीय जनता पार्टीको उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस