राजधानीसहित, सेती-महाकाली, चितवन, कालिकोट बन्द
३१ जेष्ठ २०६६
•
१० मिनेट पाठ
राजधानीसहित, सेती-महाकाली, चितवन, कालिकोट बन्द
काठमाडौं, असार १ (नागरिक) - पुष्पकमल दाहालले प्रधानमन्त्री भएका बेला विकासको मुख्य बाधक बन्द भएकोले कम्तिमा दुई वर्ष बन्द निषेध गर्न राजनीतिक सहमति जुटाउनु पर्ने बताएका थिए। तर माओवादी सत्ताबाट बाहिरिएपछि दैनिक मुलुकका कुनै न कुनै भाग बन्द हुने गरेका छन्। सम्मुनत नेपालको सपना बाँड्ने दलहरुले  सोमबार काठमाडौं, सेती-महाकाली, चितवन, कालिकोट बन्द गराएका छन्।

काठमाडौंमा बिहानैदेखि यातायात ठप्प पारिएको छ। माओवादी जिल्ला कमिटीका सदस्य राजेन्द्र फुयाँलको  हत्या भएको बताउँदै माओवादीले काठमाडौं बन्दको आव्हान गरेको हो। माओवादी कार्यकर्ताले चोक चोकमा बसेर बिहानैदेखि सवारी साधन रोकेका थिए। उनीहरुले साइकल चलाउन समेत अवरोध गरेका छन्। साइकल र रिक्सामा रहेका यात्रुलाई फलामे रड सहित बसेका माओवादी कार्यकर्ताले रोकेर ओराल्दै डोराएर हिडाउन लगाएका छन्।

वाइसीएल कार्यकर्ताले बन्दका क्रममा बालाजुमा दुईवटा ट्या्क्सी र एउटा माइक्रोबसमा क्षति पुर्‍याएका छन्।
चावहिलमा शहीद गंगालाल अस्पतालका डाक्टर रोशन राउत चढेको मोटरसाइकल जलाइदिएका छन्। माओवादी कार्यकर्ताले कंलकीमा रेलिङ भाँचिदिनुका साथै सडकमा ल्याएर जलाइदिएका छन् भने त्रिपुरेश्वरमा डिभाइडर सडकमा जताततै फालिदिएका छन्।

बालाजुमा एभिन्यूज टेलिभिजनका पत्रकार कृष्ण न्यौपानेको मोटरसाइकल तोडफोड गरिदिएका छन्।

एकसाता अघि अपहरणमा परेका फुँयालको शिक्षण अस्पतलामा पोष्टमार्टम भइसकेपछि आइतबार मात्र आफन्तलाई जानकारी दिएको बताइएको छ। अस्पतालको पोस्टमार्टम रिपोर्टमा फुयाँलको मृत्यु विष सेवनबाट भएको उल्लेख भए पनि माओवादीले युथफोर्सले हत्या गरेको आरोप लगाएको छ।
प्रहरीले काभ्रेस्थलिको प्लटिङमा बेहोस अवस्थामा फेला पारेर उपचारका लागि शिक्षण अस्पताल लैजादै गर्दा चारदिनअघि उनको मृत्यु भएको जनाएको छ। बेहोस अवस्थामा अज्ञात व्यक्तिलाई फेला पारिएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युपछि मात्र फुँयालको पहिचान भएको प्रहरीले जनाएको छ।

प्रहरीले शबको २८ गते शिक्षण अस्पताल महाराजगंजमारुपमा पोष्टमार्टम गराएको थियो। आइतबारमात्र अस्पतालले आफन्तलाई खबर गरेपछि हत्या भएको पुष्टि भएको थियो।

काठमाडौं काभ्रेस्थलिमा घर भएका फुयाल एक सातादेखि सम्पर्कमा थिएनन्। हत्या एमाले निकट युथफोर्सले गरेको भन्दै आफन्त र माओवादी कार्यकर्ताले आइतबार शिक्षण अस्पताल महाराजगंज अगाडि चक्काजाम गरेका थिए।

माओवादी कार्यकर्ताले बालाजु प्रहरी वृतमा पनि तोडफोड प्रयास गरेका थिए। संसदको आइतबारको बैठकमा माओवादी सभासद् पम्फा भुषालले सरकारमा सहभागी दलका कार्यकर्ताले फुयाँलको अपहरण गरेको आरोप लगाएकि थिइन्।

माओवादीद्वारा सुदुरपश्चिम बन्द

नागरिक सर्वोच्चता र राष्ट्रपति कदमबिरुद्धको सङ्कल्प प्रस्ताव सदनमा छलफल माग नगराएको विरोधमा माओवादीले सोमबार सेती र महाकाली अञ्चल बन्द गराएका छन्। सेती-महाकाली राज्य समितिको आह्वानमा गरिएको बन्दले सेतीका बझाङ, बाजुरा, डोटी र अछाम तथा महाकालीका दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको जनजीवन प्रभावित छ। ती जिल्लामा यातायातका साधन र बजार पसल बन्द छन्।

नागरिक सर्वोच्चता माग गर्दै आइतबार सडक शिक्षण गरेको माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक सङ्गठनले सोमबार देशभरका शिक्षण संस्थामा मौन अध्यापन गर्दै छन्।

आइतबार आव्हान गरेको कालिकोट बन्दमा एमाले कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको भन्दै माओवादीले सोमबार फेरि बन्द गराएका छन्।

 

पिछडाबर्गको बन्दले यातायात ठप्प
नेपाल पिछडाबर्ग महासघले आह्वान गरेको मधेश बन्दका कारण पूर्वी तराइको पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन हुन सकेको छैन। बन्दका कारण गन्तव्यका लागि हिडेका सवारी साधन सिरहाको मिर्चैया र सप्तरीको भारदहमा अलपत्र छन्।

सवारी बीच बाटोमै रोक्किदा यात्रामा रहेका हजारौ यात्रु अलपत्र छन्। पिछडा बर्गको बन्दको प्रभाव अन्य जिल्लामा नदेखिए पनि सिरहा र सप्तरीमा बढी छ। बन्दका कारण सिरहा र सप्तरीमा यातायातका साधन चल्न सकेको छैन। यहाँका बजार आशिंक रुपमा मात्र खुलेका छन्।

शैक्षिक सस्थान बन्द छ। बन्दकर्ताहरुको उपस्थिति सडकमा नदेखिए पनि ठाउँ ठाउमा ढुगा तेर्साएर सडक अबरुद्ध पारिएको छ। सिराहाको गोलबजार, धनगढी, लहान र सप्तरीको कदमाहा, कल्याणपुर, रुपनि, भारदहलगायतको सडक खण्डमा महासंघ कार्यकताले ढुगा तेर्साइ अबरोध गरेका छन्।

कांग्रेस कार्यकर्ता हत्याको विरोधमा चितवन बन्द


उता एक महिना अघि अज्ञात समूहद्वारा हत्या गरिएका नेविसंघ चितवन जिल्ला सदस्य गोबिन्द पौडेलको हत्यारालाई कारबाही माग गर्दै चितवन जिल्ला बन्द छ। बन्दका कारण पूर्वपश्चिम राजमार्गमा यातायातका साधन चलन सकेका छैनन् भने बजार पनि बन्द छ।
गोबिन्द पौडेल 'गोपी' लाई भरतपुरको चितवन मावि परिसरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।
हत्यारालाई कार्बाही माग गर्दै गठित दवाव समुहले बन्द आह्वान गरेको हो।

दाङमा पूर्वपश्चिम राजमार्ग बन्द
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ। भारतीय ज्यादतीका कराण बिस्थापित भएका सीमाबासीहरुले आफ्नो वन क्षेत्र अतिक्रमण गरी बसेको भन्दै देउखुरीको कर्री सामुदायिक वन समूहले राजमार्ग अवरुद्ध गरेको हो।
वन समूहले सतबरियाको वनघुस्री र अर्जुनखोलामा ढुङ्गामुढा थुपारेर राजमार्ग बन्द गराएका छन्। बन्दका कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने र सदरमुकाम घोराही आउने जाने सवै मोटरगाडी रोकिएका छन्।
राजमार्ग अवरुद्ध हुँदा दर्जनौ सवारी साधन र सयौ यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन। दाङको सीमा क्षेत्रमा राज्यको उपस्थित नहुँदा भारतीय पक्षबाट ज्यादती भएको र बिकासका पूर्वाधारबाट ठगिएको भन्दै सिमाबासीहरु जेठ १४ गतेदेखि कर्री वन समूहमा बस्दै आएका छन्।
सडक अवरुद्धपछि अर्जुनखोला नजिकैको वेस क्याम्पमा बस राकिराखेका वेला क्याम्पको शौचायलमा पिसाव गर्न गएका एक यात्रु माइन विस्फोटमा परी घाइते भएका छन्। काठमाण्डौबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ३ ख ८९९५ नम्वरको वसका यात्रु गोपाल विक घाइते भएक हुन्। घाइते लाइ उपचारार्थ नेपालगन्ज लगिएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस