पोखरा – खारेजीमा परेका तर अन्यत्र नखटाइएका कर्मचारीले साउनयताको तलब पाएका छैनन् । संघबाट खारेजमा परेका कार्यालयमा चालू आर्थिक वर्षका लागि खर्च गर्ने अख्तियारी र बजेट नआएकाले उनीहरू तीन महिनायता बेतलबी बनेका हुन् । संघीय र प्रदेश सरकारबीच जिल्ला तहमा कस्तो संरचना बनाउने भन्ने टुंगो लागेको छैन । नयाँ शासकीय संरचनामा प्रदेश र संघको चेपुवामा पर्दा कर्मचारीले जिम्मेवारी समेत पाएका छैनन्।
कर्मचारीलाई तलब खुवाउन अघिल्लो साता संघीय अर्थ मन्त्रालयको टोलीसमेत आएको थियो । संघीय र प्रदेशको अर्थ मन्त्रालय तथा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबीच स्थायी कार्मचारीको हकमा सम्बन्धित कार्यालयमा अख्तियारी पठाएर तलब खुवाउने समझदारी भएको थियो । प्रदेश मातहत रहेका र खारेज भएका कार्यालयका कर्मचारीलाई तलब खुवाउन कार्यालय प्रमुखलाई अख्तियारी दिने, प्रदेशको हकमा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय र अपुग रकम संघीय अर्थ मन्त्रालयबाट माग गर्ने समझदारी भए पनि सम्बन्धित कार्यालयमा अख्तियारी दिने मानिस नभएको हुँदा कर्मचारी तलबविहीन बनेका हुन्।
दरबन्दीमा रहेका, फाजिलमा रहेका, कर्मचारीको विवरण प्रदेशको अर्थ मन्त्रालयमा पठाउने र अपुग रकम संघको अर्थ मन्त्रालयले दिने, संघीय मन्त्रालयले शोधभर्ना गरेर मिलान गर्ने भनिए पनि सबै कार्यालयका कर्मचारीले तलब पाउन सकेनन् । प्राविधिक कारणले अख्तियारी दिने कर्मचारी नहुँदा यो समस्या आएको हो । तर, सबै कर्मचारी भने तलबविहीन भएका छैनन् । २९ वटा विषयगत कार्यालय रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयका कर्मचारीले तलब बुझिसकेका छन् । कृषि, उद्योग, वन, सामाजिक विकास मन्त्रालय मातहतका कार्यालयमा भने यो समस्या देखिएको छ।
कार्यालय स्थापना भएका र कार्यालय प्रमुखले पदस्थापन गरेको कार्यालयमा कार्यालय प्रमुखलाई नै अख्तियारी दिएर कर्मचारीलाई तलब दिइएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मुक्तिप्रसाद पाण्डेले खारेजीमा परेका कार्यालय र जिम्मेवारी नपाएका कर्मचारीले तलब खान नपाएको बताए । प्रदेशमा तलब नपाउने कर्मचारीको यकिन तथ्यांक भने छैन । पाण्डेले भने, ‘पदस्थापन भएको र कार्यालय प्रमुख भएको कार्यालयमा समस्या छैन तर खारेजीमा परेका कार्यालय, नखटाइएका कर्मचारी, कार्यालय प्रमुख नभएका कार्यालयका कर्मचारीले भने तलब पाउँदैनन् ।’ उनका अनुसार प्रदेशलाई यसको अख्तियारी पनि छैन।
प्रदेशलाई आवश्यक कर्मचारीको दरबन्दी संरचनालाई स्वीकृत नगरी सामान्य प्रशासन मन्त्रालयले मनोमानी रूपमा किस्तामा कर्मचारी पठाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिनामा नै प्रदेशले सबै मन्त्रालयअन्तर्गत आवश्यक सबै कार्यालय र कर्मचारीको दरबन्दी पठाएको थियो।
तर, प्रदेशले पठाएको दरबन्दी भने स्वीकृत नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लालमणि ओझाले बताए । ‘पछिल्लोपटक सामान्यले विषयगत रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अन्य मन्त्रालयका संरचनागत कार्यालयमा खटाउने गरी कर्मचारी पठाएको छ तर यो अपुग छ,’ उनले भने, ‘हामीले पठाएको भन्दा अर्को संरचनामा कर्मचारी आउने गरेका छन्, कति कर्मचारी आउने हुन् भन्ने पनि निश्चित छैन।’
संघको ढिलाइकै कारण कर्मचारीहरू फाजिल बन्दा तलबमा समस्या देखिएको हो । नयाँ संरचनामा गएपछि खारेज भएका कार्यालयका कर्मचारी, फाजिल कर्मचारी र करारका कर्मचारी गत साउनदेखि नै बेतलबी बनेका थिए।
बेतलबी समस्या हटाउन अघिल्लो सातादेखि नै गृहकार्य भए पनि अख्तियारी पाउने व्यक्ति कोही हाजिर नै नभएको, कोही विदेश भएको हुँदा यो समस्या देखिएको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसालले बताए । ‘सामान्य प्रशासन मन्त्रालयले अख्तियारी दिए तापनि सबै कार्यालय स्थापना पनि भइसकेका छैनन् । स्थापित कार्यालयमा कार्यालय प्रमुख पनि छैनन् । कार्यालय प्रमुख नहुँदा अख्तियारीको समस्या देखिएको हो ।’ उनले थपे, ‘अन्य प्रदेशको तुलनामा गण्डकीमा सहज छ तर सबै कार्यालयमा पोस्टिङ नहुँदा यो अवस्था आएको हो।’
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १८, सामाजिक विकास मन्त्रालयमा ३१, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २४ र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत २९ वटा कार्यालय रहनेछन् । यसमा निर्देशनालय, डिभिजन र सबडिभिजनस्तरका कार्यालय छन्।
निर्देशनालय पोखरामै रहने र सबै जिल्लामा कुनै न कुनै डिभिजन वा सबडिभिजन कार्यालय रहनेछन् । ती कार्यालयले सम्बन्धित जिल्लाबाहेकका अन्य जिल्लाको पनि काम हेर्नुपर्नेछ । प्रवक्ता बस्नेतका अनुसार पुरानै संरचना र पुरानै कर्मचारीलाई नयाँ जिम्मेवारीका साथ गण्डकी सरकारले स्थापना गर्ने कार्यालयमा खटाउनेछ।
उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास (भवन) निर्देशनालय रहनेछ । गोरखा, बाग्लुङ र कास्कीमा ३ वटा भवन डिभिजन कार्यालय रहनेछन् । यस्तै, खानेपानी डिभिजन कार्यालय गोरखा, तनहुँ, स्याङजा र बाग्लुङमा रहनेछन् । नवलपुरसहित लमजुङ, कास्की, पर्वत र म्याग्दीमा भौतिक पूर्वाधार डिभिजन कार्यालय रहनेछन् । जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मनाङ र मुस्ताङमा रहनेछन् भने बाँकी जिल्लामा डिभिजन कार्यालय स्थापना गरिने बस्नेतले जनाए।
यातायात व्यवस्था विभागअन्तर्गतको सवारीचालक अनुमतिपत्र र यातायात व्यवस्था कार्यालय प्रदेशका ४ ठाउँमा रहनेछन् । कास्कीमा रहेको साबिकको यातायात व्यवस्था र सवारीचालक अनुमतिपत्र कार्यालयसँगै बाग्लुङ मा पनि सोही सेवा दिने कार्यालय रहनेछन् । तनहुँ र नवलपुरमा भने यातायात व्यवस्था विभागमात्र रहनेछ । यी कार्यालयले सवारी चालक अनुमतिपत्रको कार्य गर्दैनन्।
संघ सरकारले नवलपुरमा कार्यालय राख्ने अनुमति नदिए तापनि गण्डकी सरकार आफैले तत्कालै कार्यालय खोल्ने र केन्द्रसँग अनुमति पनि माग्ने मन्त्री बस्नेतले जनाए । नवलपुरका सेवाग्राहीले ३ र ५ नं. प्रदेशमा पुगेर राजस्व बुझाउनुपर्ने बाध्यताको अन्त्य गर्न गण्डकी सरकार आफैंले कार्यालय खोल्न लागेको उनले बताए । ‘त्यहाँ कार्यालय खोल्दा हामीलाई राजस्व संकलन गर्न पनि सहज हुन्छ, अन्य प्रदेशमा जानुपर्ने झन्झट पनि हुँदैन,’ उनले भने।
साउनको अन्तिम सातामात्र प्रदेशका मन्त्रालय मातहतमा रहने कार्यालयको टुंगो लागेको थियो । सामान्य प्रशासनले पठाएको संगठन संरचनाबमोजिम गण्डकी प्रदेशमा १०२ वटा कार्यालय रहनेछन् । यसमा चारवटा मन्त्रालयका ६ वटा निर्देशनालय पनि समावेश छन्।

प्रदेश मातहत रहेका र खारेज भएका कार्यालयका कर्मचारीलाई तलब खुवाउन कार्यालय प्रमुखलाई अख्तियारी दिने, प्रदेशको हकमा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय र अपुग रकम संघीय अर्थ मन्त्रालयबाट माग गर्ने समझदारी भए पनि सम्बन्धित कार्यालयमा अख्तियारी दिने मानिस नभएको हुँदा कर्मचारी तलबविहीन बनेका हुन्।