ओभरटेक होइन, वेटिङ
१३ कार्तिक २०७५
•
६ मिनेट पाठ
ओभरटेक होइन, वेटिङ
पोखरा - संविधानले दिएको अधिकारको लागि पनि संघको मुख ताक्नुपर्ने अवस्था आएको टिप्पणी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रहेको छ। उनी बेलाबेला यही कुरा दोहो-याइरहन्छन्। प्रदेश आफैंले कानुन बनाउन सक्ने भए तापनि उक्त कानुन संघीय कानुनमा आधारित हुनुपर्ने संवैधानिक प्रावधानका कारण गण्डकी प्रदेशले मुख्य कानुनमा हात हाल्न सकेको छैन।

प्रदेशले कानुन बनाए तापनि त्यो लागू हुने अवस्था नभएपछि गण्डकी प्रदेशले संघलाई नै कुरेको छ। प्रदेश नं. २ ले संघलाई नै ओभरटेक गरी प्रहरी ऐन ल्याए तापनि यहाँ भने प्रदेश कानुनको लागि संघलाई ओभरटेकको सट्टा वेटिङ गर्ने मुख्यमन्त्रीले एक कार्यक्रममा बताएका छन्।

पोखरामा गत महिना भेला भएका मुख्यमन्त्रीहरुले साझा अजेन्डा बनाएर भदौ २३ गतेको अन्तरपरिषद् बैठकमा पेश गर्ने निर्णय गरे तापनि प्रधानमन्त्री अध्यक्ष रहने उक्त परिषद्को बैठक निर्धारित मितिको अघिल्लो दिन रोकियो। त्यसयता परिषद्को बैठकको कुनै टुंगो लागेको छैन। प्रदेशको समस्याको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने र संघ तथा प्रदेशको आन्तरिक समस्या हल गर्ने उक्त बैठकको विषयमा पहल नभएपछि प्रदेशहरु अन्योलमा छन्।

अघिल्लो महिनाको ८ गते बर्खे अधिवेसन सकेको गण्डकी प्रदेशको हिउँदे अधिवेसन तत्काल सुरु हुने संकेत पनि देखिएको छैन। गण्डकी प्रदेशले सामान्य प्रशासनिक कानुन र कार्यविधी बनाएर नीति तथा कार्यक्रम र बजेट ल्याई तत्काल अड्को फुकाए तापनि बजेट कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन संघकै मुख ताकेको छ।

संविधानको अनुसूची ६ ले व्यवस्था गरेका प्रदेशले बनाउनसक्ने एकल कानुनहरु सबै संघीय कानुनमा अन्र्तनिहित रहनेछन्।

बजेट कार्यान्वयन गर्न प्रदेशको आफ्नै कर्मचारी चाहिने, सुरक्षाकर्मी चाहिने तर कर्मचारी भर्ना गर्न आवश्यक प्रदेश निजामती सेवा र अन्य सरकारी सेवासम्बन्धि कानुन, प्रदेश लोकसेवा ऐन, सुरक्षाको लागि प्रदेश प्रहरी ऐनका लागि संघलाई नै कुर्ने मुख्यमन्त्री गुरुङले आइतबारको कार्यक्रममा बताएका थिए। प्रदेश नं. २ ले प्रदेश प्रहरी ऐन ल्याए तापनि गण्डकी प्रदेशलाई भने त्यसको हतारो नभएको उनको आसय थियो।

प्रदेश प्रहरी, लोकसेवा, निजामती, अनुसन्धान, तथ्यांक, खानी, गुठी, भूमिलगायतका ऐनहरु प्रदेशको एकल अधिकारको सूचीमा रहेका छन्। यी कानुनहरु प्रदेशले बनाएका छैनन्।

बर्खे अधिवेशनको अन्त्यसम्ममा प्रदेशले ‘प्रदेश आकश्मिक कोषलाई व्यवस्था गर्न बनेको विधेयक’ र ‘स्थानीय तहको कानुन निर्माणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बनाएको छ। यस्तै, कर तथा गैरकर सम्बन्धमा व्यवस्था गर्ने विधेयक र राजस्व बाँडफाँट तथा हस्तान्तरण सम्बन्धी विधेयक पनि बनाएको छ । यी विधेयक पारित भएपछि मात्र प्रदेशको बजेट आएको थियो।

प्रदेशले असारमा ५ वटा, साउनमा २ वटा, भदौमा १ वटा र असोजमा २ वटा गरी कुल १३ वटा विधेयक प्रदेशसभाले बर्खे अधिवेशनबाट पारित गरेको छ । यसमा प्रदेशसभा नियमावली दोस्रो संशोधन समेत समावेश भएको छ।

विभिन्न मितिमा पारित विधेयकमा दुग्ध विकास प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्ने विधेयक, प्रदेश विनियोजन विधेयक, आकश्मिक कोष सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, स्थानीय तहको कानुन निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश कानुनलाई संशोधन गर्न बनेको विधेयक, प्रशासकीय कार्यविधि (नियमित गर्ने) विधेयक रहेका छन्।

३ वटा विधेयक भने प्रक्रियामा नै रहेका छन्। बर्खे अधिवेसनले पारित नगरेका प्रदेशसभा सचिवालय ऐन, सहकारी विधेयक र वर पिपल चौतारो संरक्षण तथा व्यवस्थापन सम्बन्धी विधेयक हिउँदे अधिवेशनको लागि सरेका छन्।
अर्को समाचार
प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश
२६ कार्तिक २०७५
•
५ मिनेट पाठ
प्रहरी ऐन ल्याउँदै गण्डकी प्रदेश
पोखरा- गण्डकी प्रदेश सरकारले पनि प्रदेश प्रहरी ऐन ल्याउन सहमति दिएको छ। संघलाई ओभरटेक नगरि वेटिङ गर्ने धारणा बनाएको प्रदेश सरकार आफै ऐन ल्याउन कस्सिएको हो। प्रदेश प्रहरी ऐन ल्याउन लागेको दोश्रो प्रदेश पनि गण्डकी हो। यसअघि नै प्रदेश नं. २ ले प्रहरी ऐन पारित गरेपछि संघ सरकार र प्रदेश सरकारबीचको अधिकारको विषयमा तरंग ल्याएको थियो।

प्रदेशले ल्याउन लागेको प्रहरी ऐनलाई प्रदेशका कानुनमन्त्री हरिबहादुर चुमानले संघ सरकारलाई दबाबको संज्ञा दिए।

‘हामीले कहिलेसम्म कुर्ने, कुर्नुको पनि हद हुन्छ, हात बाँधेर बस्नुपरेको छ’ उनले भने, ‘प्रदेश २ ले ऐन पारित नै गरिसक्यो, यसले दबाब त सिर्जना भएको छ नै, हामीले पनि दबाबस्वरुप ऐनको तयारी गरेका हौँ।’

चुमानका अनुसार प्रदेश प्रहरी ऐनको ड्राफ्ट तयार भईसकेको छ र अब एक चरण विषय विज्ञहरुसँग छलफल गरेर यसलाई पूर्णता दिईनेछ।

तर, संघले संघीय प्रहरी ऐन नबनाएको खण्डमा भने प्रदेशले थप दबाद दिन सक्ने उनले संकेत गरे। ‘हामीले केन्द्रसँग ऐन बनाउन माग गरेकै छौँ, संघ सरकारले अध्यादेशबाट भएपनि ऐन ल्याउने भनेको छ, ल्याएछ भने ठिकै भयो, त्यसमै आधारित रहेर बनाऔँला, नल्याएको खण्डमा भने हामीले सदनमा पेश गर्नेछौँ’ उनले भने। संघीय ऐनसँग बाझिने ऐन बनाउन प्रदेश ईच्छुक नभएको उनको आशय थियो।

ऐन अनुसार प्रदेश प्रहरीको नेतृत्व एआइजीले गर्न सक्ने गरी ड्राफ्ट तयार पारेको स्रोतको दाबी छ। यस विषयमा कानुन मन्त्री चुमानले पनि प्रदेशको नेतृत्व एआइजीले गर्दा नै राम्रो हुने तर्क गरे। गण्डकी सरकारको कामको पहिलो प्राथमिकता नै प्रहरी ऐनलाई बनाएर काम अघि बढाएको उनको भनाइ छ।

प्रदेश सरकारहरु गठन भएको वर्षदिन पुग्न लाग्दा पनि संघले संघीय प्रहरी ऐन ल्याउने छाँटकाँट नदेखाएपछि प्रदेश आफैले आवश्यकता अनुसार प्रदेश प्रहरी ऐन ल्याउन लागेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

‘हामीले हाम्रो आवश्यकता अनुसार प्रहरी ऐन ल्याउन लागेका हौँ, अहिले सैद्धान्तिक सहमति मात्र दिईएको छ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यो ऐन बनाउनेछ’ उनले भने। तर, लागु गर्ने विषयमा भने अहिले नै बताउन नसकिने उनले बताए।

‘संघले संघीय प्रहरी ऐन बनाए सजिलो भईहाल्यो नत्र, हामीले हाम्रो आवश्यकता अनुसार गर्नेछौँ’ बस्नेतले भने, ‘तर, ऐन बनेर पारित गर्ने प्रक्रियाको बिचमा लामो समय रहनन्छ, ऐन पारित हुने बेलासम्मको आवश्यकता के हुन्छ सो अनुसार नै गर्नेछौँ।’

असोज पहिलो सातादेखि रोकिएको प्रदेशसभा बैठक सुचारुको लागि बिजनेश दिन ऐनको सहमति दिईएको उनले बताए।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भने संघ सरकारलाई दबाब दिनको लागि भएपनि ऐन ल्याउन लागिएको बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषदको निर्णयपछि ऐन बनाउने बाटो खुलेको बताए। उनले भने, ‘आवश्यक व्यक्ति तथा विज्ञसँग छलफल गरेर ड्राफ्टलाई अन्तिम रुप दिनेछौँ।’

संविधानको भाग २८ अन्तर्गत राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्थाको धारा २६८ ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग रहने उल्लेख गरेको छ। त्यसका लागि उक्त धाराको उपधारा १ ले प्रत्येक प्रदेशमा प्रदेश प्रहरी संगठन राख्न सकिने र उपधारा २ ले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था गरेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस