काठमाडौँ, भदौ ९ (नागरिक)- रक्षामन्त्री विद्या भण्डारीले प्रधानसेनापति छत्रमान सिंह गुरुङको राजनीतिक भेटघाट आफू र प्रधानमन्त्री माधवकुमार नेपालको पूर्वस्वीकृतिमा भएको बताएकी छन्।
'प्रधानमन्त्रीले नै सेनापतिलाई सेना समायोजन विशेष समितिका सदस्य रहेका राजनीतिक दलका नेतासमक्ष आफ्नो अवधारणा राख्न निर्देशन दिनुभएको हो,' भण्डारीले मंगलबार बेलुकी नागरिकसित भनिन्, 'त्यसबारे मसँग पनि स्वीकृति मागिएको थियो, जानकारीबेगर भेटिएको होइन।'
राष्ट्रसंघीय मिसन (अनमिन) को अनुगमन दायरामा नेपाली सेना हटाउनुपर्ने भन्ने सेनापतिको भनाइप्रति सहमति जनाउँदै भण्डारीले भनिन्, 'त्यो विशेष अवस्थामा कम्प्रोमाइज्ड गरिएको हो, अब दुई पक्ष भन्ने नरहेकाले अनमिनको म्याद थप भएमा सेनालाई अलग राख्नुपर्छ।'
'माओवादी लडाकु र नेपाली सेना समानान्तर कदापि हुन सक्दैनन्, राष्ट्रिय सेना र लडाकुको कुनै साइनो र सम्बन्ध छैन,' उनले भनिन्, ' अनमिनलाई लडाकु र उसका हतियारको मात्रै अनुगमन गर्ने म्यान्डेट दिएर मात्र राख्नुपर्छ।'
विगतको द्वन्द्वरत पक्ष एकपटक सत्तामा पुगिसकेको अवस्थामा बृहत् शान्तिसम्झौतामा उल्लेख भएको द्विपक्षीय अनुगमन समाप्त भएको उनको जिकीर थियो। 'अहिलेको अवस्थामा समायोजन भन्ने शब्दकै दुरुपयोग भइरहेको छ, उनीहरूलाई समाजमा समायोजन गर्ने अर्थमा बुझिनुपर्छ,' उनले भनिन्, 'त्यही भएर मैले शान्तिसम्झौता पुनरावलोकन हुनुपर्छ भन्ने अडान राख्दै आएकी हुँ।'