अदालतले अब के गर्ला ?
०५ फागुन २०७५
•
१९ मिनेट पाठ
अदालतले अब के गर्ला ?
काठमाडौं - पहुँच र प्रभावका भरमा ऐतिहासिक र सांस्कृतिक महत्वको ठमेल थँबहिलस्थित कमलपोखरीको जग्गामा निर्माण गरिएको १५ तले छाया कम्प्लेक्समा सर्वोच्च अदालतको फैसलाबमोजिम ऐतिहासिक कमलपोखरी वा पाँच अर्ब लागतमा बनेको भनिएको कम्प्लेक्समध्ये कसको पक्षमा हुने हो ? प्रधानन्यायाधीश भएपछि चोलेन्द्रशमशेर राणाले महत्वपूर्ण फैसला गरेको सन्दर्भमा पेसी चढेर प्रतीक्षामा रहेको कमलपोखरी जग्गाबारे मुद्दाले कुन मोड लिई कस्तो नतिजा पाउने हो भन्ने सर्वत्र चासो बढेको छ।

देशको पर्यटकीय केन्द्र ठमेलमा अवस्थित उक्त जग्गामाथि एक सय वर्षयता चलखेल हुँदै आएको हो। कमलपोखरीको हडपिएको १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा प्रचलित बजार मूल्य तीन अर्ब रुपैयाँभन्दा बढी छ। अनिल प्रधानले छाया कम्प्लेक्स बनेकोमध्ये विवादमा परेको जग्गा श्री सिंह सार्थ बाहु गरुड भगवान गुठीअन्तर्गतको कमलपोखरीको जग्गा हो भनी दायर गरेको मुद्दामा गुठी संस्थानसमेत सामेल भएको संस्थानका कानुन अधिकृत जनक पोखरेलले जानकारी दिए। ‘मुद्दाको पेसी चढिसकेको छ, पालो आएपछि बहसमा जान्छौं,’ उनले भने। अदालतले दायर मुद्दामा जबाफ मागेपछि तथ्यसहित लिखित जबाफ दिएको पोखरेलले जानकारी दिए। कम्प्लेक्स बनेको ‘गुठी रैतानी’ को जग्गाको मुद्दा अगाडि बढाउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि यसैबारे थप मुद्दा दायर भई कारबाही अगाडि बढ्ने अवस्था बनेको हो। छाया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडे अदालतले विगतमा नै फैसला गरिसकेको विषय भएकाले पछिल्लो विकसित घटनाक्रमबारे शंका व्यक्त गर्छन्। उनी भन्छन्, ‘अदालतले फैसला गरिसकेपछि भवन निर्माण सुरु गरिएको हो। निर्माण सुरु भएपछि मुद्दा हालिएको छ।’

श्री सिंह सार्थ बाहु गरुड भगवान् गुठीका गुठीयार भागवतनरसिंह प्रधानले ‘गुठी रैतानी निर्णय बदर गराईपाऊँ’ भनी दायर गरेको मुद्दामा २०७३ चैत १० गते न्यायाधीशहरु जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासबाट मुद्दा अगाडि बढाउन निस्सा प्रदान गरेपछि विवादास्पद जग्गाबारे कानुनी प्रक्रियाले अर्को मोड लिएको हो। गुठी संस्थानका प्रवक्ता सरोज थपलिया निस्सा प्रदान गरिएकाले यस मामिलामा कानुनी उपचारको मार्ग खोलिएको बताउँछन्। त्यसपछि सर्वोच्चले मालपोतसँग मिसिल माग्यो।

सर्वोच्चले निस्सा प्रदान गरेको र प्रामाणिक दस्ताबेजले पनि कम्प्लेक्स बनेकोमध्ये १२ रोपनी १३ आना २ पैसा २ दाम जग्गा कमलपोखरीको हो भन्ने ठोस प्रमाण मिलेकाले योजनाबद्ध तरिकाले प्रमाण नष्ट गर्ने गतिविधि देखिएको छ। निस्सा प्रदान गरी मुद्दा अगाडि बढेपछि सर्वोच्चले २०७४ चैत २७ मा मालपोत कार्यालय काठमाडौंलाई जग्गाधनी स्रेस्ताको सक्कल मिसिल माग्दा उपलब्ध गराउन सकेन। उसले मागबमोजिम २०४४ मंसिर २३ मा ‘श्री ५ को सरकार’ को नाममा दर्ता कित्ता नम्बर १६७ को जग्गाधनी स्रेस्ताको सक्कल मिसिल पठाउन नसकिएको पत्र सर्वोच्चलाई पठायो।

प्रमाणिक दस्ताबेज

कमलपोखरीको जग्गामा केशरशमशेर राणाले राणा शासनकालमा प्रभाव देखाएर हडपेको तथ्य गुठी संस्थानको दस्ताबेजहरुले देखाएका छन्। राणाका सन्तान जग्गा दाबी गर्दै अदालतमा पुग्ने र गुठीयारहरूलाई प्रभावमा पार्ने गरिरहे। त्यसपछि पाँडे परिवारको हातमा पुगेको उक्त जग्गामा कम्प्लेक्स निर्माण भयो। जिम्मेवारी र जबाफदेहिता हुनुपर्ने राज्यको महŒवपूर्ण पदमा पुगेकासमेत विवादमा मुछिएको तथ्य खुल्यो।

२०२४ साल जेठ १ गतेको गुठी संस्थानको दस्ताबेजअनुसार कमलपोखरीको डिलको २६ रोपनी जग्गा हडपेर सट्टाभर्नासमेत नदिइएको उल्लेख छ। दस्ताबेजको बुँदा नम्बर ४ मा भनिएको छ, ‘फिल्ड मार्सल केशरशमशेर जबराबाट कम्पाउन्डभित्र पारी पर्खाल लगाई चलन गर्नुभयो र पोखरीको आयस्ताबापत रु १२५ सालना दिने गरेको छ। पोखरीको डिलको जग्गाको सट्टाभर्नालाई जग्गा खोजी जाहेर गर्नू भन्ने उहाँको १९७८ साल माघ २ गतेको दस्तखत पनि छ। त्यसको सट्टा भर्ना र बाली आजसम्म पाएको छैन। सो गुठी जग्गाको बाली आयस्ता नपाएको बेहोरा उहाँ जीवित हुँदा निवेदन गर्दा मिलाई दिने मौखिक आश्वासनसम्म पाएको आधारमै बसी रहेको थियो त्यसपछि उहाँको रानी छेउ निवेदन गरी पठाएकोमा केही जबाफ दिनु भएन। त्यसो हुनाले गुठी संस्थानबाट सो दिलाउने विषयमा लेखा पढी भई दिएझैं झगडा गरी वर्षौंसम्म अलमलिनु नपरी काम हुने थियो।’ यसबाट जग्गा हडपिएको र आयस्ता रकम पनि नदिने जग्गा सट्टाभर्ना पनि नदिने व्यवहार देखिन्छ।

जग्गा हत्याउन विगतबाट नै योजनाबद्ध तरिकाले पहुँचवाला ठूलो गिरोह लागेको तथ्य फेला परेको छ। विवादित जग्गा राजगुठी सिंह सार्थबाहु गरुड भगवान् गुठीको नामको हो भन्ने तथ्य १९७७ मा केशरशमशेर राणाले पोखरीको आयस्ताबापत एक सय २५ रुपैयाँ दिने गरेको प्रमाणले देखाउँछ। गुठी संस्थानसँग उक्त जग्गा गरुड भगवान् गुठीको हो भन्ने ऐतिहासिक दस्ताबेज सुरक्षित छ। उक्त जग्गा कमलपोखरी र डिल कायम हुनुपर्ने भनी २०२७ मा दायर गरिएको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको इजलासले २०३३ पुस ३ गते निवेदकका पक्षमा फैसला गर्दै श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीको मातहत गरेको पुरातात्विक महत्वको कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने’ भनेको छ। तर कानुनको छिद्रमार्फत पहुँच र प्रभाव देखाउँदै ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा व्यक्तिका नाममा पटकपटक कित्ताकाटपछि खरिदबिक्री भएको देखिन्छ। २०३३ को नापीअनुसार १६७ कित्ता नम्बरको जग्गा १२ रोपनी १३ आना २ पैसा २ दाम देखिन्छ। २०३९ जेठ २४ को जग्गाधनी पुर्जामा पोखरी उल्लेख गरी जग्गाधनी गुठी उल्लेख छ। २०४२ सालको फिल्डबुकमा समेत पोखरी लेखिएको छ।

जग्गामा चलखेल

२०३३ माघ ८ मा गुठीयार, केयूरशमशेर र गुठी संस्थानबीच सर्वोच्च अदालतमा मिलापत्र भई जग्गाको बहाल तिर्ने सहमति भएको देखिन्छ। २०३९ सालमा मोही दर्ता गरी कित्ता नम्बर १६७ बिक्री गरिएको थियो। गुठी संस्थान ऐनअनुसार ऐतिहासिक तथा पुरातात्विक महत्वका पोखरी, मठमन्दिर, बागबगैंचा आदि जग्गामा मोहीसमेत कायम नहुने व्यवस्था भए पनि कित्ताकाट गरी सुरुमा बिना पौड्याल र त्यसपछि सुधा पौड्याललाई राजीनामा गरिदिएका थिए। उक्त जग्गामध्ये बिनाले खरिद गरेको कित्ता नम्बर १६१८ र सुधाले खरिद गरेको १६१६ काम गरियो। कित्ता नम्बर १६१८ कित्ता केयूरशमशेर राणाकै नाममा रह्यो। केयूरको मृत्युपछि अम्बिका राणाका नाममा जग्गा दर्ता भयो। पौड्यालद्वयको नामको दुई कित्ता जग्गा शंकरप्रसाद शाहको नाममा पास गरियो। २०४४ मा उक्त जग्गा श्री ५ को सरकारको नाममा आयो। २०४७ मा गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरिदियो। तर गुठी संस्थानले रैतानी सच्याएर पुरानै अवस्थामा फर्कायो। अम्बिका राणा अदालत गएपछि अदालतले रैतानीको पुरानो निर्णयलाई सदर ग-यो। मुद्दा रोकिएन।

२०६२ मा गुठीयार र राणाबीच विवादास्पद सम्झौता भई गुठीको सबै पर्व परम्परा सञ्चालन गर्न एक करोड ५० लाख रुपैयाँ दिने र गुठीयारले हकदाबी छाड्ने विवादास्पद सहमति गराइयो। गुठीको जग्गामा केही गुठीयारले चलखेल गरेको तथ्य भेटिन्छ। २०६३ मा सुरेशाय हाउजिङलाई जग्गा बिक्री गरियो। २०६४ मा सुरेशायले कित्ता नम्बर २४१२ र शंकर शाहले कित्ता नम्बर १६१६ र १६१८ को विवादास्पद जग्गा प्रतिमा पाँडेलाई बिक्री गरेको मालपोत कार्यालयको रेकर्ड छ। पाँडेको नाममा जग्गा पुगेपछि छायादेवी कम्प्लेक्स प्रालिका नाममा पास गरेर छाया कम्प्लेक्स निर्माण प्रक्रियालाई गति दिएको देखिन्छ। प्रतिमा छाया सेन्टर प्रालिका ४३ जना सेयरहोल्डरमध्ये पर्छिन्। उनको नाममा एक करोड २४४ हजार चार सय रुपैयाँ बराबरको सेयर छ। लगानीकर्ताको लगानी रकमसहित नामावली फ्री प्रेस नेपालले सार्वजनिक गरिसकेको छ।

कम्प्लेक्समा सेयरधनीमध्ये व्यापारिक घराना पाँडे परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ। फ्री प्रेस नेपालले कम्पनिी रजिस्ट्रार कार्यालयको स्रोत उल्लेख गरी सार्वजनिक गरेको नामावली र लगानी रकमअनुसार चर्चित व्यापारी पृथ्वीबहादुर पाँडेको सात करोड ७८ लाख ३४ हजार ६ सय लगानी देखिन्छ।

यसैगरी दीपकमान शेरचनको चार करोड ७३ लाख ७१ हजार, महेश्वरप्रकाश श्रेष्ठको तीन करोड ३० लाख ५५ हजार, सिद्धान्तराज पाण्डेयको ३३ लाख ७० हजार र योगेन्द्रबहादुर शाक्यको ९४ लाख एक सय रुपैयाँ लगानी छ। कम्प्लेक्समा विकास थापाको ८३ लाख ५५ हजार, प्रजन्य राजभण्डारीको दुई करोड ५० लाख ६७ हजार, सिद्धान्तबहादुर पाँडेको १९ लाख ७२ हजार, राजधानी इन्भेस्टमेन्ट फन्ड प्रालिको दुई करोड २४ लाख चार हजार, सुरेशलाल श्रेष्ठको ५२ लाख, ज्ञानेन्द्र खनालको एक करोड, सीताराम महासेठको एक करोड रुपैयाँ सेयर छ। यस्तै हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड लिको तीन करोड ४८ लाख, महेन्द्रलाल प्रधानको दुई करोड ६७ लाख ३८ हजार, रवीन्द्र राजभण्डारीको ५० लाख, महेश खनालको ५० लाख, दीक्षान्त दाहालको ६७ लाख ५० हजार रुपैयाँ लगानी छ।

कम्प्लेक्समा आशिष पौड्यालको ४० लाख, योगेश भण्डारीको एक करोड १५ लाख, सुमनविक्रम पाण्डेको दुई करोड, अनु पाण्डे पन्तको ७८ लाख रुपैयाँ सेयर रहेको छ। अन्य लगानीकर्तामा नेमेन्द्रजंग थापा एक करोड, मिजास भट्टचन तीन करोड ५४ लाख १९ हजार आठ सय, किरणमान शेरचन ६८ लाख दुई हजार, मनोहरप्रसाद शेरचन एक करोड ६० लाख ४३ हजार छन्। कम्प्लेक्समा शान्तबहादुर मल्लको ९४ लाख एक सय, ध्रवनारायण श्रेष्ठको ६२ लाख ६६ हजार आठ सय, प्रयुष राजभण्डारीको ५० लाख, प्रणय राजभण्डारीको ५० लाख, उर्मिला पाण्डेको ७१ लाख ५० हजार, पिएमएफ इन्भेन्टमेन्ट प्रालिको ४८ लाख, पूर्वप्रधानसेनापति प्रज्ज्वलशमशेर जबरा र उनकी पत्नी सिन्धु राणाको २५–२५ लाख रुपैयाँ लगानी रहेको छ। अन्य लगानीकर्तामा स्याकार ट्रडिङ कम्पनिी प्रालि तीन करोड ५० लाख, रेखा घिमिरे तीन करोड १० लाख, इन्दु शर्मा नौ लाख, प्रज्वल भण्डारी ८५ लाख, प्रतिमा पाँडे एक करोड २२ लाख ४४ हजार चार सय, निर्मल प्रधान ६ करोड ५० लाख, लक्ष्मी शाक्य १० लाख, प्रेम शोभा तुलाधर ४० लाख, रक्षक महत ५० लाख र पारुल पाँडे ८ लाख ७७ हजार दुई सय रुपैयाँ छन्।

यसरी उक्त कम्प्लेक्समा अधिकांश पहुँचवाला व्यक्तिको सेयर रहेको पाइएको छ। मोहियानी कायम नहुने राजगुठीअन्तर्गतको पोखरीको जग्गा निजी गुठी दाबी गरी मोहियानी कायम गरी पटकपटक किनबेच गरी लालपुर्जा घुमाएर पहुँच र प्रभावका भरमा भवन निर्माण भएको हो। जग्गा नामसारी गर्दा गुठी संस्थानअन्तर्गतको काठमाडौंस्थित गुठी कार्यालयका कर्मचारीलाई प्रभावित पारिएको छ भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाका कर्मचारीलाई प्रभावित पारिएको छ। पुरातात्विक महत्वको विवादास्पद जग्गामा महानगरपालिकाले १४ तले भवनको नक्सा पास गरिदिएको थियो। अझै निर्माण बाँकी रहेको भवनलाई महानगरपालिकाले हतारहतार ६ महिनाअगावै निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेको छ। लालपुर्जा र कानुनी प्रक्रिया पूरा गरेर आएपछि नक्सा पास गरेको र ६ महिनाअगाडि निर्माण सम्पन्नको प्रमाणपत्र दिएको महानगरपालिकाका नक्सा विभागका एक अधिकारीले जानकारी दिए।

छाया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडे कम्प्लेक्स बनेको जग्गा विगतमा निजी गुठीको भएको दाबी गर्छन्। उनले पटकपटक बिक्रीवितरण भई तीनवटा लालपुर्जा बनिसकेको जग्गामाथि विवाद निकाल्नु जायज नभएको बताए। ठूलो धनराशि लगानी भइसकेपछि मुद्दा हालिएको उल्लेख गर्दै पाँडेले बैंकहरूले समेत आफूहरू कानुनसम्मत तरिकाले अगाडि बढेकाले लगानी गरेको बताए। तर, संस्कृतिविद् डा. रमेश ढुंगेल हजार वर्ष पुरानो जिउँदो सम्पदा मास्ने योजनाबद्ध कदमलाई सभ्यता र संस्कृतिविरोधी गतिविधि भन्छन्। इतिहासले प्रमाण गरेको पोखरी मासेर बनाइएको भवन भत्काउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘ऐतिहासिक प्रमाणका आधारमा अदालतले फैसला गरेमा जतिसुकै भव्य भवन पनि भत्काउनुपर्छ।’
अर्को समाचार
गंगाको आँसु पुछौं, न्याय बचाऔं
१८ असार २०७५
•
९ मिनेट पाठ
गंगाको आँसु पुछौं, न्याय बचाऔं
छोरा कृष्णप्रसादका हत्यारामाथि कारबाही माग गर्दै गंगामाया अधिकारी आमरण अनशनमा बसेको एक महिना नाघिसकेको छ। तस्बिर:नागरिक
छोरा कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही माग गर्दै गंगामाया आमरण अनशनमा बसेको एक महिना नाघिसकेको छ। सर्वोच्च अदालतले हत्या अभियोग लागेका छविलाल पौडेललाई थुनामा राखेर कारबाही गर्न आदेश दिइसकेको भए पनि कार्यान्वयन भएको छैन। कानुनी शासनका निम्ति आमरण अनशनमा बस्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ। प्रभाव र पहुँच हुनेमाथि अदालतको आदेशपछि पनि कारबाही नहुने विडम्बनापूर्ण स्थिति मुलुकमा देखिएको छ । कानुनका दृष्टिमा सबै समान हुनुपर्नेमा मुलुकमा अचेल राजनीतिक दलका नेताकार्यकर्तालाई कानुन नलाग्ने अवस्था देखिएको छ। पहिले माओवादी केन्द्र हुँदै अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेका पौडेललाई पक्राउ गरी थुनामा राख्न सक्ने अवस्था देखिएन । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न खोज्नेलाई भने यो सरकारले सजिलै पक्राउ गरी थुनामा राख्ने हैसियत राख्छ । तर आफ्ना कार्यकर्ताको संरक्षणका निम्ति भने अदालतको आदेशसमेत सरकारले पालना गर्दैन । माइतीघर मण्डलामा पुगेका विवेकशील साझाका नेता तथा कार्यकर्ता पक्राउ पर्न सक्छन् । चिकित्सा शिक्षा र स्वास्थ्यबारे अभियान सञ्चालन गर्दै आएका अभियन्ता डा. गोविन्द केसीलाई जुम्लामा पक्राउ गरी बिजुलीको उज्यालो नभएको ठाउँमा अनशन गर्न बाध्य पारिएको छ । यी सबै घटनाक्रम हेर्दा गंगामायाको आवाजको यहाँ कुनै मूल्य छैन भन्ने बुझ्न कठिन छैन।

अदालतले हत्यारा प्रमाणित गरिसकेका बालकृष्ण ढुंगेललाई समेत तोकिएको अवधिसम्म कारागारमा बस्नु नपर्ने गरी ‘असल चालचलन’ का आधारमा मुक्त गर्ने अहिलेको सरकारले बाहिर रहेका व्यक्तिलाई थुनामा लैजाने काम गर्ला भन्ने विश्वास यतिबेला कसैलाई पनि भइरहेको छैन।

अनाहकमा आफ्ना सन्तानको हत्या गर्ने व्यक्ति खुलेआम हिँडेको देख्दा पनि कारबाही नहुनुजस्तो विडम्बनापूर्ण अवस्था के हुन सक्छ ? गंगामायाको अवस्थालाई ध्यानमा राखी राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट गरिसकेका छन् । आयोगले गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत गंगामायाको माग पूरा गर्न भएका प्रयासबारे प्रश्नसमेत गरिसकेको छ । आयोगले तत्काल भोकहडताल अन्त्यका निम्ति पहल गर्न आदेशसमेत दिइसके पनि सरकारका तर्फबाट कुनै पहल गरेको देखिएको छैन । संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि भेलेरी जुलियान्डले समेत यसमा चासो व्यक्त गरिसकेकी छन् । यही स्थिति हो भने गंगामायाले पनि आफ्ना पति नन्दप्रसादजस्तै दुर्घटनाग्रस्त मृत्युवरण गर्नुको विकल्प देखिँदैन । नन्दप्रसादले आफ्ना पुत्रका हत्यारामाथि कारबाहीका लागि माग गर्दागर्दै इहलीला समाप्त गरे । आमरण अनशनमा रहेका व्यक्तिको मृत्यु हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लाग्ने कलंकको भारीमाथि राज्य गम्भीर भएको देखिएको छैन । हिजो नन्दप्रसाद अनशनकै क्रममा बितेर गए र उनको शव अझै अस्पतालको मुर्दाघरमा न्याय कुरेर बसेको छ । फेरि गंगामायालाई पनि त्यही हविगतमा पु¥याउन खोजिँदैछ । प्रधानमन्त्री ओली उक्त हत्याकाण्डका दोषीलाई कारबाही गर्न तयार भए पनि माओवादी केन्द्रसँग दलको एकीकरण गरेपछि त्यसलाई अगाडि बढाउन नसक्ने अवस्थामा पुगेको महसुस यतिबेला भइरहेको छ । द्वन्द्वकालीन घटना भन्ने निहुँमा एउटा प्रतिशोधपूर्ण हत्यालाई समेत जोगाउने काम भइरहेको छ । अदालतले हत्यारा प्रमाणित गरिसकेका बालकृष्ण ढुंगेललाई समेत तोकिएको अवधिसम्म कारागारमा बस्नु नपर्ने गरी ‘असल चालचलन’ का आधारमा मुक्त गर्ने अहिलेको सरकारले बाहिर रहेका व्यक्तिलाई थुनामा लैजाने काम गर्ला भन्ने विश्वास यतिबेला कसैलाई पनि भइरहेको छैन।

गंगामायाले यतिबेला भोगिरहेको पीडा द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका पीडित परिवारका व्यक्तिहरूको प्रतिनिधि घटना हो । १३ वर्षदेखि न्यायका निम्ति लडिरहेकी उनीसँग अब थप गुमाउन बाँकी केही छैन । आफ्नो सन्तानको हत्या, त्यही सन्तान हत्यामा संलग्नलाई कारबाही माग गर्दै अनशनमा बस्दाबस्दै पतिको मृत्यु र अहिले आफ्नै मृत्युको प्रतीक्षा गरिरहेकोजस्तो अवस्था देखिन्छ उनको । नन्दप्रसादले २०७१ असोज ६ मा अन्तिम सास लिएयता पनि स्थितिमा कुनै सुधार आएको छैन । सरकारले नन्दप्रसादको मृत्युपछि पनि थप घटना हुन नदिन सोच्नुपथ्र्याे । गंगामायालाई न्यायको आश्वासन दिएर लामो समयसम्म झुलाएको पनि हो । उनले यसअघि पनि पटकपटक अनशन गर्दै आएकी थिइन् । पहिलोपटक पाँच वर्षअघि प्रधानमन्त्री निवास बालुवाटार बाहिर पनि न्यायका निम्ति अधिकारी दम्पतीले आमरण अनशन गरेका थिए । तर, त्यो बेला पनि केही भएन । पछि ४७ दिन लामो आमरण अनशनलाई सरकारले दोषीमाथि कारबाही गर्ने विश्वास दिलाउँदै सम्झौताबाट टुंग्याएको थियो । तर सरकारले पक्राउ गरिसकेका आरोपित व्यक्तिलाई समेत मुक्त गरेको थियो । सरकार एउटा निरन्तर संस्था हो । त्यसमा आउने प्रत्येक नयाँ सरकारले विगतमा गरिएका सम्झौतालाई आफ्नो स्मृतिमा राखेर कारबाही अगाडि बढाउनुपर्ने हुन्छ । सरकार आफैंले सबैका लागि कानुन समान भएको सन्देश दिनुपर्नेमा छनोटपूर्ण कारबाहीको नीति अघि सारेको देखिएको छ । विशेषगरी हिजो राजपरिवार कानुनभन्दा माथि थियो, आज राजनीतिक दलका नेताकार्यकर्ता त्यो ठाउँमा उक्लेका छन् । बाँकी सर्वसाधारणका हकमा मात्र मुलुकमा कानुन प्रभावी छ । कानुन सबैलाई लाग्ने भए अदालतले दिएको आदेशको समेत पालना नहुने अवस्था रहन्नथ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो घटनालाई गम्भीरसाथ लिई तत्काल दोषीमाथि कारबाही र गंगामायाको अनशन टुंग्याउन पहल गर्नुपर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस