यसरी आए सिके मूलधारको राजनीतिमा
२५ फागुन २०७५
•
१० मिनेट पाठ
यसरी आए सिके मूलधारको राजनीतिमा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र र स्वतन्त्र मधेस गठबन्धनका डा. चन्द्रकान्त (सिके) राउतका दाजुबीच वार्ता सफल भएपछि शुक्रबार ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री ओलीसहित उनको सचिवालय टिम र सिकेका दाजु जयकान्त राउतबीच ‘स्वतन्त्र मधेस गठबन्धन’ मूलधारमा आउने/ल्याउने कार्य’ अन्तर्गत पटकपटक भएका गोप्य वार्ताको परिणाम शुक्रबार काठमाडौंमा देखिएको हो। यसअघि सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी वार्ताटोलीसमक्ष राउतको ‘मूलधारमा आउने चाहना’ सम्बन्धी सन्देश पुगेको थियो। तर पछिल्लो तीन सातामा भएको वार्ताले मात्रै शुक्रबार औपचारिकता पाएको हो।




‘प्रधानमन्त्री तहमा घनीभूत छलफल यही महिनाभित्रै हुन पुगेको हो, त्यसका लागि दर्जनभन्दा बढी बैठक गरियो,’ जयकान्तले भने, ‘डा. साहेब (चन्द्रकान्त) र प्रधानमन्त्री तहमा पटकपटक सन्देश आदानप्रदान गरेर एउटा निष्कर्षमा पुग्न शुक्रबारमात्रै सफल भइयो।’ उनका अनुसार निष्कर्षको अन्तिम अवस्थामा मात्रै स्वतन्त्र गठबन्धनका वरिष्ठ नेता चन्दन सिंहलाई समेत सामेल गराएर वार्ता टुंगोमा पु-याउने काम गरिएको हो।

गठबन्धनसँग जारी वार्ता निकै गोप्य राखिएको थियो । नेकपाका शीर्ष नेताले समेत वार्ताबारे थाहै पाएनन् ।

डा. राउतले आफ्नो मन्तव्यमा प्रधानमन्त्री ओलीले अग्रसरता लिएका कारण सफलता हासिल हुन सकेकोे उल्लेख गरेका छन्। ‘प्रधानमन्त्री स्वयंले पहल गरेर हामीलाई राजनीतिक अवतरण गराउनुभयो, आज यो राजनीतिक स्पेस दिनुभयो’, डा. राउतले सम्बोधनमा भने, ‘यसका लागि उहाँलाई धेरैधेरै धन्यवाद छ।’ राजनीतिक व्यवहार गरेको भन्दै यसअघिका प्रधानमन्त्रीलाई पनि डा. राउतले धन्यवाद दिन छुटाएनन्।

प्रधानमन्त्रीले छलफल गर्नुअघि पाण्डे नेतृत्वको वार्ताटोलीसँग छलफल गरे तापनि सो समयमा निष्कर्ष निस्केन तर पनि दाजु जयकान्तले प्रयास जारी राखे। ‘मैले मधेस गठबन्धनका नेताहरु वार्ता गर्न चाहन्छन्, सरकारलाई अलि दबाब गर्नुप¥यो भनेर पाण्डेजीलगायतलाई पटकपटक भेटेर भनें तर उहाँले वार्तामा आउँछन् र भनेर उल्टै प्रश्न गर्नुभएको थियो। पछि मैले सहमत गराएको थिएँ,’ जयकान्त सम्झन्छन्, ‘अलि दबाब दिएर मूलधारमा ल्याउन सकिन्छ भने पछि पाण्डेजीले माथिल्लो तहमा सन्देश पनि पु-याउनुभयो तर त्यही बेला डा. साहेबलाई पक्राउ गरियो, स्थिति थप अन्योलमा पुग्यो।’ त्यसपछि केही समय वार्ता अवरुद्ध हुन पुग्यो।

जयकान्तले पाण्डेसँग त्यो बेला डा. चन्द्रकान्त राउत सहमतिमा आउँछन् भन्ने सन्देशसहित ६ पटकसम्म सिंहदरबारमा भेटवार्ता गरेका थिए। ‘मधेस गठबन्धनले देश विखण्डनको माग राखेको छ, राजनीतिक रुपमा सो माग स्वीकार गर्न सकिँदैन भनेर जयकान्तजीलाई त्यही बेला स्पष्ट भनिदिएको थिएँ,’ पाण्डे सम्झन्छन्, ‘तर उहाँले देश विखण्डनको माग पनि छाड्छन्, वार्तामा पनि आउँछन्, सुरक्षित अवतरणका लागि भए पनि राज्यको तर्फबाट सहमतिको प्रयास गरेको देखियोस् भन्नुभएको थियो।’ स्वतन्त्र गठबन्धनले सरकारसँग वार्ता गर्न चाहेको सन्देश सोही समयमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसहित गृहमन्त्री रामबहादुर थापासमक्ष पनि पु¥याइएको थियो।

‘राजनीतिक मान्यता दिन नसकिने र त्यसमा छलफल नहुने तर गठबन्धनले उठाएका अन्य विषयमा छलफल गर्न सकिने’ भन्ने राय सबै नेताले त्यति बेला दिएको पाण्डे सम्झन्छन्। २०७५ भदौ ८ गते गठन भएको वार्ताटोलीको म्याद चार महिनामात्रै थियो, एक महिना म्याद थप गरे पनि अन्य समूह हतियारसहित वार्तामा आए पनि मधेस गठबन्धनसँग भने औपचारिक रुपमा बार्ता नै सुरु भएन।

त्यसै बीचमा डा. राउत रौतहटबाट पक्राउ परे। यसपटक उनी लामै समय जेलमा बस्नुपर्ने गठबन्धनका सदस्यले बुझिसकेका थिए भने गठबन्धनको गतिविधि पनि शून्यप्रायः हुँदै गयो। त्यसमाथि गठबन्धनका कार्यकर्ता धमाधम पक्राउ परेपछि वार्ताका लागि बाध्यात्मक अवस्था आइलाग्यो। ‘गठबन्धनमा पनि वार्ता गर्ने र नगर्ने भन्ने दुई धार देखा प¥यो अन्ततः राष्ट्रिय परिषद्को बैठकले वार्ताको पक्षमा जानुपर्ने भन्दै बहुमत सिद्ध गरिदियो,’ जयकान्त सम्झन्छन्।

जयकान्तले सुरुमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालमार्फत वार्ताको प्रसंग अघि बढाए। रिमालको सहयोग र सुझावमा प्रधानमन्त्रीसम्म जयकान्तको सोझै पहुँच पुग्यो। पछि चन्दन सिंह पनि जोडिन आईपुगे। उनी बालुवाटार पुगेपछि मात्रै वार्ता निष्कर्षतिर मोडिएको थियो।

‘मैले जेलमा रहेका डा. साहेब (सिके) र प्रधानमन्त्रीबीच सन्देश आदानप्रदान धेरैै पटक गरें’, जयकान्त सम्झन्छन्, ‘सुरुमा त उहाँ (डा. सिके) सहमत हुनु भएन, अन्तिममा उहाँ पनि सहमत हुनुभयो।’ उनका अनुसार डा. राउतलाई भेट्न अन्यलाई बन्देज लगाइएको भए पनि दाजु जयकान्त र परिवारका केही सदस्यलाई मात्रै पहुँच दिइएको थियो। सर्वोच्च अदालतको आदेशपछि बिहीबार जेलबाट छुटेलगत्तै राउतलाई सरकारी सुरक्षाकर्मी उपलब्ध गराइएको थियो। स्रोतका अनुसार जेलबाट छुटेपछि राउत मध्यरातमा बालुवाटार प्रवेश गरेका थिए, जहाँ प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल सहभागी थिए। गठबन्धनका तर्फबाट डा. राउतसहित दाजु जयकान्त र चन्दन सिंह उपस्थित थिए। त्यहीं सहमतिको मस्यौदासमेत तयार भएको स्रोतले बतायो।

‘जेलबाट लगेर राउतलाई प्रधानमन्त्रीसँग भेट गराइएको थियो, दुवैबीच सहमति भएपछि मात्रै शुक्रबार औपचारिक घोषणा गरिएको हो’, स्रोतले भन्यो। प्रधानमन्त्रीको प्रस्तावमा राउत सकारात्मक भएपछि ‘राजनीतिक सहमति’ नामकरण गरिएको थियो, जसका लागि ६ नम्बर बुँदालाई प्रधानमन्त्री ओलीले विशेष महत्व दिएका थिए। जारी वार्ता निकै गोप्य राखिएको थियो। नेकपाका शीर्ष नेताले समेत वार्ताबारे थाहा पाएनन्। प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई भने केही दिनअघि जानकारी गराएका थिए। ‘प्रधानमन्त्रीज्यूले आज (शनिबार) भनेपछि मात्रै सिके राउत मूलधारमा आउने खबर थाहा पाएका हौं,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले सिके राउत मूलधारमा आउने भएका छन् भन्नुभयो, हामीले चाहिँ राज्यले सम्झौता गर्दा शब्द चयन र भाषामा ध्यान दिनुहोस्, भाषा र शब्दको छिद्र समातेर फेरि उनीहरु नभड्किऊन् भनी सतर्क गरायौं।’
अर्को समाचार
सिके राउत मूलधारको राजनीतिमा
२५ फागुन २०७५
•
१३ मिनेट पाठ
सिके राउत मूलधारको राजनीतिमा
काठमाडौं - पृथकतावादी आन्दोलन गर्दै आएका सिके (चन्द्रकान्त) राउत सर्वोच्च अदालको आदेशमा थुनामुक्त भएको चौबीस घन्टा नबित्दै मूलधारको राजनीतिमा समाहित भएका छन्। गत ६ वर्षदेखि तराई मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउतले सरकारसँग शुक्रबार ११ बुँदे सहमति गर्दै आफू मूलधारको राजनीतिमा आएको घोषणा गरेका हुन्।




प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउतबीच ११ बुँदे सहमति भएको हो। सहमतिपत्रमा गृहमन्त्री थापा र राउतले हस्ताक्षर गरेका छन्। अर्धभूमिगत राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन सहमतिपत्रमा हस्ताक्षरसँगै खुला राजनीतिमा आएको छ।

सहमतिपत्रमा राजनीतिक सामाजिक, आर्थिकलगायत उद्देश्य प्राप्तिका लागि शान्तिपूर्ण तथा लोकतान्त्रिक बाटोबाट अघि बढ्ने उल्लेख छ। सहमतिपत्रको पहिलो बुँदामा नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसम्पन्न अविभाज्य राष्ट्र रहेकोे र यसको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता, र अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य भएको उल्लेख छ। तर राउतले सहमतिपत्रमा हस्ताक्षर गर्नुअघि आफ्नो फेसबुक पेजमा सरकार स्वतन्त्र मधेसका विषयमा जनमतसंग्रह गर्न सहमत भएको दाबी गरेका छन्। सरकार र राउतबीच भएको सहमतिपत्रको दुई नम्बर बुँदाले जनमत संग्रह्मा जाने कुरालाई स्पष्ट गरेको राउत निकटको दाबी छ। तर सो बुँदामा जनमतसंग्रह उल्लेख छैन। दुई नम्बर बुँदामा लेखिएको छ, ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिकलगायत उद्देश्य प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं।’

सिके राउतसँग पुष्पकमल दाहालसँग जस्तै असाधारण निर्णय क्षमता छ : प्रधानमन्त्री

सरकार स्वतन्त्र मधेसका विषयमा जनमतसंग्रह गर्न सहमत भएको छ : राउत

लोकतन्त्रमा मतभेद हुन सक्छन् र त्यस्ता मतभेदको समाधान लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्नेमा दुवै पक्षले सहमति जनाएका छन्। त्यस्तै सहमतिपत्रमा स्वतन्त्र मधेस गठबन्धनका नेता तथा कार्यकर्तामाथि लगाइएका राज्यविरुद्धका अपराधलगायत सम्पूर्ण राजनीतिक मुद्दा फिर्ता लिने र हिरासत वा कारागारमा रहेका नेता तथा कार्यकर्तालाई निसर्त रिहा गर्ने प्रतिबद्धता सरकारले गरेको छ। यसैगरी स्वतन्त्र मधेस गठबन्धनका नेता, कार्यकर्ता र समर्थकलाई नेपालमा बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा नगर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा गरिएको छ। २०७५ भदौ १५ मा प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धन बाँकेका संयोजक राममनोहर यादवको परिवारलाई राज्यका तर्फबाट उचित क्षतिपूर्तीका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता पनि सरकारले गरेको छ।

त्यस्तै स्वतन्त्र मधेस गठबन्धनले विगतमा सञ्चालन गरेका आन्दोलनका क्रममा घाइते भएकाको उपचार गर्ने जिम्मा सरकारले लिएको छ। सो गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यको सदुपयोग गर्ने र गठबन्धनसँग सरकारले लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा छ। सहमतिपत्रमा लेखिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामग्रीहरु उत्पादन तथा वितरण गरिने छैन।’

राउतसँग असाधारण निर्णय क्षमता छ : प्रधानमन्त्री

सहमतिपत्रमा हस्ताक्षरपछि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सिके राउतले सम्बोधन गरेका थिए। सुरुमा राउत र त्यसपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बोलेका थिए। प्रधानमन्त्री ओलीले राउतसँग असाधारण निर्णय क्षमता रहेको भन्दै उनको खुलेर प्रशंसा गरे। उनले राउतले विगतमा पृथक राजनीति गरे पनि अहिले आएर मूलधारको राजनीति रोजेको बताए। राउतको मूलधारको राजनीतिमा आउने निर्णयलाई ओलीले असाधारण भन्दै प्रशंसा गरेका हुन्।

ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको पनि प्रशंसा गरे। उनले दाहालसँग पनि असाधारण निर्णय क्षमता भएको भन्दै राउतसँग तुलना गरे। दाहाल हिंसाको राजनीति छाडेर शान्ति सम्झौता, संसद्, सरकार तथा पार्टी एकीकरण यात्रासम्म सफल भएको प्रधानमन्त्रीको भनाइ थियो। हिंसाको स्वरूपबाट आन्दोलन गर्ने दिन अब सकिएका भन्दै शान्तिपूर्ण आन्दोलनबाट आफ्नो असन्तिुष्ट व्यक्त गर्न सकिने प्रधानमन्त्री ओलीले बताए। अहिले नेपालले अपनाएको संसदीय प्रणालीले सबै जनताको प्रतिनिधित्व गरेको पनि उनले बताए।

फरक प्रसंगमा उनले भने, ‘नेपालको एक इञ्च जग्गा पनि छुट्याउन, टुक्र्याउन र कसैलाई दिन मिल्दैन। यस विषयमा कसैसँग सम्झौता हुन सक्दैन।’ सिंगो देशलाई सौवभौमसत्ता चाहिएको उनको भनाइ थियो।

चन्द नेकपालाई पनि मूल धारमा आउन आग्रह

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको राजनीतिक बाटोको कडा आलोचना गरे। चन्द समूहले नेकपा नाम राखेर पार्टीको बदनाम गरेको उनको भनाइ थियो। उनले चन्द अशान्तिको बाटो त्यागी शान्तिपूर्ण बाटोमामा आउन आग्रह पनि गरे। उनले भने, ‘शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। तपाईंहरू अशान्तिको बाटो छोड्नुस्। नत्र शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। सरकारले आफ्ना जिम्मेवारी पूरा गर्छ’। कम्युनिस्ट पार्टीका नाममा लुट्ने, मान्छे मार्ने र बन्दुक पड्काउने जस्ता काम भइरहेको भन्दै चन्द समूहले यस्ता गतिविधि गरेको भन्दै उनले आपत्ति जनाए। उनले चन्दलाई लक्षित गर्दै भने, ‘कम्युनिस्ट पार्टीको नाम नराख, लुटेरा समूह राखे हुन्छ।’

सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनता पार्टी नेपालले गरेको निर्णयप्रति आक्रोशित देखिएका प्रधानमन्त्री ओलीले भने, ‘अदालतले फैसला गर्ने तर सरकारलाई चिथोर्ने ?’ अदालतको फैसला र सरकारको कुरा बेग्लाबेग्लै भएको भन्दै उनले अदालतलाई सरकारले केही भन्न नसक्ने बताए। उनले आवेग र उत्तेजनामा नआउन राजपाका नेतालाई आग्रह पनि गरे। राउतलाई देखाएर रोटी सेक्नेहरूको राजनीति अब बन्द हुने उनले बताए। उनले भने, ‘राउतलाई देखाएर रोटी सेक्ने काम भइरहेको थियो। अब रोटी सेक्नेहरूको राजनीति बन्द हुन्छ।’ भ्रष्टाचारीलाई धमाधम कारबाही भइरहेको बताउँदै उनले भने, ‘पहिले भ्रष्टाचारीलाई कारबाही हुँदैनथ्यो। अब कारबाही हुन थालेको छ।’

हामी गौतम बुद्धका सन्तान : राउत

राउतले आफूहरू गौतम बुद्धको सन्तान भएकाले आन्दोलनको क्रममा कहिल्यैं पनि हिंसाको बाटो नसमातेको दाबी गरे। मन्तव्यका क्रममा उनले अहिंसात्मक आन्दोलनबारे पटकपटक चर्चा गरे। विगतमा गरिएको आन्दोलनको उद्देश्य र आफूले उठाएको राजनीतक अजेन्डाबारे भने उनले चर्चा गरेनन्। उनले भने, ‘अहिले हिंसाको आन्दोलन छाडी जनमतको उपयोग गर्दै जनताको अधिकार हासिल गर्ने बेला आएको छ।’ आफूहरू जहिले पनि बुद्ध र गान्धीको शान्तिपूर्ण मार्गबाट अगाडि बढेको दाबी उनको थियो। आफ्नो आन्दोलन जनताको अधिकार प्राप्तिका लागि रहेको बताउँदै उनले भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले स्पेस दिएको छ।’ आफू यहाँसम्म आउन प्रधानमन्त्री स्वयंले पहल गरेको भन्दै विगतमा पनि सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको भूमिका पनि सकारात्मक रहेको स्मरण उनले गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस