विप्लवका कारण कर्णालीमा थपियाे सुरक्षा चुनौती, निशानामा जनप्रतिनिधि
२७ फागुन २०७५
•
६ मिनेट पाठ
विप्लवका कारण कर्णालीमा थपियाे सुरक्षा चुनौती, निशानामा जनप्रतिनिधि
कालिकोटका प्रमुख जिल्ला अधिकारी सहित तिन वटै सुरक्षा निकायका प्रमुख । तस्बिर : नागरिक
कालिकोट - कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती देखिएको छ। पछिल्लो समय देशभरका आक्रमक गतिविधिले कर्णालीमा पनि सुरक्षा चुनौती थपिएको सुरक्षा अधिकारीहरु स्वीकार छन्। कालिकोट, सुर्खेत, जुम्ला, मुगु, पश्चिमरुकुम, जाजरकोट र हुम्लालाई सुरक्षा निकायले सेम्वेदनशील सूचीमा राखेको छ। सुरक्षा क्षेत्रको चुनौतीलाई मध्येनजर गर्दै कर्णाली प्रदेशका दश वटै जिल्लाका सुरक्षा प्रमुखले सुरक्षा निगरानी बढाएका छन्।




कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लाको सुरक्षा अवस्था कडा गरिएको बताए। ‘केन्द्र र प्रदेशको निर्देशन अनुसार जिल्लामा सुरक्षा योजना बनाउने तयारी गरेका छाँै।’ प्रजिअ कार्कीले भने, ‘कानुन विपरित कार्य गरेको भेटिएमा जो सुकैलाई कानुनी दायरामा ल्याइने छ।’ भर्खरै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा गरिएका निर्णय र निर्देशन अनुसार जिल्ला सुरक्षा समिति अगाडि बढ्ने प्रजिअ कार्कीले बताए। नेकपाका प्रवक्ता खड्कबहादुर विकको गृह जिल्ला पनि कालिकोट भएकाले सुरक्षा निकायले विशेष निगरानी गरेको छ।

विकट क्षेत्रमा प्रहरीको फितलो निगरानीका कारण जिल्लाका ९ वटै स्थानीय तहमा विप्लव समुहका सांगाठानिक संरचना बलियो बन्दै गएको छ। विप्लवले संगठन विस्तार गर्ने, नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने अभियानलाई निरन्तर दिने जस्ता गतिविधि गरिरहेको छ।

जनप्रतिनिध र कर्मचारी त्रसित

स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधि विप्लव समुहबाट त्रसित बनेका छन्। भौगोलिक अवस्थाका कारण ग्रामीण क्षेत्रमा विप्लव समुहको पछिल्लो गतिविधिले जनप्रतिनिधि र कर्मचारी त्रसित बनेका हुन्। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको केन्द्र मेहलमुडिमा प्रहरी चौकीको गाउँपालिकाले माग गरेको छ। पछिल्लो समय विप्लव समुहले गरेका भौतिक आक्रमले गाउँपालिकामा त्रास छाएको जनप्रतिनिधिले बताएका छन्। गाउँपालिकामा रहेका सरकारी कागजात पक्की घरमा नभएकाले पनि सुरक्षामा निकै चुनौती देखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही   (डिवि) ले बताए। ‘कर्मचारी निकै डराएका छन्।’ अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाको सदरमुकाममा बैंक पनि छ। तर, प्रहरी चौकी छैन्। तत्काल सुरक्षा चाहिएको छ।’

सोही क्रममा प्रहरीले गाउँगाउँमा सभा गर्दै हिँड्ने नेकपा विप्लव समूहका नेता खोज्दै गाउँ सर्च गरिरहेको छ। जिल्ला सुरक्षा समितिले प्रहरीको विशेष सुरक्षा टोली परिचालन गरेको हो। गृहमन्त्रालयद्वारा विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्ने र नेता कार्यकर्तालाई नियन्त्रणमा लिनू भन्ने निर्देशनका आधारमा विप्लवका नेताको खोजी गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको नेतृत्वमा हात हतियारसहित पचालझरना र पलाँतामा सर्च भइरहेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा विप्लव निकट नेकपाका गलत गतिविधिलाई बिथोल्ने र नेताहरु पक्राउ गर्न गाउँमा गस्ती सुरु गरिएको बताए। डिएसपी शर्माले भने, ‘सबै प्रहरी युनिटलाई निर्देशन दिइसकेका छौं, उनीहरुलाई फेला पर्नासाथ पक्राउ गरिनेछ।’

प्रहरीलाई गाउँमा नछिर्न चेतावनी

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह कालिकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदीप) ले हाम्रा शान्तिपुण गतिविधिमा प्रहरीले निहु खोजेको बताए। उनले भने, ‘हाम्रा कार्यक्रम विथोल्न जनप्रतिनिधिसमेत लागेका छन्। अब हाम्रो निशानामा भ्रष्ट जनप्रतिनिधि छन्। उनीहरुलाई कारबाही गर्दा प्रहरीको अवरोध हुन्छ भने प्रहरीविरुद्ध पनि हामी जनता परिचालन गर्छौं।’ उनले आगामी दिनमा जनप्रतिनिधि र प्रहरीलाई गाउँ छिर्न निषेध गरिएको चेतावनी दिए।

कर्णाली प्रदेशमा चन्द समूहको सबैभन्दा बढी प्रभावित क्षेत्र कालीकोट र सुर्खेत रहेका छन्। कालिकोटका करिब दुई दर्जन नेताकार्यकर्ता केन्द्रीय समितिमा छन्। यस्तै अन्य जिल्लाको नेतृत्वमा पनि विप्लव समुह धेरै रहेको प्रहरीको भनाइ छ । स्थानीय तह र प्रदेश सरकारका प्रतिनिधिलाई दिइने सुरक्षा व्यवस्था बारे चुनौती थपिदैँ गएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
३ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस