काठमाडौं, भदौ २३ (नागरिक)- एकीकृत माओवादी र कांग्रेसबीचको असहमतिका कारण आधा घण्टाका लागि स्थगित गरेको संसद् बैठक बस्न नसकी सूचना टाँसेर स्थगित गरिएको छ।
कांग्रेस-एमालेले 'सभासद् किन्न ५० करोड मागिएको महरा चीनियाँ संवाद टेप प्रकरण' बारे बोल्न विशेष समय मागेपछि माओवादी सहमत नहुँदा यस्तो अवस्था आएको हो।
कांग्रेस र एमालेले कार्यसूचीमा रहेको सुनको भन्सार बढाउन ल्याइएको आर्थिक ऐन संशोधन विधेयकमाथिको छलफलअघि टेप प्रकरणबारे बोल्न विशेष समय माग गरेका थिए, तर एकीकृत माओवादीका मुख्य सचेतक पोष्टबहादुर बोगटीले यसबारे पार्टीमा छलफल गर्नुपर्ने भएकाले यही बैठकमा छलफल गर्नेबारे आफू सहमत हुन नसक्ने बताएका थिए।
'हामीले महराको टेप प्रकरणबारे कुरा उठाउँछौं भन्यौं, माओवादीले त्यसो गर्ने भए सदन बहिष्कार गर्ने बताए', कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले भने। उनले यसबारे बोल्न सभामुखसँग दिउँसै समय माग गरेको पनि बताए। बोगटीले भने पछि मतदानपछि मात्र जानकारी पाएकोले निर्णय गर्न नसकेको बताए।
'अहिले प्रधानमन्त्री चयनका बेला षड्न्त्रमूलक ढंगले सार्वजनिक गरिएको भए पनि यसबारे हाम्रो पनि सरोकार छ', बोगटीले नागरिकसँग भने, 'महराकै हो कि हैन? हो भने फोन ट्याप कसरी, कहाँ र किन भयो, यसबारे सरकारले जानकारी दिने हो, अर्को प्रक्रियामा उठाउँ भन्ने हाम्रो भनाइ हो।' बोगटीले त्यस्ता 'ट्याप' गर्न पाउने संस्था कति छन् भन्ने बारेमा गम्भीरतापूर्वक अध्ययन गरौं भनेको बताए।