विवादित निर्णय खारेज गर्न निर्देशन
०६ वैशाख २०७६
•
९ मिनेट पाठ
विवादित निर्णय खारेज गर्न निर्देशन
काठमाडौं - सरकारले बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गामा व्यक्तिको स्वामित्व कायम हुनेगरी भएका सबै विवादास्पद निर्णय खारेज गर्न प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिन २०४७ यता भएका सबै निर्णय खारेज हुनेगरी प्रक्रिया अघि बढाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘ललितानिवासले चर्चेको सरकारी जग्गाको स्वामित्व व्यक्तिलाई दिनेगरी विगतमा भएका सबै निर्णय खारेजसम्बन्धी प्रस्ताव र तत्कालीन अवस्थामा जफत गरिएको जग्गाको लगत तयार पार्न भूमिव्यवस्था मन्त्रालयलाई निर्देशन दिएका छौं।’ उक्त जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छानबिन थालिसकेका छन्।

२०४७ साल जेठ १४, साउन ८ र भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले पञ्चायती कालमा जफत भएको घरजग्गामात्रै फिर्ता गर्नुपर्ने निर्णय गरेको थियो। तर मुआब्जा तिरेर अधिग्रहण भइसकेको करिब १ सय १४ रोपनी जग्गा माफिया, तत्कालीन हकदार र डिल्लीबजार मालपोतका कर्मचारीको सेटिङमा पुनः व्यक्तिका नाममा गराइएको थियो। उक्त जग्गा २०६१ सालमा तत्कालीन हकदारहरु शैलजा राणासहितका व्यक्तिले व्यापारी मीनबहादुर गुरुङ तथा भूमाफिया डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदीलगायतलाई बेचेका थिए।

२०६६/२०६७ र २०६९ सालमा समेत ललितानिवास र पशुपति टिकिन्छा गुठीका नाममा रहेको जग्गा भूमाफियालाई दिनेगरी मन्त्रीपरिषद्बाट निर्णय भएको थियो। ती निर्णयसमेत खारेज गरेर सरकारी जग्गा फिर्ता ल्याउन सरकारले अन्तिम तयारी गरिरहेको छ। सरकारले २०२१ साल मंसिर १७ गते ‘ललिता क्याम्प’ को २ सय ९९ रोपनी १५ आना ३ पैसा जग्गामध्ये सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरको १४ रोपनी ११ आना जफत र बाँकी २ सय ८४ रोपनी भन्दा बढीको मुआब्जा दिएर अधिग्रहण गरेको थियो।

सरकारले ललितानिवाससँगै महाराजगन्जस्थित लक्ष्मीनिवासको २ सय ५८ रोपनी १४ आना, सीता भवन (बालमन्दिर) को १ सय १९ रोपनी १२ आना ३ पैसा, महावीरभवन (हाल प्रहरी हेडक्वार्टर) को १ सय ५४ रोपनी ४ आना २ पैसा, बबरमहल (कुरियागाउँ) को २ सय ५३ रोपनी ३ आना १ पैसा र हरिहरभवनको २ सय ४० रोपनी १ आना २ पैसा जग्गा अधिग्रहण गरेको थियो। बबरमहलका हकदार भरतशमशेरको स्वामित्वमा रहेको १२ रोपनी जग्गा राजकाज अभियोगमा लागेपछि जफत भएको थियो।

मन्त्रिपरिषद् स्रोतका अनुसार २०१७ सालको राजनीतिक घटनापछि जफत गरिएको ललितानिवासका हकदार सुवर्ण शमशेर र कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना तथा बबरमहलका हकदार भरतशमशेरको १२ रोपनी जग्गाको हदबन्दी विवरणसमेत तयार पार्न निर्देशन दिइएको छ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित समितिले पनि जफत गरिएको जग्गामात्रै मौजुदा हदबन्दीसम्बन्धी कानुनअनुसार फिर्ता वा सरकारकै नाममा ल्याउनेबारे निर्णय गर्न सरकारलाई सुझाव दिएको छ। सुवर्णशमशेर/कञ्चनशमशेर तथा भरतशमशेरका हकदारसँग अहिलेको हदबन्दीभन्दा बढी जग्गा भएमा ५४ वर्षअघि जफत भएको जग्गा पनि सरकारकै नाममा रहने स्रोतले जानकारी दियो। अहिलेको हदबन्दीअनुसार काठमाडौंमा २५ रोपनीभन्दा बढी जग्गा राख्न पाइँदैन।

कहिले के निर्णय२०४७ जेठ १४

‘२०१७ पछि प्रजातन्त्र पुनस्र्थापनाका लागि भएका संघर्षमा संलग्न भएकै कारणबाट विभिन्न व्यक्तिको हरण भएको सम्पत्तिको विषयमा गृह मन्त्रालयले गर्दै आएको छानबिन प्रक्रियालाई तदारुकताका साथ साथ दिने। साथै सोही सिलसिलामा रोक्का भएको विभिन्न व्यक्तिको सम्पत्ति फुकुवा गर्ने।’

२०४७ साउन ८

‘जफत भएको घरजग्गा तथा अन्य सम्पत्तिमध्ये जग्गाको हकमा कानुनले दिएको हदसम्म मात्रै फिर्ता दिने। फिर्ता दिनुपर्ने यस्ता सम्पत्तिमध्ये पत्ता लाग्न बाँकीको हकमा फिर्ता दिने कारबाहीको कामलाई गृह मन्त्रालयले अझ छिटो गर्ने।’

२०४७ भदौ ३

‘हदबन्दीसम्बन्धी तराईमा २८ बिघा, पहाडमा ९६ रोपनी र उपत्यकामा ५८ रोपनीभन्दा बढी जग्गा देखिएमा हदबन्दी लाग्ने व्यवस्था भएकाले सो लागु नगरी सबै जग्गा फिर्ता दिएमा भूमिसम्बन्धी ऐनको बर्खिलाप हुनाले राख्न पाउने हदसम्मको जग्गा रोजी राख्न दिने र हदभन्दा बढी जग्गाको मुआब्जामात्र दिने।’

२०६६ चैत २९

‘नेपाल सरकार समरजंग कम्पनीको नाममा (मोही जनिएको) ललितानिवास क्याम्प क्षेत्रको चार किल्लाभित्र जम्मा २७ रोपनी ७ आना २ पैसा १ आना सरकारी जग्गामध्ये मोही भाग कट्टा गरी बाँकी रहने १३ रोेपनी ११ आना ३ पैसा ५ दाम जग्गा साबिक बाटो तथा राजकुलोसमेतको क्षेत्रफल १५ आना २ दाम गरी १४ रोपनी १० आना ३ पैसा २५ दाम जग्गा मिलान गरी प्रधानमन्त्री निवास मिलान गर्ने, मोहीको हिस्सामा पर्ने १३ रोपनी ११ आना ३ पैसा ५ दाम जग्गा विस्तार गर्दा मोहीका नाममा दर्ता रहेको जग्गाको सोधभर्ना तथा सट्टापट्टा गर्न भूमिसुधार मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउने। बाटो विस्तारका क्रममा ८ रोपनी १४ आना ३ पैसामध्ये सरकारका नाममा रहेको १ रोपनी ११ आना २ दाम र व्यक्तिका नाममा दर्ता रहेको ७ रोपनी ३ आना १ दाम १ पैसा सट्टाभर्ना नपाउनेगरी सहमतिबमोजिम प्राप्त गर्ने।’

२०६९ असोज १८

‘२०६९ साउन १७ गतेकपरिषद् बैठकले पुनः नापीबमोजिम नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता भएको जग्गाको दर्ता सच्याई साबिक लगतबमोजिम श्री पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृति दिने विषयको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको साउन ९ गतेको प्रस्ताव मन्त्रिपरिषद् सामाजिक समितिमा छलफल गरी पेस गर्न पठाएकोमा समितिले पेस गरेको प्रस्तावमा लेखिएबमोजिम गर्ने।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस