जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले बेहोरेको गुनासो
१५ वैशाख २०७६
•
१० मिनेट पाठ
जलवायु परिवर्तनको अन्यायपूर्ण भार नेपालले बेहोरेको गुनासो
बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बेइजिङको उत्तरपश्चिममा पर्ने यानछी ताल सभाकक्षमा आयोजित दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको राउन्ड टेबुल सम्मेलनलाई सम्बोधन गरेकी छन्। शनिबार बिहान नौ बजे सुरु भएको राउन्ड टेबुल सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए। त्यसपछि विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखले सम्बोधनका क्रममा शनिबार अपराह्न राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

शुक्रबारको उद्घाटन समारोहपछि उच्चस्तरीय सम्मेलनमा जस्तै राउन्ड टेबुल सम्मेलनलाई पनि राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरिन्। राष्ट्रपति भण्डारीले सम्बोधन गरेको गोलमेच सम्मेलनको विषय ‘संयुक्त राष्ट्रसंघको २०३० अजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकासको प्रवद्र्धन’ रहेको थियो। तसर्थ उनले आफ्नोे विषयमा केन्द्रित भएर ठोस विषयवस्तु र वतावरण संरक्षणमा बीआरआईले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेकी छन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीको प्रशंसा गर्दै भनिन्, ‘यहाँले दिनुभएको दूरदृष्टियुक्त र सारगर्भित मन्तव्यका लागि महामहिम राष्ट्रपतिलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’ दिगो विकासका लागि २०३० अजेन्डा जनता, पृथ्वी र समृद्धिका लागि हो भन्दै उक्त सोच रूपान्तरणकारी, समावेशी र समन्यायिक विकासका लागि रहेको उनले औँल्याइन्। समावेशिताबिनाको दिगो विकास भ्रम मात्र हुने भन्दै यो महत्वाकांक्षी सोचको प्राप्ति राष्ट्रहरूबीचको उच्च तहको सहकार्यबाट मात्र सम्भव हुने कुरामा उनले जोड दिइन्।

कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बेल्ट एण्ड रोड इनिसिएटिभको मर्म र भावना २०३० को अजेन्डासँग मिल्दोजुल्दो छ। बीआरआई गरिबी उन्मुलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको छ।

नेपालले दिगो विकास लक्ष्यलाई आफ्ना राष्ट्रिय नीति, योजना र कार्यक्रममा समावेश गरेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको विकाससम्बन्धी कार्यादेशलाई बलियो बनाउनु पर्छ भन्ने पक्षमा नेपाल रहेको जानकारी दिइन्। कसैलाई नछुटाई सबैको साझा विकास र समृद्धि हासिल गर्ने लक्ष्य बोकेको बेल्ट एण्ड रोड इनिसिएटिभको मर्म र भावना २०३० को अजेन्डासँग मिल्दोजुल्दो भएको भन्दै बीआरआई गरिबी उन्मुलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रूपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको भनेर उनले प्रशंसा गरेकी छन्। वित्तीय खाडल बढिरहेको सन्दर्भमा बीआरआईले धेरै राष्ट्रलाई २०३० को अजेन्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पु¥याउने भन्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘जलवायु परिवर्तनले खतराको घन्टी बजाइरहेको छ।’ पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनासलाई तीव्रता दिइरहेको भन्दै दुर्भाग्यवस नगन्य मात्रामा कार्बन उत्सर्ज गर्ने नेपाल जस्ता मुलुकले जलवायु परिवर्तको अन्यायपूर्ण भार व्यहोर्नु परेको गुनासो पनि राष्ट्रपति भण्डारीले राखेकी छन्। यस प्रकारका समस्याको मुख्य सिकार महिला र विपन्न समुदाय बनिरहेका भन्दै हरित अर्थतन्त्रको विकास नै अबको बाटो हुनुपर्ने कुरामा उनले जोड दिएकी छन्।

वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलहरुको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘पृथ्वीको जलवायु अनुकूलता जोगाइ राख्न सकेनौँ भने हाम्रा सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जाने अनुसन्धानले देखाएका छन्।’ यस्तो अवस्थामा परिवर्तन ल्याउन अनिवार्य रहेको भन्दै त्यसो नभएमा दिगो विकास एक भ्रम मात्र हुने कुरालाई उनले दोहो¥याएकी छन्। दिगो विकासका तीनवटै अवयवलाई सन्तुलनमा राख्दै स्वच्छ, नवीकरणीय ऊर्जा र न्यून कार्बनका क्षेत्रमा बीआरआईले दिएको जोडले वातावरणमैत्री अर्थतन्त्रको रूपान्तरणका लागि महŒवपूर्ण सघाउ पु¥याउने भन्दै उनले बीआरआईको दोहो¥याएर प्रशंसा गरेकी छन्। सूचना प्रविधिजस्ता उदाउँदा उद्योगमा गरिने सहयोगले सेवा क्षेत्रमा ठूलो वृद्धि ल्याउन सक्छ भन्दै वातावरणीय जोखिम न्यून गर्न वैज्ञानिक अनुसन्धान र त्यसमाथि आधारित समाधानका उपाय खोजिनुपर्ने धारणा उनले राखेकी छन्। नेपाल अग्ला हिमालको देश रहेको र ती अग्ला चुचुरा गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोत भएको उल्लेख गर्दै पर्यावरण प्रणालीका अभिन्न अंगका रूपमा रहेका हिमालय शृंखला मानव जगतका साझा सम्पत्ति रहेको कुरा राष्ट्रपति भण्डारीले विश्वसमक्ष राखेकी छन्।

नेपालमा जलविद्युत्का माध्यमबाट स्वच्छ ऊर्जा विकासको प्रचुर सम्भावना रहेको र यसबाट नेपाललगायत छिमेकीहरुको समेत हरित विकासमा ठूलो योगदान पुग्न सक्ने कुरालाई उनले उजागर गरिन्। प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएको उल्लेख गर्दै उनले भनिन्, ‘यसले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी विस्तार र विश्वबजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रूपान्तरणमा ठूलो टेवा पु¥याउने हाम्रो विश्वास छ।’ नेपालका आर्थिक अवसरमा बढोत्तरी गर्दै गरिबी उन्मुलन गर्न व्यापारलाई गहन तथा विस्तार गर्न उद्योगमा क्रान्ति ल्याउन, रोजगारी सिर्जना गर्न तथा जीवनस्तरमा सुधार ल्याउन पनि बीआरआई ठूलो सहयोगी बन्ने अपेक्षा उनले व्यक्त गरेकी छन्। ‘सडक निर्माण समृद्धि यात्राको पहिलो कदम हो,’ भन्ने चिनयाँ भनाइ सापटी लिँदै उनले अहिले दीर्घकालीन लक्ष्य प्राप्तिका लागि पूर्वाधार निर्माणमा नेपाल जुटेको जनाएकी छन्।

केही समयअघि नेपालका लागि तत्कालीन चिनियाँ राजदूत यु होङले ‘विकास चाहनुहुन्छ भने सडक बनाउनुहोस्’ शीर्षकमा नेपाली पत्रिकामा लेख नै प्रकाशन गरेकी थिइन्। चीनले विकासको सबैभन्दा प्रारम्भिक बिन्दुका रूपमा सडकलाई मान्दै आएको छ। यो सबै कुरा बुझेरै राष्ट्रपति भण्डारीले उक्त चिनियाँ भनाइ साभार गर्दै आफ्नो भनाइ राखेकी हुन्। बीआरआईबाट नेपालले मूलतः हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासमा जोड दिएको उल्लेख गर्दै प्राचीन सिल्क रोडको मूल मर्मका रूपमा रहेको र बीआरआईले आत्मसात गरेको ‘शान्ति र सहयोग, खुलापन र समावेशीता, साझा सिकाइ र आपसी लाभ’ले नेपाललाई दिगो विकासका लक्ष्य हासिल गर्न सघाउ पुयाउने उनले बताइन्। राउन्ड टेबुल सम्मेलनको सम्बोधनपछि राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूताबासले आयोजना गरेको रात्रिभोज कार्यक्रममा सहभागी हुन प्रस्थान गरेकी छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस